•            
    • Hikmat Dangol

    • २९ असार २०७७, सोमबार २०:४९

    अमेरिकी राष्ट्रपति बन्ने दौडमा पेरिस हिल्टन पनि थपिइन्

    वासिंटन पोस्ट । यस वर्षको नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा राष्ट्रपति ट्रम्पलाई चुनौती दिन चाहनेहरुको सूचीमा पेरिस हिल्टनको नाम पनि थपिएको छ । पेरिसले सामाजिक संजालमार्फत आफू पनि राष्ट्रपति निर्वाचनको दौडमा सहभागी हुने बताएकी छिन् । प्रचारको लागि उनले अमेरिकालाई फेरि हट बनाउँ भन्ने नारा ल्याएकी छिन् ।

    पेरिसले सामाजिक संजालमा आफ्नो तस्वीरसहितको पोस्टर सार्वजनिक गरेकी छिन् । पोस्टरमा पेरिस फर प्रेसिडेन्ट लेखिएको छ । यअघि गायक कान्ये वेस्टले पनि आफू राष्ट्रपतिको चुनाव लड्ने बताएका थिए । किम कार्दाशियनका पतिसमेत रहेका कान्येले पनि सामाजिक संजालमार्फत नै आफू राष्ट्रपतिको दौडमा रहेको बताएका थिए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै