•            
    • Hikmat Dangol

    • २९ असार २०७७, सोमबार १४:०९

    मानिस सोचाईले बूढो हुन्छ- महेश्वर के.सी वडा अध्यक्ष -६

    • हिक्मत डंगोल

    टोखा लाइभ ।टोखा नगरपालिकाका ११ वटा वडामध्ये ६ नं वडाले संभवत: नेपालकै सन्दर्भमा रेकर्ड कायम गरेको छ।त्यहॉको वडा अध्यक्ष महेश्वर के.सी नेपालकै सबै भन्दा जेठो अर्थात् ७४ वर्षको व्यक्तिले अकन्टक नेतृत्व गरिरहेको छ। लगातार एउटै व्यक्तिलाई वडा अध्यक्षमा चुनेर पठाई रहेका छन्। २०४७ सालको प्रजातन्त्र पछि नेपाली कॉंग्रेस उम्मेदवारको रूपमा धेरै वर्ष सम्म चुनाव लडेर एउटै पदमा लगातार जितिरहने उम्मेदवार महेश्वर के. सी बाहेक नेपाल अधिराज्यमै सायद अर्को छैन।तर अनुहार हेर्दा वयोवृद्ध देखिए पनि नाम सुन्दा चिर-परिचित अनुभव हुँदैन। बाहिरकाले नचिनेर के भो, उनी आफ्नो वडामा अभिभावक जतिकै श्रद्धेय छन् अनि बालक देखि वृद्धसम्म परिचित पनि।उनको जीवनी उतार्ने क्रममा गएको हप्ता मैले वहॉकै कार्यालयमा भेटघाट गरेको थिएँ। वहॉको कपाल फुलेको छ। अनुहार चाउरिएको छ।वहॉ अग्लो पनि हुनुहुन्छ भन्ने अलि फुर्तिलो पनि हुनुहुन्छ।वहॉ जन्मेदेखि नै त्यहॉ बस्नु भएको छ। ऊ इमान्दार, मद्तकारी र कडा परिश्रमी छ। उनको अनुभवले वडामा वडावासीहरूलाई फाइदा दिन्छ, तर उसले उनीहरूबाट फाइदा उठाउँदैनन्। महेश्वर के. सी एउटा चाखलाग्दो मानिस हो। ऊसंग आफुले देखेको र भोगेको चीजहरू बारेमा भन्ने धेरै कथाहरू छन्। कुराकानी गर्ने सिलिसिलामा वहॉले भन्नुभयो-

    मेरो जन्म काठमाडौंको धापासीमा वि. सं २००४ साल असार ७ गते एक मध्यमवर्गीय परिवारमा भएको हो । बुबा कामको सिलसिलामा भारतमा बस्नुहुन्थ्यो।२/३ वर्षको अन्तरालमा घर आउनु हुन्थ्यो।हजुर आमालाई स्याहार सुसार गर्न बसेको म। गाउँले जीवन त्यसताका धापासीमा केही घरहरू मात्र थिए। ती मध्ये प्रायः कॉचो ईट्टाले बनेका थिए। गल्लीहरू निकै साँगुरा थिए। एउटा मात्र सडक भएकोले यो शान्तिपूर्ण थियो।केही साइकल बाहेक अरू सवारी साधन थिएनन्। बस्नको लागि आनन्ददायक ठाउँ भएपनि हामीलाई कुनै आधुनिक सुविधाहरू थिएन । बच्चाहरूको लागि एउटा विधालय थियो।त्यही स्कुले जीवनमा पढ्दा पढ्दै सामाजिक क्षेत्रमा अभिरुचि बढेको थियो।फुर्सदमा कुटो कोदाली लिएर खेट खन्न जान्थे।गाउँले जीवन खेतीपाती अनि १० रूपियॉ पनि झिक्न गाहों हुन्थ्यो। त्यती शिक्षा हासिल गर्न सकेनन्।म पछि तीन जना बहिनीहरू हुनुहुन्थ्यो। उनीहरूलाई हुर्काउन बढाउनु पर्यो।हाम्रो आय आर्जन भनेको नै त्यही खेती हो।धापासीको मुख्यसडकमै गुच्चा र डन्डीबियो खेलेको अहिले पनि झलझली आँखामा आउँछ ।

    वि.सं २०३४ सालमा गाउँ फर्क चुनाव भयो। अहिले जस्तो ५ जना वडा सदस्यहरू हुन्थ्यो।त्यतिखेर महिला उम्मेदवार हुनथ्यो।म एक पटक उप्रधानपंच पनि भएको थिएँ। अहिलेको नगर प्रमुख प्रकाश अधिकारीको दाजु कृष्ण बहादुर अधिकारी धापासीबाट प्रधानपंच हुनुहुन्थ्यो।धापासी र गंगबुँ मिलेर बसुन्धरा गाउँ पन्चायत भएको थियो।मैले पनि उप्रधानपंचमा उम्मेदवार दिंदा १ भोटले हारेको थियो।सोही वर्ष खानेपानी विभागमा सुपर भाइजर पदमा जागिर खुल्यो ।त्यही साल मैले जागिरे जीवनको शुरूवात गरे।१४/१५ वर्ष जति दुर्गम ठाउँमा गएर सर्भिएर जागिर खाएँ । पंचायत कालमा गोपाल कृष्ण आले र प्रल्हाद के. सी लाई सदस्य बनाउन सहयोग गरेको थिएँ।चुनाव जित्न यी दुईले धेरै पैसा गुमाएको थियो। राजनीतिमा सबै मित्रलाई सहयोग गर्दे जॉदा निर्वाचित अध्यक्ष मात्र हैन कि पार्टी इकाईको सभासद पनि बने ।उत्तरी भेगमा हामी पहिला देखि नै कॉंग्रेसमा झुकाव थियो। हाम्रो भीमसेन खत्रीको बुबा पशुपति के. सी थियो।२०४७ सालमा प्रजातंत्र आएपछि हामी कॉंग्रेसको सदस्य भयौं।अनि वडामा सभापति भयौं।चुनावमा उम्मेदवार दिंदा पनि जित्न सफल भयौं।

    “वडा अध्यक्षमा लड्दा मैले कम्युनिस्ट पार्टीकी प्रतिद्वंद्वी भगवती गौतमलाई पनि १८३ भोटले जितेकी हुँ।यस वडा नं – ६ मा १८३८ मत खसेकोमा राप्रपा र माओवादीको तर्फबाट पनि २६०/७० भोट मलाई आएको थियो।मलाई ८०९ भोट र भगवती गौतमलाई ६२५ मत प्राप्त भएको थियो।तर वास्तवमा कम्युनिस्टहरूको तर्फबाट पनि २१० भोट प्राप्त भएको छ।१६० भोट एमालेको र ५० भोट माओवादीको”।महेश्वर भन्छन ।

    “मलाई राजनीति गर्नु भनेको समाजको सुधार गर्नु हो।गरेको छु।मन नपरेको कुरालाई लत्याएको छु। मेरो ४० वर्ष राजनीतिक कालमा सबैलाई भलो गरे । कसैको चित्त दुखाएनन ।त्यसो त संसारमा अजात शत्रु कोही पनि हुँदैन ।वडामा रामराज्य नै बसाले भनियो भने त्यो अतिसयोत्तिपूर्ण हुनेछ। एउटालाई राम्रो गर्न खोज्दा त्यही कुराले अर्कोलाई नराम्रो असर पारेको हुनसक्छ”।आफ्नो जीवनको अनुभव सुनाऊँदै महेश्वर भन्छन ।

    “चुनावको समयमा साथीहरूले आफुलाई विपक्षीलाई गाली गर्न र आरोपहरू लगाउन उक्साएका भए पनि महेश्वरलाई उपयुक्त हुने गाली नपाएको उनको अनुभव छ।
    वडाको मुख्य समस्याहरू खानेपानी, सडक तथा ढलका विषयमा सम्बन्धित निकायहरूमा डेलिगेसन जॉदा म सहभागी भएकै हुन्छ ।वडामा सीमित बजेट भए पनि त्यो पारदर्शी हुनुपर्ने र सही सदुपयोग गरिनु पर्नेमा मेरो सिद्धांत छ।वडामा बैठक डाकेर वडाको विकासबारेमा छलफल गर्ने र हिसाब किताब पारदर्शी बनाउने काम मैले गरेको छु”। महेश्वर भन्छन ।

    “म वडा अध्यक्षमा चुनिनुको कारण मैले यस्तै गरी समाजमा धेरै राम्रो काम गरेको छु। वडामा मेरो धेरै नै खॉचो छ। ईश्वर पोखरेल पनि यहॉ बस्न आउनु भएको ३ वर्ष भयो।वहॉको श्रीमतीले पनि मलाई चिन्नुहुन्छ।म यहॉ आउनुको कारण के हो भन्ने म बाहेक अरूले चुनाव जित्न सक्दैन”। उनको गौरवको स्वर हो यो।

    “मन्त्रीहरू मेरो काम गर्ने तरिका व्यक्तिगत किसिमको छ भनेर आरोप लगाउँछन्। ६ नं वडाका लागि २ करोड ५१ लाख बजेट दिएको छु । पैसा हालेर पनि काम भएको छैन भनेर आरोप लगाउँछन् मन्त्री । तर मैले मन्त्रीलाई कागजमा मात्र पैसा देखिएको छ । हातमा आएको छैन भनेर जवाफ फर्काएको छु।म उनीहरूको चलाकी कुरा बुझ्दछु “।महेश्वरले निर्धक्कसाथ बेलिविस्तार लगाउनु भयो।

    “उमेरले यही महिना देखि ७४ वर्ष पुगे पनि मेरो मनमा उत्साह, जॉगर, नयॉ कुराको खोजी एवं भविष्य प्रतिको आशा र संभावनाहरू मरेको छैनन। मलाई सुगर र प्रेसर पनि छ। तैपनि म विहान ५ बजे उठेर हिडडुल गर्छु।म अझै तन्नेरी महसुस गर्देछु। मानिस सोचाईले बूढ़ो हुन्छ ।” महेश्वर भन्छन । यस पटकको पदावधि २ वर्ष मात्र बॉकी हुँदा आगामी स्थानीय चुनावमा पुन: प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने सवालमा महेश्वर भन्छन- “ भगवानले साथ दिएको खण्डमा म फेरि चुनावमा उठनेछु र जित्छु पनि। बॉकी जीवन यही वडाकै सेवामा समर्पित गर्छु। मेरो कार्यकाल सकिएपछि चीयापान र शुभकामना आदान-प्रदान गरी विदाई हुने इच्छा छ”। उनले आफ्नो इच्छा जाहेर गरे।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै