•            
    • Hikmat Dangol

    • १० श्रावण २०७७, शनिबार २१:१०

    झोरमा हरि ओमको योग शिविर,नगरप्रमुखले गरे उदघाटन, उच्च पदस्थदेखि सर्वसाधारण उपस्थित

    टोखा लाइभ । “गरौ योग, रहौ निरोग” भन्ने मुल नाराका साथ आज बाट टोखा नगरपालिका वडा नं – १ स्थित झोर माहॉकालमा नगरपालिका स्तरिय ‘हरि ओम योग ध्यान केन्द्र ‘ शिविरको उदघाटन भएको छ। उक्त शिविरको उदघाटन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उप मेयर ज्ञानमाया डंगोलले संयुक्त रूपले गर्नु भएको छ । सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आधुनिक जीवन शैलीमा योगको भुमिका अति आवश्यक रहेको र नियमित योग गर्दा विभिन्न किसिमका रोगहरु नियन्त्रण हुने भएकोले सबैले योग गर्नुपर्ने बताउनु भयो । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकामा सबै वडाहरुमा योग शिविर संचालन गर्न चाहेमा सहयोग गर्ने वचन समेत दिनु भयो । यसलाई अझ व्यवस्थित गर्न आफुबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत नगर प्रमुखले व्यक्त गर्नुभयो ।

    टोखा नगरपालिका वडा नं -१ संगको सहकार्यमा ‘हरि ओम योग शिविर ‘ समिति २०७७ ले झोर मॉहॉकाल स्थित झरना पार्टी प्यालेसको भवनमा उक्त योग शिविरको उदधाटन गरेको हो । भोलि बिहान ५ :३० बजे देखि ६:३० बजे सम्म उक्त योग शिविरमा नियमित रूपले संचालन हुदैछ ।

    शिविरमा सहभागी प्रशिक्षार्थीहरुलाई अर्को योगगुरु ऋषि लोहनीले योग प्रशिक्षण दिनु भएको थियो ।

    योग गुरु हरि ओम अधिकारीले संयुक्त राष्ट्र संघले समेत पुरा विश्व योगदिवस मनाइ रहेको बताउदै नगरवासीलाई खाना खान नपाउने भन्दा पनि खाना खान नजानेर मानिस रोगी बनिरहेको कुरा बताउनु भयो।यसै गरी टोखा नगर पालिका वडा नं -१ का अध्यक्ष श्रीकृष्ण अधिकारीले सम्पुर्ण टोखा नगरवासीमा योगको बारे जनचेतना जगाउदै योग शिविर चलाउन धेरै आवश्यक रहेको बताउनु भयो । झोर माहॉकालमा सचेत व्यक्तिहरुले योग ध्यान केन्द्र शिविर सन्चालनमा नगरपालिकाबाट भएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै हरि ओम योग ध्यान केन्द्रको सहकार्यमा नगरपालिकाको सबै वडाहरुमा क्रमश योग शिविर संचालन गर्ने कुरामा जोड दिएका थिए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै