•            
    • Hikmat Dangol

    • २८ असार २०७७, आईतवार ०५:०६

    यीस् तिम्रो समाजवाद!

    Babu Ram Ghimire , Buddhist Study, TU. , PhD Scholar

    (यहाँ उल्लेख पात्रको नाम, सबैले भन्ने गरेको नाम हो, वास्तविक नाम फरक पर्न गएमा, कोहीसँग मिल्न गएमा, कोही कसैलाई बाधा पर्न गएमा, अन्यथा नलिन हार्दिक अनुरोध गर्दछु |)

    साविक गोरखा जिल्ला दर्बुङ गाविसका वडा नम्बर ५ मा अवस्थित अधिकारी गाउँमा, करिब ६०/६२ वर्षका दुई अधिकारी दाजुभाइ गुन प्रसाद अधिकारी र गोध प्रसाद अधिकारी, भावनाका हिसावले सबैभन्दा इमान्दार सोझो पर्नुहुन्थ्यो | गोध प्रसाद अधिकारी भने बोलीचालीका हिसाबले चाहिँ अलि उटपट्याङ पर्नुहुन्थ्यो | यौनिक शब्दहरुको प्रयोग गरि टेडाे खालको भाषा बोली मान्छेलाई हसाउने | कहिलेकाहीं त खोलाले बाटो छोडेर बीचमा पसे जस्तो अलि बढी नै शब्दहरूको प्रयोग भयो भन्ने महसुस पनि हुन्थ्यो मलाई | समाजमा ठूलाबडाले गर्ने गतिविधि देखी वहाँ रुष्ट हुनुहुन्थ्यो | त्यसैको प्रतिवाद स्वरुप उहाँ अलि अपाच्य गतिविधि पनि गर्नुहुन्थ्यो | अरूको कुरा को खण्डन गर्नु परेमा हरेक यीस्-यीस् हुन्नन्थ्यो | हातका हाउभाउ पनि उस्तै | त्यसरी भनिएतापनि, 90 प्रतिशतजति सत्यता महत्वपूर्ण कुराहरु हुन्थे वहाँको बोलीमा |

    एउटा न एउटा तल्लोस्तरको रमाइलो, अनौठो दर्जाको रुपमा उहाँको घटनाहरु भइरहन्थ्यो | कसैले त्यसलाई लिएर प्रश्न गरे भने अर्को कुनै त्यस्तै कुरा गरेर थप असाध्यै हसाउनु हुन्थ्यो र हास्नुको विकल्प थिएन | कुनै पनि अरुका कुरामा उहाँ अडिएर स्पष्टीकरण दिनपछि लाग्नु हुन्नन्थ्यो | म चार कक्षामा पढ्थें, उहाँलाई राम्रोसँग चिन्दा, त्यो बेलाको माहोल र परिस्थिति, मनोरञ्जनको साधन स्रोतलाईत्यस्तै थियो कि भन्नेपनि आभाष मिल्छ केलाएर आजकाल हेर्दाखेरि |

    2034/35 सालतिरको कुरो हुनुपर्छ खडेरीले महामारी पैदा भयो | मेरो ठाउँमा पानी परेन, अन्नबाली फलेन, सबै पूजाआजा गर्ने र त्यो पछि जलधारा गर्ने चलन थीयो | झन्डै फागु पुर्णिमामा जस्तै रङ्ग बिना पानीको होली, गाउँभरि विशाल जुलूस गरी, पानी छ्यापाछ्याप गरी, सबैले स्वत: नुहाउने चलन थियो | युगौंदेखि यसो गर्दा खेरि वर्षा हुन्थ्यो रे ! एक हप्ताभित्र तर त्यो वर्ष हप्ता दिन बित्यो दुई हप्ता बित्यो पानी परेन | अधिकारी बाजे लाई पटक्कै मन परेको थिएन, देवताले पानी नपारेकोमा ! आजित थिए मान्छेहरु | उनि बेलाबेलामा भन्थे यो देवतालाई ठिक पार्न तरिका मैले जानेको छु | सबैले उनलाई पुर्खा थापी अग्रसर गराए, तर कहिले, कुन मितिमा, कसरी, कुन ठाउमा, के गर्छन् ? भन्ने कसैलाई जानकारी भएन |

    एकदिन उनलेअनौठो विधि अपनाए, मध्यदिनको टन्टलापुर घाममा, त्यो पनि साददोबाटो परेको बाटोमा, निर्वस्त्र भई उत्तानो परेर दिनभर सुतिरहेँ | तमासा भयो मान्छेहरुले अनेक कुराहरु गरे | गाउँका गन्ने मान्नेहरुले अब यो बौलायो यसलाई ठूलो कारबाही गर्नुपर्छ, गाउँ निकाला गर्नुपर्छ भनेर, भोलि पल्ट बैठक बस्दै थिए | बैठकमा उनलाई बोलाइयो, उनी आएनन् | फेरि पियन लगाएर बोलाइयो, एक सातापछि आउँछ रे भन्दे भने | अब उनलाई ठुलाबडाहरु उनकै घरमा गई हपार्ने योजना बनाए, किन यसो गरिस, भनेर सोधे उनले देउतालाई देखाइदिएको भने | अनि अब एक साताभित्र घनघोर वर्षा हुन्छ, मेरै कारणले भने | त्यस्तै भयो, एक साता दिनमा, उनले झण्डै देवत्व ग्रहण गरे !

    प्राध्यापक डाक्टर रामप्रसाद अधिकारीज्यूको खस राज्य भन्ने पुस्तकमा उल्लेख भएअनुसार, महान यात्री गौतमबुद्धको यात्राको क्रममा बैशालिमा एक रातको बासपछि भब्य बिदाइ भएको छ | गौतमबुद्धका अनुसार उनि कुनै भगवान होइनन् उनीसँग कुनै जादुको छडी छैन, खाली जिवन जिउने कला का लागि दु: ख हटाई सुख कसरी प्राप्त गर्ने ? भन्ने खोजीमा लागेका व्यक्ति हुन् | तर परिस्थिति त्येस्तो भएन, उनी जानेबित्तिकै सोच्दै नसोचेको परिवर्तन भयो | बैशालिमा लामो खडेरी र भोकमारिले सताएको थियो । बुद्द पुगेकाइ दिन अति ठुलो पानी पर्‍यो र यो बुद्दको आगमन प्रतिको बिश्वास को कारण बन्यो। त्यहाँ ज्ञान बाँडेर पावा जानु भो । बैशालिमा भब्य बिदाइ भयो | यो बिदाइको विशेष उल्लेख गरिएको छ, किनकि अरु बिदाइकों भन्दा, यो बिदाइले बुद्धलाई महान र भगवान बुद्ध बनाउन सहयोग गरेका बिभिन्न योगदानका घटनाहरु मध्ये, यो एउटा महत्वपूर्ण घटना बन्न गयो, बुद्धको जीवनमा, बौद्धमार्गीको जीवनमा !

    क्याम्पस पढेको, बुझेको विद्यार्थी, धेरैपटक न्यूरोडमा राजतन्त्र मुर्दावाद, राजतन्त्र गइहाल्छ, देख्न पाइन्छ समाजवाद! भनेर नारा लगाउँदै हिँडेको राजतन्त्रविरोधी विद्यार्थी म | मूल्याङ्कनको पाटो आफ्नै ठाउँमा भएपनि, सप्रमाण त्यसो भन्न पाउँदा, आज पनि गर्व लाग्छ मनमा | आज पनि प्रष्ट छैन समाजवाद के हो? 2043/44 सालदेखि नै पटकपटक कारागार र जेल जीवनयापन गर्दै आइयो | कसैको चोरी डकैती गरिएको थिएन, कसैको हाडनाताका केही लागेका थिएनन् | किन गरियो त पटकपटक कारागार र जेल यात्रा ? केवल बुझ्दै नबुझेको समाजवादका लागि ! दुनियाका लाठी बुट खाइयो, दुनियासँग झगडा गरियो, कलेज पढ्न आएका पैसा लेवि र अनेक नाममा नेतालाई बुझाईयो | समाजवाद अाउछ भनेर !

    फेरि प्रश्न उठ्छ किन नबुझीकन लागेको त समाजवादमा ? समाजवादका ठेलीहरू पढेको, समाजवादका धेरै पुराणहरु पनि सुनेको | एउटा निष्कर्षमा पनि पुगेको, यसको बारेमा धेरै लेखहरु पनि प्रकाशित गरिसकेको | हिजो र आजको परिभाषा एउटै नभएको | समाजवादको परिभाषा हिजो सिकाए भन्दाआज बेग्लै लगाउँदैछन् | कसरी गर्व गरौ मैले समाजवाद जानेको भनेर ?

    आज २०७७ असारको २८ गते आइतवारको दिन | समग्र इतिहास हेर्दा देशमा दुईतिहाइको कम्युनिस्ट सरकार छ, समाजवादको भरपुर व्याख्या गर्न जान्दछ | मानौं समाजवाद न्वारन गर्ने नै यिनै हुन् ! आज त्यसैको प्रधानमन्त्री समाजवादी राज्य व्यवस्था संचालन र बसिरहेका छन् | हामी समाजवाद भोग गरेर बसिरहेका छौं | म त झन् नाम चलेको समाजवादी नै भए, मलाई थुप्रैले प्रश्न गर्छन् दाजु यही हुन्छ समाजवाद? भनेर ! मैले बुझेको समाजवाद त्यो बेलामा गल्ती बुझेकी ! अहिले समाजवादी व्यवस्था नै लागू भएको छैन ? अथवा समाजवाद विरोधी व्यवस्था लागू भइरहेको छ! कि त सत्तामा नपुगुन्जेल मात्र समाजवादका कुरा गरिन्छ ? मृत अवस्थामा पुगि सक्नुभएका स्वर्गवासी अधिकारी बाजेलाई सम्झन्छु | उहाँलाई मैले प्रश्न गर्न पाएको भए उहाँले देखाइदिनु हुन्थ्यो समाजवाद ! यी तिमारको समाजवाद भनेर, उहाँ नभएपछि मैले पनि बाध्य भएर भन्नैपर्ने हो नेताहरु, यीस् तिम्रो समाजमा !

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै