•            
    • Hikmat Dangol

    • ३१ असार २०७७, बुधबार ०९:००

    म ल्याङगर्नेवाला छैन !

    • बाबुराम घिमिरे phd scholar

    २०३८ साल आषाढ महिनाको अन्त्य वा श्रावण महिनाको पहिलो हप्ता, गोरखा जिल्ला तत्कालीन दर्बुङ गाविस वडा नम्बर ५, उहि बिरौटा बारि त्यतिबेला, म ११ बर्ष लागेको रहेछु | चारैतिर जंगलै जंगलले घेरिएको बीचको अनुमान २० रोपानीमा मकै खेती लगाएको थियो । तर परसम्म देख्न सक्ने हाम्रा जस्तै थुप्रै बारिहरुमा मकै खेती थिए । कतैकतै मात्र घैया धान थियो । मकै दुधिलो चढेर च्याँख्ला पस्ने बेला भएको थियो । सधैं घरका मुल मान्छेहरु नै मकै कुर्न बस्थे, तर त्यो दिन सायद खेतको रोपाइ परेकोले होला, म बस्नु पर्ने भयो | मलाई त्यो ठुलो ठुलो कान्लै कान्लाको बारि घुम्न मात्रै पनि १ घण्टा भन्दा बढी लाग्दथ्यो | हरिया घासका बुटाहरु, रुख, बाबियोका गाजहरु, अम्बा, निबुवा, केरा को घारि, को १०० औ बोट, वरिपरि अर्को १० रोपनि खरबारि, अरु अर्कै १० रोपनी सालघारि, दुवै पट्टि खोला सुसाएको आवाज र खोलाको किनारा किनारामा र सगै गाइ हिंड्ने खोला छेउको गोरेटो बाटो, बिचमा म बादरको ड्युटी गर्ने। यही हो बिरौटा बारीको प्रकृती । यी उल्लेखित जमिन आफूले चर्चेको, हुन् भने त्यो बाहेक झण्डै चार कोसे झाडी प्रकारका ठूलो जंगलले मकैबारी लाई चारैतिरबाट ढाकिएको छ| त्यही जङलमा बस्छन बादरहरुको हुल।अनी मकै खान सहयोगी पात्रहरु,काग,सुगा,अन्य चराहरु, दुम्सि,स्याल,आदी आदी । मुख्य त बादरहरु, ढेडुहरु ति सबैको उद्देश्य मकै खाने र मेरो उद्देश्य मकै जोगाउने । नसके भरे लाठै लाठाले थपड खाइन्छ भन्ने डर छ | भने अर्को तिर परिवारको पेट पाल्ने मकैबारी हो भन्ने कुरो पनि म बुझ्न सक्ने पनि भैसेको अवस्था छ। मैले बुझेको त्यो बेलाको बुझाइ यहि हो ।
    त्यो बारिको सिरानको पाटोमा अग्लो स्थानमा ९ खाबे गोठ (खोल्मा) छ | त्यही बस्न, खान, मिल्ने, भैसि,बाध्न मिल्नेगरी बनेको छ | दिउसो मात्र होईन रातमा पनि बेलुका बाघ,स्याल् र दुम्सिबाट जोगाएर, मकै भित्र्याउन र प्राणीलाई जोगाउनु पर्नेछ| यो खालको लडाइ, बाँच्नका लागि लडाइँ, बाँच्न लागि संघर्ष, यहाँ डार्बिनको नियम लागु भए जस्तो देखिन्छ | तर रातमा भने घरका ठुलो मान्छेले निगरानी गर्छन भने दिनभर को जिम्मेवारी पुरा गर्नु पर्ने छ । ५० भारी मकै, २० धोक्रा धान्, भित्याउने,भैसिको दूध, घिउ,अन्य परिकार बेचेर नगदमा परीणत गरी नुन, तेल, जिरा, मसला, पढाइ-लेखाइ, लत्ता कपडाको ब्यबस्था आदी सङ जोदिएको छ मेरो ड्युटी ।


    त्यो खोल्मा बाट टाढा टाढाका रुख सम्म डोरीको लठ्ठाहरु बाधेर १०औ लठ्ठा चारैतिर बारिलाई ढाक्नेगरी/छेक्नेगरी तोरण जस्तै टागेको छ र बिचबिचमा २०औ थोत्रा टीनको कन्टेनरहरु सँग रालो बनाइ काठका लौरो झुण्ड्याइएको छ | र खोल्मामा बसेर एउटा मूलडोरी हल्लाउँदा, पुरै बारी भरी टीन टीन हल्लिएर आवाज दिन्छ र कागहरु,र बादरहरु ,भाग्छन अर्थात मान्छे छ भन्ने सन्केतले उनिहरु आउँदैनन्, त्यसैले मैले त्यसै गरिरहे ।जुन प्रविधि मेरा बाबाले महिनौं लगाएर तयार गर्नु गर्नुभएको थियो | अहिले त प्रदेश सरकारहरूले बजेट छुट्याएको छ | स्थानीय सरकारले बजेट छुट्याएको छ | बादर भगाउने अभियान भनेर बन्दुकहरु तयार गरेको छ | मेरा पुर्खाले तेती धेरै अंकल र मेहनेत लगाएर महिनौंसम्म नसुती-नसुती तयार गरेको प्रविधि, अहिले आएर कल्पना गर्दा अकल्पनीय जस्तो लाग्छ जुन कुरा वास्तविक थियो | यहि हो हाम्रो साइकोलोजी र वातावरण, चेतना भया नयाँ पुस्तालाई अरु केही भन्नु छैन |


    डोरी हल्लाउदा हल्लाउदै म निदाएछु । चारै तिर तातेको वातावरण, चर्को घाम, थाकिसकेको,अवस्था। त्यही बेला बारबिसेको हुल छिरेछ ।(१२ं२०=२४०) र मकै भुसुक्कै बनाउदै रहेछ । बिउझिए पछि, निराशा र आक्रोश बोकेर हाम्फाले, तर बादर भाग्दै भागेन, शुरुमा छिर्नु भन्दा पहिलानै ढुङ्गा ढुङ्गामुडा गर्नसके मात्र भाग्दो रहेछ । अल्छी पनि कस्तो चिज रहेछ जम्मा ५ मिनेट निदाउदाको परीणाम पुरै मकै बारी क्षति भयो ।आफुले आफैलाई नियन्त्रन गर्नु भन्दा ठुलो सफलता केहि पनि होईनरहेछ । धेरैले भन्छन काम गरेको गरेइ छु, तर कहिले नि सफल भैन । काम गर्नु भन्दा पनि, सही काम सही समयमा, सही तरिकाले गरे मात्र सफलता मिल्छ | त्यसै दुख गरेर मात्र केहि हुँदैन । जसरी मैले बाँदर धपाउन सकिन | टाढै बाट मान्छेलाई देखेको भए, हत्तपत्त बाँदर पनि छिर्दैन, आ-आफ्नो नैतिकता हुँदो रहेछ हरेक प्राणीमा | घरमा पालेको कुकुर अरुबेला जति चलाएपनि केही गर्दैन, तर मासु दिएकोबेला चलाए मालिकलाई पनि टोक्छ | घरमा पालेको बहर गोरु गाईसँग लागेको बेला हान्छ, अरु बेला केही गर्दैन | उज्यालो देखियो भने चोर पनि घरभित्र छिर्दैन, चोरी सकेपछि मान्छे, देख्यो भने भने छुरा हानेर मारिदिन्छ | भिमकाय हात्तीको ढाडमा चढाई माउतेलाई मानेर जता भन्यो त्यस्तै हिँड्छ तर रिसाय भने एउटा बस्ती नै सिद्धिन्छ | परगमन सम्बन्ध राख्ने बेजोडीले अन्तिम र रंगिएको अवस्थामा आफ्नै जोडी को हत्या गर्छ | समयभन्दा बाहिर समयले समय चिन्दैन |
    यहाँ बाँदरको पेट पाल्ने बिबसता र मेरो मकै जोगाउने आ-आफ्नै बिबस्तामा मैले सफल हुन सकिन | सुरुमै भाको भए म सफल हुन्थे । त्यतिमात्र होईन मैले जबर्जस्ती बाँदरलाई निकाल्न खोज्दा नाइके बादरले कोपारेर, झापड हान्यो, कपडा देखी सबै च्यातिदियो । म रुनकराउन लागे । अरु बाँदरले खेद्न लागे, मेरो भागेर ज्यान जोगाउने मात्र बिकल्प बाकी रहयो । केही किलोमिटर पर रहेका छिमेकी कुरुवा मान्छेहरुले कराएर मलाई सहयोग नगरेका पनि होइनन् | तर टेरेन बाँदरले।


    त्यो बर्षभरीको तेत्रो मेहनत र योजना सबै स्वाहा भयो । स्थिती पेट पाल्नुको थियो । बर्षभरी अनिकाल लाग्ने नै भयो । अरु कमै बिकल्पहरु थिए होला। जेसुकै होस्, तेत्रो लगानिमा अलि जिम्मेवार व्यक्ति बस्नु पर्थ्यो ।आखिरी कमाइलाई, अन्तिम निर्णयलाई, कती बेला कुन कामलाई प्राथमिकता दिने भन्ने याद गर्नु पर्छ नै ! योजना सफल भएमात्र नतिजा राम्रो र धनात्मक हुन्छ । मैले आज मिती २०७७-०३ -३० गते मेरो पढ्ने कोठामा बसेर मैले यि अतित सम्झी रहदा, मेरा जस्ता देश भरका छोराछोरिलाई, यो कोरेको मन नपरेको पनि हुनसक्छ | हुनसक्छ अरु बाकी परिवार छरछिमेकीको, सिंगो समाजको मानसिकता विचार गर्दा खेरी, भोजभतेरका कुरा गर्नु, गरगहनाका कुरा गर्नु, धन सम्बन्धीका कुरा गर्नु, नयाआधुनिक कुरा गर्नु, का बाँदर लड्ने कुरा गरेर बसेको, समग्रमा सिंगो परिवेशमा सकारात्मक सोच र उत्साह देख्दिन | किनकी सबैलाई आ आफ्नै काम, समय र परिबेशको छुट्टाछुट्टै महत्व छ भनेर मैले बुझ्नु पर्ने हुन्छ | त्यसैले त, समयभन्दा बाहिर समयले समय चिन्दैन !


    मैले काल्पनिक कथा कोरेर, निधार खुम्च्याउनु भन्दापनि, यथार्थतालाई बाहिर ल्याउनु उपलब्धि ठानेको छु ! जसले समाजको इतिहास सिकोस अहिलेको पुस्ता, नभए पछिल्लो पुस्ताले भएपनि | समुद्रमा जतिसुकै पानी भएपनि मेरो लोटामा जति अट्छ त्यति नै म यहाँहरूलाई मेरो अनुभवको भण्डार वाड्न सक्छु | जुन मेरो ज्ञानको स्रोत हो | प्रिय नयाँपुस्ता, यहाँहरूको अपेक्षा यस्तै रहोस मसँग, पछिल्लो पुस्तासँग रअघिल्लो पुस्तासँग पनि ! किनकि यहाँहरु पनि मेरो पुस्तामा छिट्टै आइपुग्नु हुनेछ, जसरी म भर्खर आइपुगेको छु ! मैले नासामा सानैदेखि काम गरेको भए, विज्ञान प्रविधीका आविष्कारका कुरा लेखी हाल्थिनि ! मैले जेजे देखी त्यही त्यही लेखे ! आदरणीय देशका कर्णधारहरु भोलि अाउने पुस्ताहरु ! छोराछोरी जनहरू तपाईहरु के देख्दै हुनुहुन्छ ? यो विश्वकालागि के-के लेख्दै हुनुहुन्छ ? विश्व बिज्ञान प्रबिधी का कुरा कति आउँछ ? बाँदर लखटेर आएर, Mphil पढ्दा ल्यापटप देखियो पहिलोचोटि, त्यैपनि बिग्रिन्छ कि भनी डराई डराई छाम्दै छाम्दै चलाएर, नेपाली टाइप गरेर यो लेख लेख्ने दुस्साहस गर्दैछु | मेरा बाबाले धुले पार्टीमा लेख्नुभो ! भने तिमी आइप्याडमा लेख्दैछौं ! यि सामग्रीहरु बाट तिमीले के सीकीरहेका छौं ? यो बाट कस्तो गुणात्मक फड्को मार्न सकिने हो ? तिमी बाट पुरानो पुस्ताले अत्ति धेरै आशा गरेको छ | के यो प्रविधि पुराना पुस्तालाई सिकाउन चाहन्छौं तिमी? तिमीलाई सिकाउन रमाइलो लाग्छ कि लाग्दैन | कि उहाँहरूले ल्याङ गरेको तिमीलाई मनपर्दैन ! आजित भएर भन्छन् थुप्रै अभिभावकहरु, अब योभन्दा बढी म ल्याङगर्नेवाला छैन !


    मनोविज्ञान र पुस्तान्तर को बारेमा हामीले /मैले-उनीहरुले नबुझेको, उनीहरुले भनेको हामीले नबुझेको अबस्था छ | कसरी बुझाउने? आफैले बुझेको कुरा सम्प्रेषण कसरी गर्ने? के हो हाम्रो दर्शन? यो नैतिकता, आदर्श, मूल्य, मान्यता आबश्यक छ ? की, कामै छैन | नयाँ पुस्ताको लागि आवश्यक छ कि छैन ? आवश्यक छ भने कुरा कसरी उनीहरूको मानसपटल भित्र प्रस्ट्याउन सकिन्छ | एउटा शिक्षित बुद्धिजीवी हुनुको नाताले, केही नगरी मर्नु उचित लागेन | यसको समाधान, कुनै पनि मानवको मानवीय कर्तव्य हुनेछ | सोहीअनुसार नेपाली ग्रामिण परिवेशमा पिता पुर्खाले कस्तो प्रकारको दुख कष्टहरु गरेर, आजसम्म नयाँ पुस्तालाई यहाँसम्म ल्याइपुर्याउन सफल भए, त्यसको मूल्यांकन कसरी गर्ने? कसरी उच्च सम्मान गर्ने ? कसरी अनुसरण गर्ने ? तिनीहरू विगतदेखि येस्तै ल्याङ-ल्याङ गर्दै आएका हुन् | र यो समाज, यो धरातल क्रममा यहाँसम्म, प्रिय नयाँ पुस्ता सम्म आइपुगेको हो | पुनः सोच्नुहोस्, के तिनीहरुले केही प्रविधिको प्रयोग पनि गरेका थिए ? कि उनीहरु जंगली मान्छे हुन् ? कि उनीहरुमा आउनेहरूसँग वैज्ञानिक पन थियो कि ? अघिल्लो पुस्ता र अहिलेको पुस्ता पनि, पछिल्लो पुस्ता लाइ जोड्ने आधार के छ ? यसबाट हामी भविष्यको कुनै बृहद योजना बनाउन सक्छौं कि? पछिल्लो पुस्ताको बिज्ञान-प्रबिधिमा पूर्वीय मूल्य मान्यताहरु, हाम्रो पुरानो प्रविधिहरू, औषधि जडिबुटीहरु, खानी खनिजहरु, यहाँ पितापुर्खा हरुका पसिनाका मूल्य मान्यताहरुलाई विश्वव्यापीकरण गर्नु आवश्यक छ भन्ने मेरो बुझाइमा ल्याङ-ल्याङ नगर्न नयाँ पुस्तालाई हार्दिक अनुरोध छ !
    मैले पनि त्योबेला पब्जी र भिडियो गेम खेल्न जानेको भए, मेरो बाले पनि मलाई घरको चौथो माथिल्लो तलामा बेड बनाइदिएर, ल्यापटप र आइफोन किनि दिएको भए, निजी स्कुल भर्ना हालेर, चिया नास्ता पनि शिरानी नजिकैको टेबलमा राखिदिएर, पटक-पटक उठ उठ राजा भनेर बोलाउने गरेको भए, हात समातेर गाडीमा चढाई दिएर, हातै समातेर गाडीबाट झारेर, मोजा खोलिदिएर, कटु र गञ्जी सहित धोईदिएर, ब्याचलर सम्म, पढ्नपाएको भए, मेरा पनि अनुहार सुकिला हुन्थ्यो होला ! मेरा पनि हातपाखुरा यत्रा यत्रा मोटा हुन्थ्यो होला ! निजी सवारी साधन सड्गै म पनि यता उता भुल्थे होला ! म पनि बिहान नौ बजेसम्म होला राति 12 बजेसम्म खेल्थि होला | यता हान उता हान भन्थे होला | स्कूल-कलेज पैसा निकालेर खाजा खान्थ्यो होला | तर आफूले त पहिलोपटक पोलिस्टरको पाइन्ट लगाएको SLC दिँदा, पहिलोचोटि गाडी चढेको, जागिर खाएर ठूलो भएपछि samsung सिंवाला मोबाइल किनेको ! आजसम्म पनि बुद्धि हिलो मैलो, ढुंगा माटो, गाईबस्तु चराएको, पौडेर नदी तरेको, भिरमा घाँस काटेको, रुख चढेको, रुख काटेको, गाह्रो लगाएको, आरो लगाएको, दौडेर बाँदर लखेटेको सपना देख्दै छु ! दिनमा पनि त्यही लेख्दैछु हाम्रो देशको, दुर्गमका बस्तीहरूको तात्कालीन कथा मात्र होइन वर्तमान कथा पनि होईन हो यो | यो कुनै बनावटी कथा नभई, वास्तविक कथा हो | कुनै दिन दन्त्यकथा भने अवश्य बन्नेछ | मेरो चाहना छ कि, कथा पढेर ,क्या साइको यार कसैले नभस् ! कोही कसैसँग ठ्याक्कै मिल्न गएमा दुख पनि नमानोस् ! यस्तै यस्तै थुप्रै छन् कथाहरू, अनि कति कति उपकथा हरू! जेहोस,अब योभन्दा बढी म ल्याङगर्नेवाला छैन ! | जिबनमा कहिले कसैलाई ल्याङ-ल्याङ गर्ने फुर्सदै भएन ! अन्तमा हरेक समस्या, सिर्जनाको उत्खनन गर्ने प्रेरणा बनोस नयाँ पुस्तालाई शुभकामना !

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै