•            
    • TOKHA LIVE

    • २५ माघ २०७९, बुधबार २०:५८

    कांग्रेस संसदीय दलको बैठक स्थगित

    टोखालाइभ डट कम/नविना श्रेष्ठ

    माघ २५ ,२०७९

    संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो । कांग्रेस संसदीय दलका नेताको निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै