•            
    • Hikmat Dangol

    • ९ श्रावण २०७७, शुक्रबार १४:१८

    “मैले १२ हजार लासहरू पोलिसकेको छु” – गुठीयार सानु भाई डंगोल

    टोखा लाइभ । टोखा नगरपालिका वडा नं -३ निवासी थकाली गुठीयार सानुभाई डंगोल भुतखेल स्थित मसानकाली मन्दिर अगाडि रहेको मसानघाट र पशुपतिको आर्यघाटमा मुर्दा जलाउने काम गर्छन ।उनको यो पेशा र खेतीपातीले परिवार धानेको छ।हाल ७६ वर्षको जीवन बिताई रहेका छन् ।उनको श्रीमती पनि कृषि पेशामै संलग्न छिन् ।”मेरो ३ छोरा र २ छोरीहरूको कारणले गर्दा आर्थिक भार घटेको छ।” भन्दै आफ्नो जीवन कथा सुनाउँछ्न।

    उनी वि. सं २०१० सालमा ९ वर्षको हुँदा देखि नै यो पेशामा संलग्न छन् ।गुठीयार सानुभाई डंगोल भन्छन- “ ९ वर्ष को छँदा आमा बित्नु भयो। त्यस बेला देखि अनन्कट रूपले लागेको छु। हामी गुठीका ९ जना गुठीयारहरू यो पेशा गरेर बसेका छौं। मेरा नेतृत्वमा टोखामा कुनै व्यक्तिको मृत्य भएमा लास पोल्ने गर्दछ। पहिला गुठीका साथीहरू मुर्दा पोल्न बोलाउँदा अल्छी मानेर आउँदैनथे। अहिले त मैले नियम कड़ा बनाएको छु। मसानघाटमा मुर्दा पोल्दा सबै जना उपस्थित हुनै पर्छ । कोही नआएको खण्डमा १ हजार जरिवाना तिराउने गरेको छु।१० सालको मध्य दशकमा एक पटक छेरावती आएको हुँदा धेरै मान्छे मरेको थियो। त्यसताका दिनको ५ जना मान्छेहरू मरेको थियो।त्यसबेला धेरै लासहरू जलाउनु परेकोले भ्याई नभ्याई भएको थियो।” उनी सम्झन्छन्।

    गुठीयार सानुभाई भन्छन- “ मैले हाल सम्ममा १२ हजार लास जलाई सकेको छु। आफुले काम गर्न सकुन्जेल सम्म नै यही काम गर्नेछु ।पशुपतिमा त कतिले “ म बाहुन हुँ “ भन्दै ढॉटेर लास जलाउँछन। लास चित्तामा राख्दा नेवार र मारवादी बाहेक सबैले उत्तरतिर फर्काएर राख्ने गर्छन्।”

    “ गुठी चलाउन गाहो छ।अफिसको जस्तो नियम कानुन यहॉ छैन। सरकारी पनि खासै सहयोग भएको छैन।पहिले यस मसानकालीको छेउछाउ ११ वटा मसानघाट रहेको थियो। एउटा ठूलो “ सी पुखु “ र ३ वटा फल्चा पनि थियो। अहिले त्यसको नामोनिशान छैन।नेवार समुदायमा डंगोल, श्रेष्ठ, शाही, कामी, कपाली, कुश्ले , नापित , च्यामे र पोडेहरूको छुटाछुटै मसानघाट थियो।अहिले समयको माँग भएर हो कि सबै विलुप्त भएर गयो। अहिले मसानघाट मिचिने क्रम जारी भएकोले सोधखोज गरिरहेका छौं। तारबार गरेर भएपनि संरक्षण गर्नुपर्छ ।उनले भने।

    “टोखामा कपालीहरू लासलाई जलाउँदैनन् गाडछन मात्रै ।भुतखेल चौरको फुटबल खम्बा रहेको ठाउँमा उनीहरूको चिहानघारी छ। आफुलाई शैवमार्ग ठान्ने कपाली र कुश्लेहरू मृत्यु भएको मान्दैनन्।त्यसैले ध्यान मुद्रामै पदमासनमा बसाएर उत्तरतिर अनुहार फर्काइ लास गाड्छन। लास गाडेपछि मृतकको चिहानमा जेठो छोराले नांगो खुट्टा ७ दिन सम्म लगातार खाना पुर्याउन आउँछ। उसले बीच बाटोमा कसैलाई पनि छुन्न हुँदैन।मृतकको लागि ल्याइएको खाना कागले जुठो नपारे सम्म पु्याउने मान्छे घर फर्किन पाउँदैन । केही गरी काग नआएमा कहीकतै बाट कुकुर सम्म ल्याएर भए पनि खाना जुठो पार्न लगाइन्छ।काग आदि चरा बस्नको लागि रूख चाहिने भएकोले कपालीहरूको चिहानघारीमा रूख बिरूवा देख्न पाइन्छ।” उनले भने।

    “पहिले- पहिले राती लास जलाउँदा डरलाग्दो अवस्था थियो। लास जलाउँदै गर्दा कपालीहरूको चिहानघारीबाट भूतप्रेतहरू माहली बाजा बजाउँदै आउँथ्यो। कहिलेकॉही अहिले चौर रहेको ठाउँमा ‘सी’ पुखु थियो। त्यहॉबाट बच्चाहरू रोएको, कराएको आवाज आउँथ्यो। जुन ठाउँमा पहिला बच्चीहरूको लास गाडिएको थियो। कहिलेकॉही स्यालहरू आएर तर्साउन आउँथ्यो। पोलिएको मुर्दाको लासलाई लुँछाचुडी गर्न र खोसाखोस गर्न आउँथ्यो। त्यो बेला हामी तयारी अवस्थामा त्यही मुर्दा बोकेर ल्याएको हरियो बॉस हातमा लिई तम्मतयारी अवस्थामा बस्नु पर्थ्यो।खोस्न आउँदा त्यही बॉसले स्याललाई हिर्काएर पठाउँथे।”उनले सविस्तार लगाए।

    लास पोल्दा कसको छिटो डढ्ने गर्छ? भन्ने जिज्ञासामा सानुभाई भन्नुहुन्छ- “ खान्दानी र स्वस्थ्य आईमाईको लास चाहि छिटो बल्ने गर्छ। किनकी आईमाईको शरीरमा धेरै बोसो रहेकोले पग्लेर २ धण्टा भित्रमै पोल्न सकिन्छ । तर पुरूषहरूलाई डढाउन ३ धण्टा लाग्ने गर्दछ। कहिलेकॉही त दिनभर लाग्ने गर्छ।किनकी पुरूषको शरीरमा बोसो नै हुँदैन। “ उनले रहस्यको पोको खोले।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै