•            
    • TOKHA LIVE

    • १२ श्रावण २०७७, सोमबार १८:३१

    पत्नी हत्या गर्ने कोइरालाको मुद्दामा पुनःसुनुवाइ हुने:-

    टोखा लाइभ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइगर्न अनुमति दिएको छ ।

    न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले आइतबार सो मुद्दामा पुनरावलोकन गर्न अनुमति दिनेआदेश दिएको हो । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासलेगरेको फैसलाउपर पुनःसुनुवाइ हुन लागेको हो । सो फैसलापछि कोइराला यही साउन ८ गते डिल्लीबजार कारागारबाट छुटेका थिए ।

    पूर्वडिआइजी कोइरालाले २०६८ सालमा पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्लाअदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

    जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउनेफैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो । पुनरावलोकनको अनुमति पाएको हुनालेउक्त मुद्दामा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ ।

    सर्बोच्चको उक्त सजाय घटाउने फैसला पछि ब्यापक अलोचना हुदै आएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै