•            
    • Hikmat Dangol

    • ३ श्रावण २०७७, शनिबार १४:५१

    सर्वाधिक कलिला उमेरका इन्जिनियर

    टोखा लाइभ ।यहाँ देखाइएको युवक तिनै हुन् , जसले लक डाउनको समयको सदुप्रयोग गर्दे “Real Time Base Water Supply System Control” अर्थात खानेपानीतिवरण गर्दा मानवनचाहिने गरी पानीको मात्राप्रवाह भएपछि आफैआफ चालु र बन्दगर्ने मेसिन हो । जसरी हामीले घडीमा Alarm सेट गरेपछि ठीक समयमा बज्छ र हामी समयमै उठन सक्छौं । यसै गरि सो उपकरणले अपरेटर नचाहिने गरी ठीक समयमा पानी पठाउने र आवश्यकता पुरा भएपछि बन्दगरिदिन्छ । यस्तो उपकरणमा नविनतादिने टोखाका २६ वर्षीय इलेक्ट्रिकल अटो मेसिनइन्जिनियर हुन– मनोजश्रेष्ठ ।

    आज विज्ञान र प्रविधिको विकास चरम शिखरमापुगेको छ । विश्व भरिमै नयाँउद्योग एवं कल – कारानानाहरु खुलेका छन् । तर तीउद्योग एवं कलकारखानाहरुबाट मानव समाजमा जे जति लाभान्वित भएका छन् त्यतिकै मात्रामामानव परिचालित गर्नु पर्दा खानेपानी संस्थान, चुरोट कारख़ाना , सिमेन्ट कारखाना घाटामा भएको कुरा सुन्दै आएका छौं । यसै कुराहरुलाई दुष्टिगत राखी हाम्रो युवा ईन्जिनियर मनोज श्रेष्ठले जुन सुकै कलकारखाना मानव रहित रुपमा अटोमेटिक रुपमा नियन्त्रण गर्नसक्ने यन्त्रको नविता दिएका छन् । जसलाई विज्ञान र प्रविधिको क्षेत्रमाअर्काे एउटा नयाँआयाम भन्न सकिन्छ । त्यसैले यहाँ यस सम्बन्धी सूक्ष्म जानकारी दिइएको छ ।


    टोखामुलका २६ वर्ष युवक मनोज श्रेष्ठ सबै भन्दा कम उमेरका मेकानिकलइन्जिनियर बन्ने सौभाग्यपाएका छन् । नेपालको बनेपा स्थिति इलेक्ट्रॉनिक इन्जीनियरिंगमा प्रमाण पत्र तह पुरा गरिसकेपछि भारतको पन्जाव स्थित इन्जिनियर कलेजबाट एल.पी. इन्जिनियरमा स्नातक गरेका हुन । यी तीक्ष्ण वृद्धि भएका मनोज श्रेष्ठले कलेजमा हुने गरेको थुप्रै One World Culture Competition पहिलो/ दोस्रो भएर अवार्ड पाएका थिए ।यद्यपि पंजाबको इन्जिनियर कलेजले २० वर्षकै उमेरमा विश्वविद्यालयका कम उमेरका तीक्ष्ण विद्यार्थीको रुपमा मान्यता दिएको थियो । कलिलो उमेरमाअटो मेसिनइन्जिनियर बनेका यी युवाले अरु कुरामा पनि रेकर्ड स्थापित नगरेका होइनन । स्नातकको अन्तिम सेमिस्टरमा एउटा प्रोजेक्ट गरेको थियो । जुन University of first project थियो । जसलाई Light Implementation मा नेपालको तर्फबाट सहभागी भए डीन चान्सलरबाट अवार्ड पाएको थियो ।


    त्यो प्रोजेक्टमा सानो बाकसमा देखाउने प्रस्तुति थियो । मनोजकाअनुसार Light Implementations को कक्षाकोठामा एक जना मान्छे बसेको छ । त्यही कक्षा कोठामा रहेको प्रकाश र तापक्रमले त्यहाँ पंखा चल्ने अनि बत्ती बाल्ने ।मान्छे नभए नबल्ने प्रविधि बनाएको थियो ।


    मनोजले बनाएको उक्त यन्त्र भित्र प्रयोग भएका पार्टपूर्जा र सिद्धान्तका बारेमा जिज्ञाशा राख्दा मनोज भन्छन –“यसको मैले आफैले प्रोग्रामिग गरेर कोड बनाएर विकसित गरेका हुँ। यसबाट High Voltage कन्ट्रोल हुन्छ भने ओभर करेन्ट प्रवाह हुँदैन। ओभर फ्रिक्वेन्सी अटो मेटिक टाइममा चल्ने हो । यसमा भौतिक र रसायन शास्त्र देखि क्यालकुलस सम्मका प्रविधि र सिद्धान्तको समिश्रण गरिएको छ । यो प्रोग्रामिग सफल गर्न निकै सकस लाग्यो ।”उनले भने।


    यस उपकरणले अब के मानव नै नचाहिने बनाउँला त? भन्ने अर्काे जिज्ञाशामा उनी भन्छन् –“म विश्वस्त छु । समयप्रविधिसँग -सँगै अब विस्तारै ठूलो कम्पनीमा मानव रहित हुनेछ । यसले प्रविधिमा ठूलो फडको मारी क्रान्तीकारी परिवर्तन ल्याउने छ । यसबाट समय र पैसाको बचत हुनेछ । अरु थुप्रै कम्पनीले पनि यस उपकरणमा चासो देखाएको छ । मलाई के सम्मविश्वास छ भने यस प्रविधिलाई विकसित गर्दे सान सकेमा देशकाअर्बाे रकम विदेश जानबाट रोक्न सकिन्छ । यदि टोखाको वृहतखानेपानीले पनि यो प्रविधि राख्नचाहेमा म सुपथ मुल्यमा उपलब्ध गराउन सक्छु ।” उनले बताए ।


    उनी अगाडी भन्छन् – “मेरो भविष्यको लक्ष्य भन्नु नै टोखामा शिक्षित वा अशिक्षित व्यक्तिलाई तालिमप्रदान गरेर सक्षम व्यक्ति उत्पादन गरेर देशको विकासमा टेवा पु¥याउनु हो । यो प्रविधि ग्जारह गरिसकेपछि वाहिर कामका लागि भैतारी रहनु पर्दैन । उल्टै हामीलाई कम्पनी खोज्दै आउछन् । म आशा गर्दछु कि टोखा नगरपालिकाले मलाई सहयोग गरेको खण्डमा म इच्छुक व्यक्तिलाई तालीम दिन तयार छु । ” उनले खुलस्त पारे ।के उनी आफुलाई यस क्षेत्रको सिद्धहस्त वैज्ञानिक ठान्छन त? जवाफमा मनोज भन्छन- “ म वैज्ञानिक पनि हैन । आविष्कारक पनि हैन। मैले त आफ्नो प्रतिभा मात्र देखाएको हुँ। आफैले नविनता मात्र पस्केका हौं”।


    मनोजको पिता हरिकृष्ण श्रेष्ठ आफ्नो पेशालाई छोरालाई अगाडि बढाएको देख्दा गर्व गरेको महसुस गर्छन । यसमा हरि कृष्ण भन्नुहुन्छ – “छोराले २३ वर्ष भित्रमै Electronic Engineering मा स्नातक गर्नु भयो । अहिले नेपालकै खानेपानी संस्थामा अटो मेसिन र इलेक्टोनिकइन्जिनियरको रुपमा कार्यरत छन् । हाम्रो पालामा नियमावली अनुसार काम हुन्थ्यो । अहिले सबै Programming Logic Controller को रुपमा हुने गर्छ । मैले सकभर स्वदेशमै केही गर्नुपर्छ भन्ने उत्प्रेरणा दिई छोरालाई विदेश पठाएको छैन ।” वहॉले भन्नुभयो।


    आफने जीवनका उद्देश्य स्पष्ट पार्दै मनोज भन्छन् –“मेरो लक्ष्यभनेकै Auto Machine लाई Web Password मा लैजाने हो । जुन Micro Controller Base माअधारित छ । यसको लागि भारतबाट प्रविधिकहरू ल्याउनु पर्छ । तसर्थ हामीले आफनो पैसा किन विदेशमा पठाउने ? यतै लगानी गरौं भनेर मलाई कम्पनीले प्रोजेक्ट दिएको छ । यस्तो प्रविधि नेपालमै विकसित होस् र मेरो काम नयॉ आउने इन्जीनियरहरूलाई PLC को काम सिकाउने पहिलो प्राथमिकता हुनेछ । किनकी यो काम जानेन भन्ने इन्जीनियरले यो क्षेत्रमा कहिले पनि प्रगति गर्न सक्दैन ।हरेक कुराको अपडेट हुनुपर्छ। Auto Machine को काम कोही सिक्न चाहेमा मसंग सम्पर्क गर्नुहुन म अनुरोध गर्दछु ।” उनले सविस्तार लगाए।


    पिता हरि कृष्ण श्रेष्ठ र माताआशाका छोरा मनोज दिनभरी जागिर खानुपर्ने र बिहान बेलुकापनि फुर्सद नहुने हुँदा राती १/ २ बजे सम्म किताब पल्टाउँदै अनि कम्प्युटरमार्फतआफनो काम सच्याउदै टुक – टुक गरेको देख्दा सबै अचम्म मान्ने गरेको अनुभाव उनी सगर्व प्रस्तुत गर्दछन ।


    १ कक्षा पढे देखि नै आफनै प्रकारले यस काममा लागेको बताउने मनोज देश विकासको लागि सबैले आ–आफ्नोक्षेत्रबाट केही न केहीगर्नु पर्ने धारणा राख्दछन् । “व्यक्तिले कलिलो उमेरमै आन्तरिक उर्जालाई प्रस्फुटन गर्न सक्छ ।” आफनो छोराको सफलताको कडीका रुपमा हरिकृष्ण श्रेष्ठ यो धारणाव्यक्तगर्दछन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै