•            
    • TOKHA LIVE

    • १८ मंसिर २०७९, आईतवार १९:५१

    तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

    टाेखालाइभ डट कम/ मंसिर १८,२०७९

    नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको छ। बैठकले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ ।

    बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा गरिएको बताउदै संचारकर्मीहरु संगको भेटमा महासचिव गुरुङले नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उहाँले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताउनुभयो ।समितिको गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । उहाँले भन्नुभयो, “गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्न्पर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश गरेको छैन । हामी विशेषगरी निर्वाचनको समीक्षाको पाटोमा केन्द्रीत छौँ ।”

    सरकार गठनको सन्दर्भमा गठबन्धन घटकका बीचमा कुराकानी हुने जानकारी दिँदै उहाँले पार्टीभित्र त्यस सम्बन्धमा कुनै छलफल नै नभएको र अहिले पार्टी गठबन्धनमै रहेको धारणा राख्दै बैठकले निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई आभार प्रकट गरेको जानकारी दिनुभयो । उहाँले शनिबार र आजको बैठकमा निर्वाचनका सन्दर्भमा हाम्रा आफ्ना के कस्ता सीमा र के कस्ता कमी कमजोरी के के भए त्यसलाई सुधार गर्दै लगेर पार्टीलाई सशक्त बनाएर जाने विषयमा महत्वपूर्ण छलफल भएको महासचिव गुरुङले बताउनुभयो ।

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै