टोखा नगरपालिकामा वडा नं-२ मा वडा अध्यक्ष दिपक राज जोशीको पहलमा शुक्रबारदेखि गणेशस्थानको ग: हितीको प्रॉगनमा प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगितामा A र B समुहबाट ३४ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो दिन शुक्रबार २२ जना जोडीले प्रतिस्पर्धा गरेका थिए ।
खेल क्षेत्रमा निकै रुची राख्ने भु . पु खेलाडी तथा वडा अध्यक्ष दिपकराज जोशीले आफु पदमा रहुञ्जेल युवा वर्गको व्यक्तिगत विकास र खेलाडी उत्पादनका लागि खेल्नु पर्छ भन्ने भावना जगाउनको लागि यो व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको टोखा लाइभलाई बताएका छन ।
पछिल्लो समयमा टोखा नगरपालिकाले फुटबल खेलकुद जगत मार्फत राम्रो प्रस्तुति राख्दै टोखाको नामलाई अगाडी ल्याउन सफल रहेकाले ब्याडमिन्टनमा पनि त्यस्ता प्रतिभा निकाल्नको लागि बिभिन्न समयमा खेलहरुको आयोजना गर्ने दिपकराज जोशीले भन्नुभयो। “खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाइदा रहेकाले मुख्य गरि खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु मुख्य उदेश्य रहेको छ “ । दिपकराज जोशीले बताए। आफु वडा अध्यक्षमा रहुन्जेल खेल क्षेत्रसँगै अरु सामाजिक क्षेत्रमा पनि काम गर्दै जाने उनले बताए ।ब्याडमिन्टन उद्घाटन कार्यक्रम पुरू जोशीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।