•            
    • Hikmat Dangol

    • २ श्रावण २०७७, शुक्रबार १८:४६

    मेरो अण्डकोष फुत्काउने आँपको रुख !

    . बाबुराम घिमिरे Phd Scholar

    ४:०० बजे स्कुल बिदा भएर १ घन्टा ओरालो झरे पछि घरमा आई खाजा खाइ, डोकोमा कुडोको भाँडो बोकेर १ – १/२ घन्टाको अरु ओरालो र घुम्ती बाटाहरु जङ्गल खोलाहरु काटेर गएसि खोला र जङ्गलको किनारामा हाम्रो गोठ थियो, जहाँ २ वाट भैसिहरु बाधिएका थिए । खोलाबाट गाग्रीमा पानी ल्याएर कुडोपानी खुवाउने, घास, पराल गरी घर फर्कने मेरो दैनिकी हो । २ वटाले घटिमा ३ गाग्री पानी खाल्छन् |
    खोलाका डिलमा आप पाकेर लटरम्मै छन । राता, पहेला आपहरु चारैतिर पाकिरहेका छन । जसले जती-जती खाएनी हुने, सार्बजानिक हो । साझ परिसकेनी छिटो-छिटो रुखमा पनि चढेर आप खाने मन भयो र चढे। हल्लाउदा खोलामा निकै तल पुग्ने र भुइँमा टिप्न असम्भव भएकोले जती सक्यो रुखैमा टिप्न थाले । आपको जती टुप्पोतिर हो तेती मिठा-मिठा रहर लाग्दा दाना देखेकोले गर्दा उता- उता लम्कँदै गर्दा हाँगा भाचियो र म चिप्लिएर लडेँ । रुख ज्यादै अग्लो थियो। तर हाँगा सहित म अर्को हाँगाको छड्के ठोसाहरुमा ठक्कर खादै-खादै झरे । टुप्पो बाट खसेर बीच तिरका हंगामा म अड्किय | हतार हतार घर फर्कनुथ्यो, कहाँ कहाँ घाउ चोटपटक लागेको थियो, थाहापाउने फुर्सद नै भएन | शरीरभरि चोक्टा चोक्टा, साना ठूला घाउ, कपडा पुरै देखाउनै नहुनेगरी धुजाधुजा भयो। १ घन्टाको बाटो डोको भाडो छ, बेहाल भयो । कता कता हो रगत आको छ, बेप्रबाह घरै आएर नबोली सुते ।
    आमाले कती हो बेर पछी खाना खान बोलाउनुभयो । म नबोलेपछि बल्ल थाहा पाउनुभयो | आमाले अति हिफाजत गर्नुहुन्थ्यो मेरो । हेर्दा देख्नुभो पुरै रगत ले ओछ्यान भिजेको । मलाई ठुलो दाजुको सारै डर, गल्ती गर्दा ठुलो ठुलो लौरो र आग्लोले पनि पिट्नु हुन्थ्यो। सोही डरले मैले केहि भन्न सकिन, तर बेलुकानै थाहा भयो कि मेरो अण्डकोषमा छाला पुरै उत्रेर घाउ लागेको रहेछ । त्यो रात ओछ्यानमै आमाले मलाई खाना खुवाउनु भयो ।


    भोली डोकोमा बोकाएर बेनिघाट हेल्थ पोस्ट जाने योजना भयो । बाटोमा हाँसोठट्टा सहित अनेक कुराकानी भए। जे जे भए डरलाग्दा कुरा मध्य अरुकुरा भन्दानी अण्डकोष सिलाउछ भनेको र अर्कोकुरा भनेको यस्को बच्चा हुँदैन भनेका छन । तेती चिन्ता त भयन तर कुरो अलि अलि बुझेको थिए । रिपेली कान्छाले डोकोमा बोकेर भोली ११:० बजे हेल्थ पोस्ट पुगियो ।


    जब बेनिघाट हेल्थ पोस्ट प्रमुख बाबुराम कौडाल सरले टाँका लगाउँन सुरु गर्नु भयो | अनि याद आयो अघी बाटोमा के के भनेका थिए। सायद १०-११ टाँका भने जस्तो लाग्छ, जे होस टाँका पछी, पाडे बाको होटेलमा डेरा गर्ने भैयो १३ दिन सम्म । मैले त्यो दिन सम्झिरहे, घरमा दुख दिए भन्ने लायो । त्यो रुख नचढ्न पाएको भए, अनि जती आप थ्यो तेती खाएर आको भए, हतार नगरेको भए, यस्तो हुँदैनथियो भन्ने लाग्यो |


    अब निको हुनेबेला भयो झन दुईओटा चिन्ताले सताइरहयो । पहिलो आमाको न्यास्रोले सतायो, आमाको काखमा सुत्ने, मिठो मिठो खाने । अनि अर्को दाजुले निको भएसि पनि पिट्नु हुन्छ होला भनेर । अनी होटेलको भात खान पाउदा निकै अनौठो र मिठो पनि लाग्यो | काम गर्नु पनि नपर्ने ज्यान मोटाइ सकेको थियो त्यतिखेर |


    पार्बति, जो होटेलवालाकी छोरी अति राम्री । त्यो क्षेत्रकै सुन्दरी अरे । अति चल्दो रहेछ पाडे बाको होटेल । पाडे बाको सबै परिवारको कति मिठो बोली | सुन्दरतामा देवता झुक्छन् | ऋषिमुनीहरु हारेका छन् सुन्दरीसँग | ग्राहक र होटल वालाको बीचको सम्बन्ध अत्यन्त सुमधुर र राम्रो मीठो थियो वहाँको व्यापार भरमर चलेको थियो | उनलाई हेर्न र एकपटक बोल्नेको लागि पनि मान्छेहरू गाडी रोकेर आउँथे | मेरो बाल नजरमा उनि स्वच्छ नारी थिइन् | खान पनि मीठो थियो |


    ति होटेलमा आउनेजानेले पनि मलाई ठाउँमा घाउलागेको रछ, काम हुन्छ कि हुँदैन, बच्चा हुन्छ कि हुँदैन, भनेर जिस्काइरहन्थे | त्यसैले मलाई छिटो घर जान मन थियो | अनेक भल्गर शब्द निकालेर अनेक भनेको सुन्दा सुन्दा दिक्क भैसकेको थिए । ति कुराले त्यो बेला जती चिन्ता थियो, त्यो भन्दा त अहिले पो चिन्ता लाग्छ । एउटा आप तेही पनि खान पाइएन, तर मेरो जिवनको पछिलो पुस्तानै अन्त हुने रहेछ | ठुलो घाटा / नोक्सान हुनलाई सानो कमजोरी नै काफी हुदोरहेछ । जतीनै माया गरेर गरेको कार्बाही भएपनि बोल्न नै नसक्ने गरी , उसका बिचार र भावानानै राख्न नसक्ने गरी गर्न हुँदैन रहेछ। कतिपय छरछिमेकीहरु, आफन्तहरु तिललाई पहाड बनाएर यस्ता सामाजिक कुराहरुलाई बिकृतिमा, चरित्रहत्यामा तल्लीन हुँदा रहेछन् भन्ने कुरा अहिले मात्र म बुझी राखेको छु | धन्यवाद, यस्तो अब्बल पाठ सिकाउने, मेरो अण्डकोष फुत्काउने आपको रुखलाई !


    २०७७/०१/१० गते को बिहान चिया पछि ७:०० बजे याद आयो, ती ४२ वर्ष पहिलेका दिनहरुको बारेमा ! जुनदिन मेरो अण्डकोष फुत्काउने आपको रुख, मेरो जीवनको निर्णायक रुपको रुख बन्नपुग्यो ! बूढीगण्डकी नदिमा धेरै जलहरु सयर भैसके, यिनै पैतालाले लाखौं माइल यात्राहरु तयार गरिसके, यहीक्रममा कति आन्दोलनमा लागियो, कतिसँग सँग लाप्पा खेलियो, कतिसँग पानी बाराबार भयो, कतिसँग अङ्कमाल गरियो, होला कतिसँग घनिष्ठता र सामिप्यता को परिभाषा परिभाषित भए होला, कतै अपरिभाषित, कतिसँग पिरति गासीयो, थरीथरीका अर्थ र अनर्थपूर्ण पिरती हरु, विवाह र छोरा छोरी भए, मेरो एउटा जीवन सफल भयो | मेरो अण्डकोष परीक्षण भयो | मेरो जीवनको लागि एउटा महत्वपूर्ण घटना भयो र एउटा महत्त्वपूर्ण हरफ भयो र यो एउटा गहकिलो आशा र सामान्य लेख भयो | यो हजुरहरूको लागि एउटा कोसेली, २०७७/०४/०३ गते शुक्रबारका दिन पो पूरा भयो |

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै