•            
    • TOKHA LIVE

    • १३ श्रावण २०७७, मंगलवार १३:५७

    बामदेवको ६ बुँदे प्रस्ताव ओली नै प्रधानमन्त्री र अध्यक्ष :-

    टाेखा लाइभ,काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको यो कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा सोहि पदमा कायम हुने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।

    पार्टी भित्र देखिएको पछिल्लो विवादमा सहमतिका लागि भन्दै उनले ओली नै प्रधानमन्त्री र अध्यक्ष सहितको छ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन । उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमललाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिन प्रस्ताव गरिएको छ ।
    प्रस्तावमा प्रधानमन्त्रीको दैनिक कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने उल्लेख छ । तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने प्रस्ताव उपाध्यक्ष गौतमले राखेका छन् ।

    गौतमले प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरेका छन् । पार्टीको बैठक पार्टी कार्यालयहरुमा गर्न पनि गौतमले माग गरेका छन् ।

    त्यस्तै पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषदको पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने पनि प्रस्ताव गरिएको छ । संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने उनको प्रस्ताव छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै