•            
    • TOKHA LIVE

    • ३ चैत्र २०७९, शुक्रबार २०:२०

    २०८० सालमा शनिवारबाहेक मात्र ३५ दिन बिदा

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    चैत्र ३,२०७९
    सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने भएको छ । आउँदो वर्ष २०८० सालको सार्वजनिक बिदा राजपत्रमा प्रकाशित भएका छन्। राजपत्रमा बिदाका दिन पनि विभिन्न सरकारी कार्यालय खुल्ने उल्लेख गरिएको छ। बिदाका दिन नागरिकता, राहदानी, भन्सार तथा राजस्व सम्बन्धी सेवा, सवारी अनुमति पत्र लाइसेन्स, सवारी साधन दर्ता तथा नवीकरण लगायत यातायात व्यवस्थापन सम्बन्धी सेवा, खानेपानी, भेटेरिनरीलगायत सेवाका कार्यालयहरु खुल्ने भएको छ। प्रदेश सरकार र पालिकाले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा, बैङ्किङ तथा बीमा सम्बन्धी कारोबार पनि बिदाका दिन हुने छ। अस्पताल, दुरसञ्चार साइबर सेक्युरिटी तथा इन्टरनेसमेट, अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरबिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदि जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमा समेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्ने भएका छन्। सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न खटिने कर्मचारीले त्यसरी खटिए बापत सट्टा बिदा पाउने छ। २०८० सालमा शनिवारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी मात्र ३५ दिन सार्वजनिक बिदा दिइने भएको छ।
    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै