•            
    • TOKHA LIVE

    • १० माघ २०७९, मंगलवार १९:२५

    भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

    टाेखालाइभ डट कम/ माघ १०,२०७९

    नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो । आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै