टाेखालाइभ डट कम/ माघ १०,२०७९
करन राईले नेपाली सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ४ जितेका छन् । यस्तै सविना योङहाङ फस्ट रनरअप बनेकी छिन् । शुक्रवार सम्पन्न प्रतियोगिताको फाइनल राउण्डमा प्रतिस्पर्धी सविना योङहाङलाई पछि पार्दै करनले भ्वाइस अफ नेपालको उपाधि जितेका हुन् । भ्वाइस अफ नेपाल जित्ने उनी दोस्रो भुटानी नेपाली हुन् । उनको जन्म झापामा अवस्थित भुटानी शरणार्थी क्याम्पमा भएको थियो । उनी भुटानी शरणार्थी पुनस्थापना अन्तर्गत सन् २०१३ मा अमेरिका गएका थिए । हाल उनी अमेरिकी नागरिक बनेका छन् । करनले कोच राजु लामाको तर्फबाट उपाधि जितेका हुन् ।