•            
    • Hikmat Dangol

    • १ श्रावण २०७७, बिहीबार ११:२१

    म भन्दा चलाख रहेछ बच्छिउ।

    २०३७ सालको बैशाख पहिलो हप्ताको शनिबार थियो, कक्षा ५ पास गरिसकेको अवस्था थियो | जुन बेला स्कुल लागी सकेको थिएन । मेरो जिम्मा गाइबाख्रा चराउने थियो, रोजाई पनि त्यही थियो | आफ्नै खरबारिमा,चिलाउनेको बोट मुनी सितल बस्दै थिए, आखा खोल्साको ठुलो कान्लोमा पर्‍यो ।आउँदै जादै गरेका सुनौला बच्छिउका तातिमा, सानै देखिको खुब रहर थियो मह खाने । बारुलोका गोला पोल्ने, उनिहरुले खेद्दा नभेट्ने गरी कुद्ने, अनि सबै माउ भागेपछि नानी निकालेर खाने, मोटाइन्छरे, तागत दिन्छरे, भनेको पनि सुनेको, कठ्यौरी अझै दामिरे । तर नचाखी यत्रो भैयो, अहिले नि दु:ख लाग्छ, अघिल्ला पुस्ताका फुर्तिमै चित्त बुझाइयो । अरिङ्गाल त्यो भन्दा ठुलो, कालो र रातो हुन्छ, कालो धेरै विषादी। ५ वटा रातोले टोकेको बराबर १ वटा कालोले टोकेको विष हुन्छ, अनि थप आक्रामक पनि । अरिङ्गाल चाही अघाउन्जेल खाइयो । यस्तो महत्वपूर्ण चिज हो अरिङ्गाल, जो प्रधानमन्त्रीको व्याख्या र भाषणमा स्थान पायो !


    अरिङ्गल भन्दा डबल ठुलो,कालो र पहेलो रातो रङ्गको,तेज गतिमा उड्ने, मह बनाउने, जमिनको दुलोमा बस्ने हो बच्छिउ | गोठालाहरुले यसको बयान गरेको सुनेर कहिले खाउला यसको मह भन्ने लागेको थियो मनमा । आफ्नो मन फेरी सोच्यो कि गरी हाल्यो, हो सानै देखी । प्रवेशमार्ग/प्वाल-मुख देखी अलि पर ठुलो चाका बनाएर पाथि-पाथी मह बनाउछ भन्ने गफाडि गफ सुनेकै भरमा आजै मह खानेटुंगो भो बच्छिउको । योजना, गोबरमाटोको डल्लोले मुख टाल्ने। बच्छिउ भित्रै बस्छ अनि अर्को पत्ती एउटा तिखो घोचोले प्वाल बनाउने, अनि माउ त्यतैबाट उडेर जान्छ । अनि मह बजाउने, अनि टन्न खाएर अरुलाई आफु पनि गफ दिने, त्यसको मज्जा छुट्टै छ गाई चराउँदा !
    योजना कार्यन्वयनको चरणमा अगाडि बढ्यो र बच्छिउको गेट-मुखमा गोबर माटोले टाल्न सुरु गरे । भित्र धेरै माउ रहेछ क्यार निकै ठुलो आवाज भुन्भुनायो । म कान थापेर सुन्दै अनि मुख बलियो संग टाल्दै गर्दा, मेरा ज्यानभरी बाहिर चरन गएका माउहरुले घेरिसकेको कुरा थाहै भएन । मात्र मह खाने धुन, अनि आफ्नै योजना । एउटा टाउकोमा बसेको बच्छिउलाई फट्कार्न मात्र के खोजेथे, गन्जी मात्र लाको नाङो पाखुरामा चिसो हुनेगरी विषादी सहित एउटाले खिल गाडी हाल्यो। सुरु भयो रुवाबासी । तेती बेला सम्म मह बोकी आउने बच्छिउहरुको सन्ख्या १०० मा पुगिसकेथ्यो होला |


    अरु परिवार कृषि र आ-आफ्नो पेसामा व्यस्त | हरेक दिन एउटा-एउटा योजना र कार्यन्वयन, ऐसेलु, थाकल, काफल, पानी-अमला, दही- कमला, अमला, अम्बा, केरा, आप, तिदु, डुम्राइ, अर्चल, कटुस, काफल, मयल,भलायो,अंगेरी, धगेरी, पुरेनी, चुलेत्रो, हर्रो, बर्रो, भुइँ -काफल, फडिर, टकराशि, गोल-काक्री, खनायो, क्यामुना, जामुन, पदेल, वर-पीपल, समीको गेडा, दैकमलो, भक्याम्लो, मैनी काडा, टाकी, कोइरालो, च्याउ, निगुरो, आदि ईत्यादी , खादैटिप्दै, पौडी खेल, रुख झर्ने-चड्ने, रुखका हान्ङामा पिङ खेलाई , ढुङ्गा बत्ताउने, गुलेलिको निसाना, चराका गुड झिक्ने, माछ मार्ने, पोखरी छेकेर धेरै पानी जम्मा गर्ने, पौडी खेली भ्याए पछि खोलेर हेर्नु को मज्जा, एउटाको खेतमा लाको पानी, अर्कोमा लाईदिने, गोरु जुधाएर हेर्ने, मौका मिले पोलेर खाने, कबड्डी, डण्डीबियो खेल्ने,अनेक रमाइला डायरि छन् गोठालो जाँदाका | यस्ता अनेकन कन्दमुल खाएको सुकेको ज्यानमा, लुकेको शक्ति हुन्छ, उत्साह त्यतिकै हुन्छ | यो विज्ञानसम्मत तरिकाले नै हुन्छ |


    तर अघिनै झ्यप्पै पारिगो बच्छिउले, टोक्ने बितिकै ज्वरो छुट्दो रहेछ | झन अर्को-अर्को नि थपिन थाले पछी सुरु भयो, मेरो १५००मिटर दौड। पछि मैले हाइस्कुल पर्दा खेरी दौडिए, बिरेन्द्र शिल्ड प्रतियोगितामा | अहिले लाग्छ त्यो बेला मेरो, पूर्वतयारी रहेछ | पहिला खर्बारि, अनि कान्ला हाम्फाल्दै, केराका गाज, अनि साल घारि, अरेलि डुम्राइका घारि घारि र खोला खोल्सा पार गर्दै, ज्यानको बाजी लाएर सिघै खोला-रहमा हाम्फाल्ने अग्रजका गफाडी अर्ती बमोजिम, च्यातिएका त्यान्द्रा म्यानरा लुगा सहित झण्डै ३-४ मिनेट रह भित्रै बसे ।अनी सास फेर्नका लागी उठ्दा त बच्छिउले तेती टाढा सम्म खेदिरहदो रहेछ । अनि फेरी थप एउटा बच्छिउले टोक्न सफल भयो, अब काण्ड पुग्यो |


    आज ५० बर्षमा मेरो हातमा त्यो दाग अहिले पनि बाकी नै छ । सम्झन्छु ति गाइ बाख्रा कहा पुगे, कस्का बाली खाए, बाबु आमाले त्यो बाली खाएबापत कतिका गालीखाए होला? मेरो आफ्नै बारिको कथा हो, तर यो बाटो र पाटो, अब त्यो बारी मेरो रहेन । त्यो बाटो र पाटो पत्तलगाउँन असम्भब नभएपनि, सम्भब छैन भने जस्तै हुन्छ मैलाई । कसरी यो सार्थक कथाले नि पुरै ७ दिन सम्म निस्लोट, ज्वरो सहित सुतायो, पछी थाहाभो अरु बच्छिउले बजाइ सकेछन् |


    मेरो रहर र भावी पुस्तालाई त्यो ठाउँमा, पुर्याउने, घुमाउने देखाउने छ | म मेर छोरा छोरी लाई कसरी त्यहाँ पुर्याएर बिस्वास दिलाउन सक्छु र मेरा कथाहरुको? अनि सारा नेपाली छोरा छोरी लाई? म भन्दा धेरै बाठो बच्छिउ, त्यस्तै भिर मौरिका कुरा, भने खागको कुरा त धेरै परको कुरा! कसरी चिनाउ म ति प्रकृति, ति भिर पहरामा घास काट्ने प्रयोजन । अहिलेको आधुनिक अभ्यास भन्दा प्राकृतिक व्यवहारिक वास्तविक अभ्यासमा कुनै कमी थिएन | जस्तै रक क्लाईम्बिङ्, बन्जी जंप, रुखमा हाम्फालेर गरेकोअभ्यास। बिहान १० मुठाका बेलुका १०मुठाका भारी नियमित बिसाउने गरेको। हलो काधमा, अनी किन चहिन्थ्यो र जिम-खाना!, नदिनै तरियो भने किन चहियो स्विम्मिङ पुल। भैसिका ढाडमा चढेर चराउँदै हिँडेपछि किन चाहियो हर्स राइडिङ। यो बास्तबिक कथा हो । मलाई लाग्छ, यो पनि एउटा त्यस्तै अभ्यास रहेछ मेरो जिबनमा | धन्य, म भन्दा चलाख रहेछ बच्छिउ।


    अन्तमा अंग्रेज सङ्गको लडाइँमा सर्प, बिच्छी, अरिङ्गाल, कठ्यौरी, बारुला, कमिला, कालो कमिला, व्यागे, जुकाले अंग्रेजहरुलाई टोक्नु संगै प्रमाण थिए, युद्ध हराएका | अनेक किसिमका चराहरूले नचिनेकालाई भिन्न किसीमका आवाजका सूचना निकालेर, सहयोग भयो हाम्रा सेनालाई | विदेशीहरु आउँदा फरक खालका गतिविधि, संकेतहरु गरेर, सहयोग गरेका छन् | बाँदरले झम्टिएर अत्याएका छन्! पुच्छरमा ढुंगा-ढुंगा बेरेर उनीहरुलाई हानी राष्ट्रप्रेमी, नेपालीपन र नेपाली माया देखाएका छन् | यो पनि कथा होइन, तोप,गोला र बारुद लाई हराउन सक्ने शक्तिहरूको प्रकृति, यो नेपालीहरूको सम्पत्ति हो | प्राकृतिक जडिबुटी, खोल्साखोल्सी, भावनाहरु नेपालीका मन-मन जोडिएका छन् | एउटा काउसो घाँस बिदेशीको शरीरमा मात्र हो भने एलर्जी भएरै मर्छ | तर हाम्रा छालासँग परिचित छन् | यो भूमिकाहरु नेपालको परिचय हो, जो लिम्पियाधुरा, कालापानी र लिपुलेकमा, आवश्यक छ | महामहिम प्रधानमन्त्रीज्यू, देश जोगाउन आवश्यक छन् अरिङ्गाल हरूको, तर नेतृत्व भने बच्छिउहरुको, किनकी हामी भन्दा धेरै बाठा छन बच्छिउहरु |

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै