•            
    • Hikmat Dangol

    • २६ असार २०७७, शुक्रबार १२:२१

    “वैकल्पिक चक्रपथसहित नयाँ ४ वटा स्मार्ट सिटी बनाउँने छु” – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर

    टोखा लाइभ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले यस वर्षको बजेट मार्फत् काठमाडौं उपत्यकाको जनजीवनको जनचाप कम गर्नका लागि काठमांडौं आसपासका इलाकामा नयाँ ४ वटा स्मार्ट सिटी निर्माण गरिने टोखा लाइभलसंगको भेटघाटमा बताउनु भयो। विहिवार बालाजु स्थित बाइसधारा नजिक एक भलाकुसारी गर्नु हुँदै मन्त्री मानन्धरले प्रस्तावित टोखा- छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

    उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब १०० किलोमिटरको वैकल्पिक चक्रपथ अन्तरगत टोखाको छहरे, थानसिंह,ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ । यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्री मानन्धरले गरेको छ ।

    टोखा लाइभसंग कुराकानी गर्नु हुँदै
    राज्यमन्त्री मानन्धरले भन्नुभयो।- राजधानी बाट १० कि. मी छेउछाउमा शहर बसाल्न सकिदैन भने शहरको कल्पना गर्ने को त? त्यसैले टोखा छहरे साढें ७ कि. मी हो। यो पार गरेपछि पानीको मुहान भेटिने छ ।तसर्थ पानीको मुहान भएको ठाउँमा स्मार्ट सिटी बनाउँनु पर्छ। त्यहॉबाट राजधानी नजिक छ।यो एउटा सम्पन्नताको शहर पनि हुनेछ।यसको लागि अध्ययन हुँदैछ । यसको लागि चीनले बनाईदिन्छु भनेको छ। यसबाट चीन सितको सम्बन्ध पनि जोडिने भयौं।उत्तरी वेल्टमा जाने हाम्रो राजमार्ग जीर्ण अवस्थामा छ। चाहे त्यो बाह्बिसे होस् या त केरूग । त्रिशुल जाने बाँटोको अवस्था पनि खराब नै छ। हाम्रो लक्ष्य भनेकै राजधानीबाट नजिक शहर बसाली त्यसलाई जोड्ने नै हो। अहिले नयॉ इस्युको रूपमा आएको काठमाडौं-तराई फास्ट ट्रयाकको ‘जेरो प्वाइन्ट’ खोकनामा बनाउँदा त्यहाँका विभिन्न धार्मिक तथा पुरतात्विक सम्पदा मासिने भन्दै स्थानीयले जुन विरोध गरेको छ।त्यो सही छैन। कुनै पनि जग्गा जमिनमा बाटो बनाई हुँदैन। जस्तै बागमतीको छेउछाउमा पनि मापदंड तोकी २० मिटर जोडनु पर्छ ।पहिला ६५ फिट बढाउने कुरो सुनिएको थियो। अहिले धटाउँदै जॉदा २० मिटरमा झरेको छ। अहिले हामीले रिंगरोड बनाए जस्तै अर्को वैकल्पिक रिंगरोड बनाए झन राम्रो हुनेछ।यसबाट निजगढको अन्तर्राष्ट्रीय विमानस्थललाई जोडन सकिन्छ ।यसबाट सबैलाई सर्वसुलभ हुनेछ।

    यसबाट नै पूर्व पश्चिम राजमार्ग जोड्ने हो।फास्ट ट्रयाकको लक्ष्य भनेकै भारतको व्यापारिक केन्द्र जोडिनु हो।पहिले जापानले बनाई दिएको वीपी राजमार्ग निजगढबाट १ सय कि. मी टाढा छ।यसबाट कम दुरीबाट राजधानी जोडिनु भनेकै ठूलो उपलब्धि हुन।यसबाट राजधानी आउन सर्वसुलभ हुनेछ ।तसर्थ हामीले नयॉ शहरको कल्पना गर्नु पर्दछ ।

    शहर काठमांडौं भित्र हैन। बाहिर बन्नु पर्दछ ।अहिले ४ वटा स्मार्ट सिटीको परिकल्पना गरिएको छ।त्यो कहॉ बनाउने भन्ने सवालमा ठाउँको पहिचान हुनु पर्यो ।यसको लागि डीपीआर बन्दैछ। त्यो सूर्यविनायक मुनिको पहाड हेर्न जानुभयो भन्ने पूरै ठाउँ जग्गा खाली छ। त्यसलाई पनि शहरको रूपमा विकसित गर्न सकिन्छ । जस्तै अहिले टोखा र तारकेश्वरलाई मिलाएर एउटा राम्रो शहरको परिकल्पना गरिएको छ।एेतिहासिक शहर टोखामा महर्जनहरूको जग्गा धेरै नै रहेको छ। हिजो रिंगरोड बन्दा टोखामा ४ लेनको बाटो बनाईद्एको भए अहिले जनजीवन कति सरल र सहज हुन्थ्यो होला!

    टोखा नगरले अहिले प्राचिन सभ्यतामा गर्व गर्ने हो, भर पर्ने होइन । जे छ त्यसको संरक्षण र संवर्धन गर्ने हो । सामाजिकरुपमा विश्व खुम्चिए संगै मानव सभ्यताको अर्थ फेरिएको छ । युग र समय साथ अद्यावधिक हुनु जरुरी छ।

    ( सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसंग टोखा लाइभका प्रधान सम्पादक हिक्मत डंगोलसंग गरेको कुराकानीमा आधारित।)

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै