•            
    • Hikmat Dangol

    • २७ असार २०७७, शनिबार १०:१९

    अमेरिकामा थप १३ लाख व्यक्तिद्वारा बेरोजगारी भत्ता दाबी

    एजेन्सी। अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन् ।

    उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । तर दावीगर्नेहरुको सङ्ख्या भने घट्दै गएको उनीहरुको भनाइ छ ।

    श्रम मनत्रालयका अधिकारीहरुले कोरोनाभाइरसका कारण अमेरिकामा एक करोड ९० लाख मानिस बेरोजगार भएको जनाएका छन् ।उनीहरुले यो तथ्याङ्क जुन २७ सम्मको मात्रै भएको जानकारी दिएका छन् ।

    अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी नआएको अधिकारीहरुले जनाएका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै