•            
    • Hikmat Dangol

    • ३ श्रावण २०७७, शनिबार २१:३८

    घलेगाउँको यात्रामा दाताले स्वादिलो भोजन खुवाउँदा

    . बाबुराम घिमिरे

    मायालाई, दिने थिए फुल जस्तो जोबान, भइ सक्यो मेरो घरबार!

    टोखा लाइभ ।नयाँ वर्ष आउन दुई हप्ता अगाडि नै हाम्रो फोन भएको थियो, कतैघुम्न जाने उहाँले हुन्छ भन्नुभयो | उहाँका का केही साथीहरु र एउटाग्रुप गाडीमा सँगै जाने कुरो भयो, मैले पनि यता सपरिवार र मेरोअरु ग्रुप सँग पनि कुरा गरेर २ वटा गाडीमा मिलेर रमाइलो गर्नेअलि टाढै जाने, मुक्तिनाथको यात्रा गर्ने हाम्रो कुराकानी भयो |मेरोपरिवारलाई मुक्तिनाथको यात्रा गराउन चाहन्थे म | मैले भनेपहिल्यै यात्रा गरिसकेको थिएँ | साथीको पनि त्यो चाहनाभएकोले उनले स्वीकार गरे, तर दिन वित्दै जाँदा गाडीहरु खोज्नेबुझ्ने जिम्मा मलाई लगाइयो | मैले बुझि समयको कुरा, पैसाकोकुरा, निर्धारण हुँदैजाँदा मूल्यांकन माथिल्लै हुन गएको हुनाले वासमय आदि नमिल्ने हुनाले कोही साथीहरु पनि सहमत गराउनसकिएन र साथीले धनगढी महेन्द्रनगर जाउ भन्दै हुनुहुन्थ्यो | 

    काठमाडौँ उपत्यकाको धूलो र मैलोले उकुसमुकुस अवस्थाबाटमुक्ति पाउने चाहना हुन्छ शहरवासीको |२०७६ को शैक्षिकक्यालेन्डर अनुसार, काठमाडौँ उपत्यकामा जाडो बिदा परेकोथियो, बिदाको समय, सदुपयोग गर्ने हाम्रो मूल उद्देश्य थियो, २०७६ साल पौष महिना १३ गते हामीले यात्रा तय गर्यौं |बालकृष्ण ढुंगाना र म एउटा मोटरसाइकलले यात्रामा, म डाइवर रउनी यात्रीको रुपमा बिहानै सम्भवत साढे पाँच बजेतिर निस्कियौँ |हामी दश वर्षसम्म विश्व निकेतन मा.वि. त्रिपुरेश्वरमा संगै शिक्षणगरेर परिस्थितिवश छुट्टिएका साथी | हामीलाई भेटको खाँचोथियो, त्यही खाँचो पूरा गर्ने यात्रामा पत्तै नपाई हामी मुग्लिन पुग्यौँ|हामीलाई यात्रा कहाँ गर्ने हो, योजना के हो, कुनै केही पनि थिएन,तत्कालै फोन भयो हिँडियो, मुग्लिनको चियासँगै घलेगाउँकोनिर्णयमा पुग्यौं | 

    मुग्लिनमा मैले एउटा दरबार झोलामा हाले बेलुकाको घरबारकोलागि, उसले के हो त्यो भन्दैथ्यो मैले कोसेली हो घले बाजेलाईभने ! अर्कोचाहिँ शुद्ध ब्राह्मण पर्यो मेरो साथी !लम्जुङ घलेगाउँ जानकालागि तनहुँ बिमलनगरबाट उत्तर लाग्यौं, भन्सारआइपुग्यो |चौबाटो बाट हामी अझै उत्तर पट्टि यात्रा तय गर्यौ|कालिमाटी, पाउँदी बजारमा पुगेर, तनहुँ जिल्ला समाप्त भयो |बोलचालमा त्यसलाई पाउदी ढीक भनिदो रहेछ | त्यही बजारमाहामीले माछा र भात थपि थपि खायौं, फेरि फर्कंदा हामी यतैखान्छौं अलिकता  माछा थपौं भन्दा बैनीले हासि-हासि थपि दिइन्| धेरै नथप हामी त यही बस्छौँ  भनेको  झन हाँसेर अर्को डाडुथपिन् | 

    उनलाई बाइ बाइ गरी लमजुङ जिल्ला प्रवेशद्वारबाट हामी भोटेवडार, उदिपुर बजार, मध्यमर्स्याङ्दी बाँध आदि रमणीय स्थानदृश्यावलोकन गर्दै उच्च अभिलाषाका साथ, नदीको किनार किनारैपार गर्दै, लमजुङ जाने बाटोको बलिथुम बेसिमा पर्ने अकलामन्दिर को हामीले छोटो दर्शन गर्यौं, यो यस क्षेत्रको प्रतिष्ठितमन्दिर हो | पूजा-आजा, विवाह, वर्तबन्ध जस्तो महत्वपूर्णकार्यक्रमहरु पनि यस मन्दिरमा गर्ने गरिन्छ | त्यहीँबाट, हाम्रो प्रियमित्र विष्णुहरि अधिकारी जी लाई फोन गर्यौं | उहाँ त्यही जिल्लावासी हुनुहुन्छ, फोन गर्दा काठमाडौँ हुनुहुन्थ्यो | हामीलेफोनमार्फत लमजुङको बारेमा थप जानकारी प्राप्त गर्यौं, हामीलेयात्रा अरु अगाडि बढायौं |

    यात्राहरू वास्तवमा भन्दा मात्रै यात्रा हो, यो त जात्रा हुन्छ | केहिसहज हुँदैन, थुप्रै ठाउँमा हिलोमैलो, धुवाँ धुलो, पानीको प्रभाव,आँखामा किराहरु पसेर, खुट्टा, ज्यान दुखेर स्थिति बेहाल थियो, तैपनि साथी र एउटा उत्साह को हुटहुटीले, लमजुङ जिल्लाकोसदरमुकाम बेसीसहर पुगियो | पुरानो एउटा गीतको याद थिदैथियो मनमा !

    गाउँ सहरमा लमजुङ दरबार ! 

    मायालाई, दिने थिए फुल जस्तो जोबान, भइ सक्यो मेरो घरबार!

    होटल गाउँघर त्यहाँ को अली राम्रो होटल रहेछ त्यसैलाईbooking गरि हामी गाउँसहर तिर लाग्यौं | हामीले एउटा एउटाचिसो हातमा लिएर गएकोले, त्यहीँ बसेर दरवारको अबलोकनगर्यौं | दरबार यसोब्रह्मा शाहले बनाएका थिए, जेठा छोरा नरहरिशाह लमजुङका राजा भए, भने अर्का छोरा द्रव्य शाह गोरखाकाराजा भए | यसरी हेर्दा यो दरबार गोरखा राज्य भन्दा शक्तिशालीराज्यको रूपमा देखिन्छ त्यतिखेर | त्यहाँका राजाका छोरागोरखाका राजा भएका छन् र द्रव्य शाह चर्चित राजाका रूपमाख्याति लिएका राजाहरु मध्येका हुन् | तसर्थ यसको महत्वइतिहासमा अति महत्वपूर्ण स्थान भएको हामीले पायौं | 

    तर दुखद कुरो यस्तो ऐतिहासिक दरबारमा पुलिस चौकी रहेकोपाइयो | यत्रतत्र दरबार अव्यवस्थित रहेको पाइयो, यसलाईसंरक्षणको अभाव रहेको प्रष्टै झल्कन्थ्यो | पुलिस चौकी दरबारसुरक्षाभन्दा पनि बासको लागि बसेको पाइयो | के यो राज्यकोसम्पत्ति होइन र? यहाँका उद्योगी व्यापारीहरु केही लगानी गर्नसक्दैनन् ? पर्यटकहरु भित्र्याउने आम्दानी आर्जन गर्ने इच्छाचाहना हुनेहरुले, थोरै भएपनि लगानी को वातावरण सिर्जना गर्नसकिँदैन?  किन यसरी बेप्रवाह लापरवाह भइरहेछ भन्ने मनमालाग्यो? केवल मनमा लाग्ने र यो कलम मार्फत सम्बन्धितनिकायमा सुसूचित गर्ने एउटा हैसियत राख्न सक्दछ यो कलम लेअरु के गर्न सक्दछ र ?

    झण्डै दुइ सय किलोमिटरभन्दा बढी कोही यात्रा एकोहोरोदबाइरहेको डाइवर, होटल गाउँघरमा गैसकेपछि बिहान झोलामाल्याएको पुरानो दरबार को ढोका खोलियो र राज्य चलाउन सुरुगरियो | एकातिर होटल गाउँ घरमा आजको रमाइलो गर्नुछ! छअर्कोतिर भोलि को यात्रा तयार गर्नुछ! घले गाउँको बारेमाजानकारी लिनु पर्नेछ! मौसमलाई हेर्नुपर्नेछ! साधनलाई up-to-date गर्नुपर्नेछ! यी सबैका बाबजुद मनोरञ्जन र भ्रमणका लागिआएको पो हो त आखिर ! एकैछिनपछि सुरु भयो कि, ऐतिहासिकर मर्मस्पर्शी लोकगित कार्यक्रम, गाउँ सहरमा लमजुङ दरबार !मायालाई, दिने थिए फुल जस्तो जोबान, भइ सक्यो मेरो घरबार!सकेको नाचगान रमाइलो गरी आजको यात्रा सफल गरियो | घलेगाउँको  गन्तव्य बाँकी छ |

    क्रमश:

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै