•            
    • TOKHA LIVE

    • १० माघ २०७९, मंगलवार २०:१५

    टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न

    टाेखालाइभ डट कम/ माघ १०,२०७९

    टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टी–२० क्रिकेट प्रक्रियागितामा स्पट फिक्सिङका लागि १० लाख सम्मको प्रलोभन दिइएको खुलेको छ । Tata NMB ब्युरोले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा फिक्सिङका लागि ५ खेलाडीलाई प्रस्ताव आएको र जसमध्ये दुई जनाको संलग्नता देखिएको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको छ । एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

    उनका अनुसार एक खेलमा स्पट फिक्सिङ गर्दा प्रतिखेलाडी ६ देखि १० लाखसम्म प्रलोभन दिइएको थियो । Nabil bank प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । सोमबार आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट पक्राउ परेका थिए ।

    विदेशीमा व्यवस्थापकीय भूमिकामा रहेका चार, एक खेलाडी तथा अन्य एक व्यक्ति छन् । सिआइवीका अनुसार ती मध्ये दुई जनालाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्यको खोजी जारी छ । पक्राउ परेकामा सप्तरीको राजविराजका पूर्व क्रिकेट खेलाडी महबुल आलम र बाराको सिम्रौनगढका क्रिकेट खेलाडी मोहमद आदिल आलम छन् । आदिललाई सप्तरीबाट र महबुबलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता भएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा भारतको सेभेन थ्री स्पोर्टस् प्रालिको रणनीतिक तथा व्यवसायीक साझेदारीमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । मुख्यतः लिगको प्रतिस्पर्धामा आउने परिणामलाई प्रतिकूल हुने गरी बाजी जिताउने वा हराउने उद्देश्यले खेलको मिलेमतो गरेको पाइएकाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुरमा सिआइवीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैलाई पाँच दिनको म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको सिआइवीले जनाएको छ ।

     

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै