•            
    • Hikmat Dangol

    • १४ श्रावण २०७७, बुधबार १०:३८

    देश खोज्दै जाँदा……

    .हिक्मत डंगोल

    गत वर्षको असारको अन्तिम याममा हिन्दुहरूको पवित्र स्थल गोसाईकुण्डमा हामी डुल्दै थियौ। एउटा विशाल चट्टानको छेउमा रहेको दुई जनातिर मेरो ध्यान मोडियो।तिनीहरू धमाधम त्यहॉको सुन्दर मनमोहक दृश्यहरूलाई क्यामरामा क़ैद गर्दै थिए। तपाई त यहॉको वातावरणमा खुबै रमाईरहेको छ नि, कस्तो लागिरहेको छ? मैले आफनो परिचय दिदै हल्याण्ड पर्यटक एन माईक शुरूमा उनी छक्क परिन। अति रोमान्चक ,आर्कषक अनि स्वर्गको अनुभूतिगम्य ! यो कुण्डबारेमा सुन्दै आएको थिएँ। अहिले प्रत्यक्ष रूपमा साक्षात्कार हुन पाउदा खुशीको सीमा नै छैन।मलाई यहॉ बस्न साहै मन पर्छ।हल्याण्ड फर्किनासाथ फेरि सेप्टेम्वर महिनामा नीलो आकास हेर्न नेपाल फर्किहाल्छु।” एन अगाडी भन्छिन –

    “म ईन्जिनयर हुनु भन्दा पहिले ९० दशकमा नै ५ पटक सम्म यहॉ आईसकेको छु।यहॉको सँस्कृति, कला र सुन्दरताले म लठ्ठिएकी थिएँ ।साहै प्रभावित भएकी थिए।त्यतिबेलादेखि म नेपाललाई मायाँ गर्थे। अनि एउटा रमाईलो कुरा के छ भन्ने म एक प्रकृतिलाई मायॉ गर्ने मान्छे यहॉ आउदा नेपाली संस्कृति बारेमा केही सिक्न पाउछु कि भन्ने लोभले मात्र यहाँ धाईरहेकी छु। अर्को आश्चर्य जनक कुरा मेरो देश समुन्दर भन्दा पनि होचो छ । यूरोपको ठूलो हिमाल ४ हजार मात्र अग्लो छ तर यहाँ त नेपालीहरू ४ हजार मीटर भन्दा अग्लो ठाउँ मा बसोबास गर्छन । मलाई त यही कुरामा अचम्म लाग्छ।”

    नेपाल र यूरोपियन कला, संस्कृतिमा के फरक पाउनु भयो? भन्ने प्रश्नमा एन भन्छिन- “ ठूलो फरक छ । हामी मनोरन्जनका लागि मात्र नाच्छौ। तर यहॉको कला र संस्कृतिको पछाडि एउटा दर्शन छ।अभिव्यक्ति धेरै कुरा संलग्न छ।सम्पूर्ण जीवन नै यहॉको शास्त्रीय संगीत, र संस्कृति सिक्नका लागि पर्याप्त छैन तर केही दिनमै पश्चिमी संस्कृति सिक्न सकिन्छ।”

    मैले सोधे बाहेक अरूकेही भन्न मन लागेको छ? भन्ने प्रशनको जवाफमा (एक छिन गम्भीर भएर) यदि तपाई नराम्रो मान्नुहुन्न भन्ने भन्छु।
    भन्नुस-
    “म चाहान्छु नेपालीहरूले नेपाली संस्कृति नै मन पराउन। विदेशी हैन।म छक्क पर्छु , नेपाली युवाहरू आफनो संस्कृतिलाई घृणा गर्छन र पश्चिमी संस्कृतिको अन्धानुकरण गर्छन।पश्चिमी संस्कृति कुनै कला हैन। र म जस्ता पश्चिमीहरू यहाँ त्यही कला खोज्न र सुन्दर देश हेर्न आउछन। तर यहाँका युवाहरूले त्यो वुझिरहेका छैनन।तपाई आफ्नो देशलाई अझ सुन्दर बनाउन के गर्नु पर्ला ? त्यस तर्फ सोच्नुहोला।बस् म त्यही भन्न चाहान्छु।”

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै