•            
    • Hikmat Dangol

    • ३१ असार २०७७, बुधबार १९:३७

    सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबारका तोकिएको मूल्य अहिलेसम्मकै उच्च

    टोखा लाइभ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    बुधबारका लागि तोकिएको मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ।

    मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो। यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार ३ सय ६० पुगेको छ । मंगलबार तोलाको ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य तोलाको १ हजार ५ रुपैयाँ तोकिएको छ। मंगलबार तोलाको ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै