•            
    • Hikmat Dangol

    • ८ श्रावण २०७७, बिहीबार १०:०१

    टोखा नगरपालिका वडा नं-१ मा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई नगरपालिकाको किरिया खर्च

    टोखा लाइभ ।टोखा नगरपालिकाले मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई रु ५० हजार किरिया खर्च तथा स्वास्थ्य उपचारको व्यवस्था गर्न सहयोग गर्ने भएको छ । नगरपालिकाको बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले टोखा लाइभलाई जानकारी दिनुभयो ।वहॉ अगाडी भन्नुहुन्छ-“ प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको परिवारमा समवेदना व्यक्त गर्दै वहॉले अब आइन्दा टोखा नगरपालिका भित्रमा कुनै हालतमा जथाभावी प्लटिंग गर्न नदिने र गर्न खोजेको खण्डमा दोषीलाई कारवाही गरी प्रक्रिया अगाडी बढाउने कुरा वताउनु भयो। यो टोखा नगरी कसैको स्वार्थको चलखेल गर्ने ठाउँ हैन। यसमा हामी आवश्यक अनुसन्धानमा जुटिसकेका छौं।”

    नगरपालिकाभित्र रहेका वडा विपद् व्यवस्थापन समितिले वडाभित्र विपद्का कारण भएको क्षति सङ्कलन गरी तत्काल अस्थायी तटबन्ध निर्माणका लागि वडा कार्यालयले रु ५० हजारसम्म रकम दिन पाउने व्यवस्थासमेत गरेको छ । सो रकमभन्दा बढी क्षति भएमा वडाले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर विनियोजन गनुपर्नेछ।

    यसैगरी टोखा नगरपालिका वडा नं- १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी भन्नुहुन्छ- “ कोरना महामारीसँग अहिले आएको प्राकृति विपत्तिबाट जनताको जीवन रक्षाको दायित्व आफ्नो रहेको छ । तसर्थ यस विपतीमा हामी छलफल गरी आवश्यक क्षतिपूर्ति दिन हामी अग्रसर भएका छौं।”

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै