•            
    • Hikmat Dangol

    • २ श्रावण २०७७, शुक्रबार ०६:४१

    तातो खुदो र खुइलेको जिब्रो

    बाबुराम घिमिरे phd scholar

    वर्षौं वर्षदेखि त्यस ठाउँमा, कोल गाडीएको भएर कोलडाँडा भनिएको हो | एउटा तेल पेल्ने कोल निकै पुरानो पद्धतिको, अर्को चाहिँ अल्लि आधुनिक खालको उखु पेल्ने थियो | रातदिन नभनेर, त्यहाँ गाउलेहरु प्राय दुइ-तीन /दुइ-तीन जनाका ग्रुप जोडीहरु कोलको टागोमा समात्ने अनि उल्टो दिशा धकालने, उखु घान लगाउने १ जना, उखुको भारी खोलेर घान लगाउने स्थान सम्म मिलाउने १ जना,खुदो पकाउने १ जना,अनी पालो दिने आदी-आदी गरेर न्युनतम १० जना मान्छे हरु मिलेर उखु पेलिन्थ्यो । किनकी गाउ भरमा एउटा कोल हुन्छ पालोपालो गरेर भारो-पर्म मेला मिलाएर यो खुदो तयार हुन्छ । आफ्नो परिवारले मात्र सम्भब हुँदैन । गफ्गाफ र तातो खुदो खाने हरु पनि हुन्छन कोलमा । सिधै खुदो खाउ नभनिकन, जेठा आज तिम्रो पालो हो, कती बिटा छ उखु, कती सग्ला उखु, तिमी त सक्छौ के गर्ननी, कती खड्कुलो भो रस, बढी बाक्लो होलानी, पाक्न लाग्यो नि, यो बेच्ने हो कि घरै लाई आदी आदी बर्तालाप गारेर खुदो खाने भूमिका बादिन्छ । त्यस्ता पनि एक ग्रुप हुन्छन कोलडाँडाको कोलमा ।


    ठूलाठूला रुख जत्रा मुडा कान्लामा बनाको चुलोमा राखेर बालिन्छ र खुदो पकाइन्छ । ठूलाठूला फलामको डणममा पकाइन्छ र तामाको खड्कुलोमा सेलाईन्छ र माटोको गाग्रो वा ठूलाठूला घ्याम्पोमा हालेर राखिन्छ । कोलबाट घर सम्म चाही गाग्री मा हालेर लगिन्छ । अनी खाने बेच्ने गरिन्छ । रोटी, पुवा, कसार खट्टे, चाम्रे, लड्डु,अनरसा, बनाउनका लागी बिशेषत खुदोको प्रयोग गरिन्छ । खानामा मुछेर पनि खाइन्छ । दुधमा मिलाएर, चियामा, अनि सर्बत बनाएर खान पनि राम्रो हुन्छ । यो चिनिको प्रचलन भन्दा पहिले देखिनै थियो खुदोको प्रचलन । सक्खर बनाउन, भेलिका रुपमा, घर गाउमा, उच्चस्तरको काचो पातको तमाखु पकाउन पनि यो बिक्री हुन्थ्यो | बस्तुभाउलाई गर्मीको औषधिको रुपमा पनि यसको प्रयोग हुँदै आएको छ । भगवान लाई पनि उत्तिकै चोखो ।


    भुराहरुको बास उदाए देखी नअस्ताय सम्म कोल मै हुन्थे । म पनि त उहि खालको मात्र होईन अरु भन्दा बढीको परे । यस्ता उखुका ठून्का खानेहरु पनि १०-१५ जना भइरहन्छन् | एक एक ठून्का नदिए सम्म घर जाने चलन नै छैन | अनि अब चाही जाओ है भनेर पठाउने हो सबैले, हुन्छ भनेर जान्छन, सकिएसी फेरी आउछन । एबम रितले उखु पेल्न झण्डै झण्डै २ महिना लाग्थ्यो र मेरो पनि दैनिकी तेस्तै त्यस्तै हो बरु उखु पेल्न सहायोग गर्ने, नाता गोता लाउने, म त आकै छइन नि, कस्तो खान मन लाछ दिनुन भन्ने, साचै अब म आउदिन भन्ने, खान पर्ने भए कसम पनि खाने। तै-तै उखु नखाई नछाड्ने । अनी उखुमा दिक्क भएसी उतापट्टि-खुदोपट्टि मुसुक्क हास्ने, अनि आगोको छेउमा बस्ने। अघोसित धर्ना कस्ने, यसलाई रस्यौटो भनिन्छ । यो, त राजा भए के गर्थिस् भन्दा अघाउन्जेल चिनि खान्थी भन्ने बेलामा न पर्यो |


    कोलडांडे काकाले धेरै बेर पछी खुदो खान्छस भन्नु भो, कतिपय भने जिस्क्याउने र नदिने पनि गर्छन । खान्छु भने अनि कचौरा भरी दिनुभो, लौ खा कोही पनि छैन यही बेला । धेरै जना भाको बेला दिन सकिदैन के बाबै भन्नु भो । कहिलेकाही धेरै भुरालाई अन्तै जाउ भनेर, अनि म एक्लाई पारेर खान्थे । भुराहरु भागइदे बापतको पुरस्कार हो मलाई । एउटा ठेकेदार हुने लक्षण आइसकेको, म खुदो खाने नेता। नेता पनि स्तर स्तरका हुन्छन् | काकाले अलि धेरैनै दिनुभो, सोचेको भन्दा त्यसैले अली बढी हौसिएछु | जसरी राष्ट्रिय मामिलामा हाम्रा नेताहरु छिमेकमा वार्ता गर्न जाँदा हौसिन्छन् | स्वाट्ठ पारेको , जिब्रो पुरै खुइलियो, १ सात सम्म केहि खान भएन । उभिएर खाको, तातो मुखबाट झरेकोले खुटामा पनि पोल्न भ्यायो र फोका उठायो । महिनौ सम्म खुदो खाने योजना चक्नाचुर भयो । यता पोलेर घर बस्न भन्दानी अरुले खाइ भ्याए भन्ने लोभ र काका हरु साथीहरु संगै बसेर खुदो र उखु खानुको मज्जा भिन्दै | त्यो मजा र खुशी अब कहाँ भेटिएला र ? मेरो अन्तिम खुदो पिलाईथ्यो त्यो ! त्यसपछि क कहिल्यै त्यो अबसर आएन, मलाई । आज २०७७-० ४ -०२ गतेको याद्, त्यो बेलाको सायद २०३६ साल पुष माघ को को हुनुपर्छ, मलाई यो विलासी काठमाडौँ सहर भन्दा त्यही रमाईलो याद आइरहेछ | जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !


    आजसम्म आइपुग्दा म त्यो कोलडाँडामा पुग्न निकै कठिन भैसकेको छ । जुन मेरो दिनदिन चाहारी हिंड्ने ठाउँ थियो। मेरो रहरका दिनहरु थियो, कोलडाँडा। ति साथिभाइका यादहरु, बिस्तारै बिस्तारै धिम भैसकेको छ । मलाई खुदो खुवाउने अग्रजहरु पनि माथिको यात्रा तयार गरी सके रे ! त्यो गाउ र ठाउँमा, म मात्र नभएको पनि होईन! ति मान्छेहरु कोही पनि छैनन रे ! सबै शहरी बसाइमा बास गर्ने भएका छन । ति पुराना बोटबिरुवा, जडिबुटी र महत्वपूर्ण रूखहरू पनि छैनन । राम्रा बोटबिरुवा हरु फर्निचर बनेर कारखानामा सजिए, कुकाठ हरु इटाभट्टामा जले, बचेखुचेका भान्सामा, बले वायुमण्डलमा धुवा भइ मिसिए | सबै नगदमा परिणत भई पर्समा च्यापिए, होटेल र रेष्टुरेन्टको बिल बने । त्यती मात्र होईन बारिका ठूलाठूला कान्लाहरु पनि छैनन, डोजर लागे । कती जडिबुटी डोजरका चक्का भित्र पेलिए । अब म पुरानो गोरेटो हिंड्न नसक्ने मात्र होईन, हिंड्न पनि पाउदिन जंगल बाटो र बाटो जंगल भैसकेको छ । यही त हो परिवर्तन अनि अमेरिका जाने लाई यहाँ फर्किएनन्, नेपालमा केही गरेनन् भनेर किन गाली गर्नु ?किन आशा गर्नु?


    पुरै परिबेश बदलिएको छ । कुनै पनि मूल्य बहुमुल्य तिरेर पनि अब त्यो तातो खुदो म प्राप्त गर्न सक्दिन आज । मलाई आफ्नै टुंगोमा पुग्न गाह्रो भएको छ कि यो ठीक भैरहेछ कि बेठीक? यो बिकास हो कि बिनास? म मेरा भाबी पुस्ता लाई जबाफ दिन असक्षम छु । यसैमा कसैले अलिकता घोत्लिएर सोचोस्, मैले दिन नसकेका जबाफ पछिल्ला पुस्तालाई दिन ! यही अनुत्तरित प्रश्नका लागि कलम चलाउदैछु । यो केबल्,देश,बिदेश र सिङो बिस्वोको पछिल्ला पुस्ताका लागी, तातो खुदो र खुइलेको जिब्रो, समर्पण गर्न चाहन्छु ! सबै सबैको जय होस!!

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै