•            
    • Hikmat Dangol

    • १४ श्रावण २०७७, बुधबार २०:४६

    “अधबैंसे आइमाई’’ नामक पुस्तक विमोचन सम्पन्न-

    टोखा लाइभ ।सिने स्क्रिप्ट लेखन तथा म्यूजिक भिडियोका निर्देशक समेत बनेकी बिमला हुमागाई पहिलो उपन्यास “अधबैंसे आइमाई “ को विमोचन एक समारोहबीच बुधवार भयो । पुस्तक विमोचन घोस्ट राइटिंग नेपालका अध्यक्ष कमल ढकाल, प्रमुख अतिथि देवेन्द्र बहादुर भण्डारी , घोस्ट राइटिंग र पुस्तकका सम्पादक टंक पन्त , पत्रकार शुभेच्छा बिन्दु तथा लेखिकाले संयुक्त रुपमा गरे ।

    लेखिका बिमला हुमागाईले अन्य ह्दयस्पर्सी गीतहरू रचना गर्नुको साथै म्यूजिक भिडियोमा निर्देशन पनि गरेकी छिन् । कानुनी विधार्थी समेत भएकी बिमला हाल चक्रवर्ती ल कलेजमा अध्ययनरत छिन।

    उपन्यास “अधबैंसे आइमाई “को पुस्तक विमोचनपछि आफ्नै पुस्तकबारे कुराकानी गर्दै
    बिमला हुमागाईले भनिन्- “ एउटी अधबैंसे महिलाले व्यक्त गर्न नसकेको कुराहरू यस उपन्यासमा प्रस्तुत छ।” आफ्नो जीवन कहानी भन्ने क्रममा बिमलाले अगाडि भनिन- “ मेरो लालन पोषण काका/ काकीले गर्नु भएको थियो।माता / पिताले जन्म त दिनु भयो तर पनि म बुबा आमासंग थिईन । काका काकीको बच्चा थिएन । त्यसैले म नै वहॉहरूको सन्तान हुँ। जो समाजमा बिहे गरेर बच्चा हुँदैन । त्यो बच्चा नहुँदा कस्तो मानसिकताबाट गुज्रनु पर्छ भन्ने कुराको अनुभूति गरे । हाम्रो समाजमा छोरा/ छोरी भएर पनि बुबा/ आमाले अनुभूति गर्देनन। त्यस्तो अवस्थामा पनि मैले अनुभव गरे। एउटा नहुँदाको पीडाले छोयो भन्ने अर्को हुँदाको मायाको अनुभव गर्न पाएनन । त्यसमा मायाको अभाव खटकि रहयो । यस उपन्यासमा ८०% कहानी आफ्नै हो। “ उनले भावुक हुँदै सविस्तार लगाईन ।

    पत्रकार तथा यस पुस्तकका सम्पादक टंक पन्तले आफूले पढेको राम्रो नेपाली उपन्यासहरू मध्ये “अधबैंसे आइमाई” पुस्तक सानो आकार भए पनि यसले नेपाली समाजका धेरै कुरा छोएको छ भन्दै टंकले हामी कस्तो समाजमा बॉची रहेका छौं? परिकल्पना गरे अनुसार किन सार्थक जीवन बिताउन सकेका छैन त ? भन्दै प्रति प्रश्न गर्नु भयो। यो उमेरमा समाज हेर्ने दृष्टिकोण फरक छ। परिवर्तन आएको छैन। शिक्षा मात्र सबथोक हैन। हेराई फरक छ। तर पनि हरेक नागरिक सचेत हुनुपर्छ भन्नेकुरा देखिन्छ ।” वहॉले भन्नुभयो।

    उपन्यासको प्रमुख महिला पात्र, कथा अनि शीर्षक को नाम आफूलाई एकदमै मन परेको सुनाउँदै पन्तले शब्दहरू केलाउँदै जॉदा निकै गहिराई अनुभूतिगम्य भएको कुरा खुलस्त पार्नु भयो।

    ‘अधबैंसे आइमाई ‘उपन्यास सिनेम्याटिक , घतलाग्दो र प्रेरणादायी छ भन्दै घोस्ट राइटिंगका अध्यक्ष कमल ढकालले भन्नुभयो- “ मलाई जीवनमा ३ वटा चीजहरू मन पर्छ ।पहिलो सूर्य, दोस्रो चन्द्रमा र तेस्रो मानिस ।आखिर मानिसले नै सुन्दर चीजको रचना गर्नेगर्छ। यो एउटा सुन्दर मान्छेको सुन्दर कृति हो। आइमाईको हकमा धेरै पुस्तकहरू निस्केका छन्।तर पनि ययो पुस्तक विशेष छ।” उनले भन्ने ।

    यस्तै गरी अर्की महिला पत्रकार शुभेच्छा बिन्दुले महिलाले बच्चा जन्माई सकेपछिको पहिलो पीडा र छोरा जन्माउन नसकेको अर्को पीडा रहेकोले हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताइन । म यसलाई महिला प्रति हेर्ने दृष्टिकोण दोषी चस्मा भन्न चाहन्छु ।यसलाई परिवर्तन गर्नुपर्छ भन्ने कुराको सन्देश उपन्यासकारले दिन खोजेको लाग्दछ । सामाजिक रूपांतरणको लागि यो उपन्यासले धेरै सहयोग पुग्दछ भन्ने आशा गरेको छु। “ उनले भनिन्। मदर विष्णुमाया इन्टरनेशनल एकेडमीले प्रकाशन गरेको हो । यसको मूल्य रु ४५० राखिएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै