•            
    • TOKHA LIVE

    • १४ मंसिर २०७९, बुधबार २१:४९

    बागमती प्रदेशमा सात पार्टीको प्रतिनिधित्व अब कसको बन्ला सरकार?

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    मंसिर १४,२०७९

    बागमती प्रदेशमा सात पार्टीको प्रतिनिधित्व अब कसको बन्ला सरकार? प्रतिनिधि सभा र प्रदेश सभा दुई छुट्टाछुट्टै इकाई हो। तर दुवैको एकै पटक चुनाव हुँदा प्रतिनिधि सभाले सधैँ प्रदेश सभालाई छायामा पारिरहेका छन्। भोट हाल्ने बेलामा पनि चार चार वटा मतपत्र (प्रतिनिधि सभाका दुई र प्रदेश सभाका दुई) मा छाप लगाउनु पर्ने भएकोले मतदाता कन्फ्युज हुन छन्।

    प्रतिनिधि सभाले छायामा पारेकोले प्रदेश सभाहरुमा कसको सरकार बन्न लागेको छ भन्ने विषयमा पनि खासै चासो नहुने बनाइदिने रहेछ। मिडियाले पनि प्रदेशतिर भन्दा प्रतिनिधि सभातिर नै बढी ध्यान दिने गर्दछन्। बागमती प्रदेशमा कसको कति सिट छ त ? अनि कसको सरकार बन्ने सम्भावना छ त ?

    बागमती प्रदेश ११० सदस्यको हुन्छ। भने त्यसमा ६६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । ४४ जना समानुपातिकबाट। प्रत्यक्षतर्फ ६४ सिटको परिणाम आइसक्यो भने दोलखाका दुई सिटको परिणाम आउन बाँकी नै छ।

    प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट कांग्रेसले जितेको छ (२४)। १४ सिटका साथ माओवादी दोस्रो छ भने १२ सिटका साथ एमाले तेस्रो भएका छन्। राप्रपाले ७ सिट पाएको छ भने हाम्रो नेपाली पार्टीले १ र नेमकिपाले १ सिट पाएका छन्।

    अब समानुपातिक तर्फ:
    समानुपातिकतर्फ एमालेको सबैभन्दा बढी सिट (१४) छ भने कांग्रेसको ११, माओवादी र राप्रपाको ७ र नेकपा एसको २ नेमकिपाको २ हाम्रो नेपाली पार्टीको १ रहेको छ।समानुपातिकको मतगणना नसकिएकोले यसमा केही सामान्य हेरफेर हुनसक्ने।

    अब कसको बन्ला सरकार ?

    बागमती प्रदेश सभा ११० सदस्यको रहेको छ। भने सरकार बनाउनलाई कम्तिमा ५६ सदस्यको समर्थन आवश्यक हुन्छ। सबैभन्दा ठूलो दल ३५ सिट जितेको कांग्रेस भए पनि उसित बहुमत छैन। तर गठबन्धनको भने बहुमत पुगेको छ (कांग्रेस ३५ + माओवादी २१ + नेकपा एस ७)। गठबन्धन गरेर चुनाव लडेका दलहरु एक साथ भए भने ६३ अर्थात् बहुमत पुग्ने छ।

    गठबन्धन टुक्रियो भने एमाले, राप्रपा र माओवादीको समर्थनमा सरकार बनाउन सक्ने सम्भावना रहेको छ। किन त भन्दा एमालेको २६ र राप्रपाको १४ अनि माओवादीको २१ सिट जोड्दा ६१ मात्र हुन आउँछ। यस पटक बागमती प्रदेश सभामा सात वटा पार्टीको प्रतिनिधित्व हुने छन्। पहिलेको प्रदेश सभामा रहेको विवेकशील साझा पार्टी यस पटक रहने छैन। र हाम्रो माया नेपाली पार्टीले यस पटक पहिलो चोटी प्रदेश सभामा प्रतिनिधित्व गर्दै छन्।

    काठमाडौँ महानगरपालिकामा बालेन शाहले मेयरको चुनाव जितेपछि लोकप्रिय भएको लौरो चिह्न राखेर त्यसैको फाइदा उठाउन यो नयाँ पार्टी खोलिएको थियो। प्रत्यक्षतर्फ यो दलले प्रदेश सभामा एक सिट जितेका थिए।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै