•            
    • Hikmat Dangol

    • ४ श्रावण २०७७, आईतवार १९:३५

    टोखामा यसरी गरियो गथाँमुग: दहन । फोटो फिचर

    टोखा लाइभ ।सॉस्कृतिक नगर टोखाका नेवार समुदायले आज सॉझ गथांमुग: दहन गरेका छन्।

    किसानहरुले रोपाँई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसानहरु आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिएको यहॉका स्थानीय वासिन्दाहरू वताउँछन।

    कसैले भने गथांमुगलाई घण्टाकर्ण पनि भन्ने गर्छन्। तर, गथांमुग र घण्टाकर्ण दुई बेग्लै पात्र रहेकाले गथांमुग:लाई घण्टाकर्णसँग जोड्न नुहने कतिपय सॉस्कृतिकविदको भनाई छ। घण्टाकर्ण देवताको अस्तित्व स्वीकार नगर्ने राक्षसका रुपमा लिइन्छ। उनी भगवानको नाम नसुनियोस भनेर कनामा घण्ट झुन्डयाएर हिँड्ने गर्थे। सो राक्षसले धेरै दु:ख दिएपछि उसलाई समाएर गथांमुग:को दिन थने: लाछीको चोकमा उभ्याएर बेलुकी बिष्णुवती नदी सम्म तानेर फालेको सम्झनामा घण्टाकर्णको दहन गर्दै परम्परा चल्दै आएको जनविश्वास पनि रहेको छ।

    टोखाका नेवार समुदायले गथांमुग: लाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गथांमुग:लाई विभिन्न तरिकाले बनाउने र बिसर्जन गर्ने गरिन्छ। कत्तै नकर्टको गथांमुग: बनाइन्छ त कतै छ्वालीको।

    टोखामा गथांमुग: बनाएर नदीमा लगेर बिसर्जन गर्ने परम्परा रहेको छ।यता घरमा छवाली बालेर घरको हरेक कोठामा घुमाई भुत धपाउने गरिन्छ ।अर्को तिर सुकुन्दा र हँसिया समेत लगेर मु: ध्वाखाको छवासेमा लगेर फ्यॉकिन्छ। छवासेमा जाने आमा दिदी र बैनीहरू ज्वालाबाट निस्किएको माथि हसिया थापी आँखामा लगाउने गाजल तयार गर्छन। यसरी तयार गरिएको लगाउँदा ऑखा तेजिलो हुने भुतको ऑखा अन्धो हुने जनविश्वास गरेको छ।गथांमुग: सँगै टोखा नगरीमा नेवार समुदायमा जात्रापर्वको सुरु हुने गर्छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै