•            
    • Hikmat Dangol

    • २४ असार २०७७, बुधबार २०:४३

    मैले किन PhD गर्ने ?


    बाबुराम घिमिरे phd scholar

    जीवनलाई सहज र सुखी बनाउनु हरेक व्यक्तिको कर्तव्य हो | स्वयम् आफ्नै कर्तव्य हो र उक्त कर्तव्य सकेसम्म, धेरै भन्दा धेरै परिवार, छिमेकी, देशबासी, अन्तर्राष्ट्रिय जगतलाई पनि पुर्याउन सके राम्रो | तर यसको लागि पढ्न आवश्यक छ कि छैन त? पढ्नु र ज्ञान आर्जन गर्नु एउटै कुरा हो कि फरक कुरा हो? कि यो अन्तरसम्बन्धित चिज हो | पढेर कति जानिन्छ? पढ्दै नपढी के के जानिन्छ? किताब पढ्नु र समाज पढ्नुमा के फरक पर्छ? सिप /योग्यता भएका प्रमाण-पत्र नभएका मानिसहरुको र प्रमाण-पत्र मात्र भएका मानिसहरुको ज्ञानमा ठूलो अन्तर देख्न सकिन्छ | प्रमाण-पत्र नभएका मानिसहरू चाहिँ कसरी ठूला राजनीतिक पद प्रतिष्ठामा पुगेका हुन्छन् ?
    यो सत्य हो कि धेरै पढेपछि धेरै जानिने | एउटा आँखाको डाक्टर बिरामीको पेट दुखेको औषधि जान्दैन | तर जनरल सर्जन सबैको औषधि जान्दछ, आँखाको बिशेषज्ञता हासिल गरेको हुँदैन | शिक्षा हासिल नगरेका नेतृत्व वर्गहरू, हाम्रा नेताहरु, अभिनेताहरु, कविहरू, कलाकारहरु, विश्वप्रसिद्ध कहलिएका विशिष्ट व्यक्तित्वहरु पनि औपचारिक शिक्षा हासिल नगरि, अति ठूला महत्वपूर्ण योगदानहरू आफ्नो समाज, आफू र विश्वलाई प्रदान गर्न सफल भएका छन् | केही प्रतिनिधि उदाहरणहरु, यहाँ चर्चा गर्ने कोसिस गरेको छु | कतै यी शब्द र भावमा थोरै तलमाथि भएमा, कसैलाई व्यक्तिगत रुपमा मिल्न गएमा, बाधा पर्न गए सच्याएर बुझिदिन पनि म अनुरोध गर्दछु |
    राजनीति बाट तिमि टाढा हुन सक्छौ, तर तिमीबाट राजनीति टाढा हुन सक्दैन:

    थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने । चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने । कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने । हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने । दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने । कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने । यिनीहरु अब्बल बाबुको सक्षम छोरा हुन् | एक बर्षमा ५० साथि बनाउनु भनेको सामान्य कुरो हो तर ५० वर्ष पछि एउटा मित्रले मित्रता निभाउनु चै ठुलो कुरो हो | त्यसैले नेता हुन नेतृत्व लिन त्यति सजिलो विषय होइन |
    तिमी सपना देख्न सक्छौ भने, तिमी त्यो गर्न पनि सक्छौ:

    सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने । दुई सय रूपिया वोकी निस्केका पुष्कर शाहले विश्व घुमे । सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्व कवि बने । लहै लहैमा गीत गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने । SLC पास रेखा थापा चर्चित नायिका बनिन् । तीन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने । त्यसैले समयलाई चिन्न सक्नु पर्दछ, आफूले आफैंलाई चिन्न सक्नु सबैभन्दा महत्वपूर्ण कुरा हो | दुइ चिज अति महत्वपुर्ण हुन्छ, अन्नको कण र समयको क्षण | हामीले यसलाई चिन्न र मनन गर्न सक्नुपर्दछ |

    परिस्थिति जस्तोसुकै भएपनि मनस्थिति बलियो बनाउन जान्नु पर्छ:

    लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने । खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने । ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने । वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने । सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने । घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने । साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने । भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने । मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने । पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने । गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

    म के पढ्छु भन्दानी के सिक्छु मुख्य कुरो हो:

    खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन । अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे । कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले । कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने । पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने । मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । त्यसैले अपजस अरुलाई हुनुहुदैन, जीवन बदल्ने आफैंले हो |

    १ मिनेटमा जिवन बदल्न सकिदैन तर १ मिनेटमा सोचेर गरेको न्याधिशको फैसलाले जिबन बदल्न सक्छ:
    तपाईं तपाईंको जीवनको न्यायाधीश हुनुहुन्छ | झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने । तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके । कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने । कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने । कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने । स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने । तिन चिजको घनिष्ट संगतले / सम्बन्धले जिबनमा परिबर्तन ल्याउन सक्छ | 3 –c = c- command, c- control c- communication. भने तपाइ पनि प्रयास गर्नु होस अवश्य सफल हुनु हुनेछ !!
    विद्यावारिधिका आधारभूत कुरा:
    जुन कुराले हामीलाई मद्दत गर्दैन, त्यसलाई निर्मम संग हटाउन सक्नुपर्छ | विद्वत ब्यक्तिव निर्माण हाम्रो उद्द्य्स्य हो | हार जित को कुरा होइन | हामीले अरुको ब्यक्तिवलाइ, भावनालाइ स्वीकार गर्नुपर्छ | सजिलो संग ज्ञान प्राप्तिको दिशामा अगाडि बढ्न यस्ता कुराले सजिलो हुन्छ | नामबाट सुनाम फैलाउने हाम्रो उद्देश्य हो | तपाइँ हामि त्यो होइनौ जो आफुलाई ठानी रहेका छौ | चिन्तन ठिक नभए चिन्ता बडाउछ | जस आफुलाई र अपजस जति अरुलाई दिनु हुँदैन | यात्रामा हामि कहा छौ भन्दा पनि हामि कहा पुग्ने भन्ने कुरा महत्वपुर्ण हो | अरुले देखाइदिएको कमि कमजोरी स्विकार्न नसक्नु नै स्वयंको लागि घातकपूर्ण हुन्छ | विद्वान स्वयंआफै उपर काहिल्यै घमण्ड नगरौ | घमण्डले विद्वता को नस्ट गर्छ |

    विद्यावारिधिका दार्शनिक कुरा:

    बिज्ञानसंगै दर्शन जान्नुपर्छ, तर अहिले दर्शन पछि परेको छ | ज्ञानको तहलाई सिर्जनात्मक विश्लेषण गर्नको लागि | आफ्नो उद्देश्य समाजमा प्रबेश गराउनलाई | जिबनका लामो अनुभव र अध्ययनलाइ रुपमा लागु गर्ने क्षयामता बिस्तार गर्नलाई | जसरी ठेकीभरिको दहि महिपारेर थोरै नौनी मात्र प्राप्त गर्न सकिन्छ | त्यस्तै समाजबाट घ्यु निकाल्नलाई, आफुले गरेका राम्रा नराम्रा कुराको बारेमा अरुलाई बुझाउन सक्ने बन्नका लागि | त्यसलाई प्रयोगात्मक रूपमा सम्प्रेषण गर्नका लागि | आफुले आफैलाई सोचे जस्तो आफु हो कि होइन भनि स्व-मुल्यांकन गर्न सक्नका लागि | ज्ञान, प्रयोग, सारांश र प्रस्तुति नै विद्यावारिधि हुन सक्छ |
    आफ्ना राम्रा कुरा जोगाइ राख्ने, नराम्रालाई छाड्दै जाने, आफ्नै पहिलेको ब्यक्त्तिवलाई फेर्न र नया ब्यक्त्तिव निर्माण गर्ने | आफ्नै इगोले बेला बेलामा आफैलाई टकराउछ | गौथालिले घर बनाए जस्तो बिस्तारै बनाउदै जानुपर्छ आफ्नै ज्ञानको घर आफै | त्यसलाई बदल्न सक्नुनै विद्यावारिधि हो | यो कुनै किताबबाट मात्र प्राप्त गरिने ज्ञान होइन | माथिका विज्ञ व्यक्तित्वहरुले औपचारिक शिक्षा, किताबी ज्ञान हासिल नगरी, महान व्यक्ति ठहरिए | विद्यावारिधीको महत्वपूर्ण कक्षामा पनि यो किताबी ज्ञान होइन भन्ने कुरा भयो | मेरो विचारमा माथि उल्लेख गरिएका सम्पूर्ण पात्रहरू सबै आ-आफ्नो बिषयका PhD हुन् | त्यसकारण मेरो मनमा प्रश्न उठिरहेको छ, मैले PhD किन गर्ने?

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै