•            
    • TOKHA LIVE

    • २५ असार २०७७, बिहीबार १७:५१

    सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय।

    टाेखा लाइभ,असार २५ काठमाडौं :अब सरकारले सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । सरकारले लकडाउन थप खुकुलो बनाउदै भाडाका सवारी साधन सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको हो । सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक सवारी चलाउन दिने निर्णय भएको जानकारी दिएका हुन् । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको बताएको छ।
    यात्रुबाहक सार्वजनिक यातायातमा सिट क्षमताको बढीमा पचास प्रतिशतसम्म हुने गरी मात्रै यात्रु चढाउन पाउने ब्यवस्था गरिएको छ ।
    लामो दूरीमा चल्ने र काठमाडौं उपत्यका बाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने यथावत रुपमै चल्न रोक
    लगाइएको छ । क्षमता भन्दा कम यात्रु बोक्नुपर्ने भएकाले ट्याक्सी बाहेक अन्य सवारी साधनले प्रचलित भाडादरमा ५० प्रतिशत भाडा थप गरेर लिन पाउने व्यवस्था पनि मन्त्रीपरिषदले गरेको छ ।
    मोटरसाइकल सहित निजी सवारी साधनले पनि चालक बाहेक थप दुई जना बोक्न पाउने व्यवस्था गरिएको छ । एकै परिवारको भए ५ वर्षसम्मको बालबालिका चढ्न पाउने निर्णय गरिएको छ । त्यसैगरी ट्याक्सीमा चालकबाहेक बढीमा २ जनासम्म र परिवारभित्रको भए ५ वर्षसम्मको बालबालिकालाई पनि चढ्न दिने निर्णय भएको छ।
    भाडाका सवारी साधनमा एक पंक्तिमा सामाजिक दूरी कायम हुने गरी यात्रु राख्ने र सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लागू गरिएको छ । त्यस्तै चालक तथा सहचालकले अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र दैनिकरुपमा सवारी साधन निसंक्रमित गर्ने गरी सवारी साधन सञ्चालन गर्नुपर्ने निर्णय सरकारले गरेको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै