•            
    • Hikmat Dangol

    • २४ असार २०७७, बुधबार १७:१६

    टोखा नगरपालिकाको सातौं नगर परिषद २१ जना नगर सदस्यबाट बहिष्कार

    टोखा लाइभ ।टोखा नगरपालिकाको सातौं नगरपरिषद २१ जना सदस्यबाट बहिष्कार गरेको छ ।टोखा नगरपालिकाको ५ जना वडा अध्यक्षहरूमा दिपक राज जोशी, सिंहराज श्रेष्ठ, महेश्वर के. सी, केशव खत्री, उत्तम अधिकारी र अन्य १६ जना नगर सदस्यहरूले विभिन्न कारण र असन्तुष्ट जनाउँदै वडाका वडा अध्यक्ष र सदस्यहरुले शुरू देखि नै सुनुवाई नभएको र जनताको वास्तविक आवाज माग राख्दै नगर परिषदको बहिष्कार गरेका हुन्।

    टोखा नगरपालिकाको ११ वडामा अधिकांश स्थानीय तहमा विभिन्न कारण देखाउँदै पब्लिकले थाहा नहु्ने गरी कार्यान्वयन हुने गरेको , आफ्नै मान्छेलाई नियुक्ती पारेको भत्ता दुरूपयोग गरेको, र भ्रष्टाचार भित्र-भित्र मौलाउँदै गरेकोले चन्द्रावती न्यौपानेले टोखा लाइभसंग असन्तुष्ट व्यक्त गरिन।

    चन्द्रावती न्यौपाने अगाडी भन्छिन- “ कुनै पनि निर्णयमा गर्नु अघि दुई पक्षको सहमतिलाई अनिवार्य मान्दछ, एकको मात्र असहमति भयो भने त्यो `नोट अफ डिसेन्ट´मा मात्र सिमित हुन्छ, निर्णय भने हुन सक्दैन । यथार्थ कुरा के हो भने निर्णय बिना परिणाम निस्कदैन। तर गएको सातौं नगर सभामा बजेट भाषण हुँदा नगर प्रमुखले चित्त नबुझेको कुरामा सहमत हुन्छ भन्नुभयो तर नगरसभाको उपस्थितिमा हामीले पनि शुरुमै दस्तखत ग​र्दा निर्णय त्यहीं सभामै नलेखी बन्द कोठामा एकलौटी निर्णय गरेर माइन्युट लेखी सर्वसम्मत भनी लेख्ने (जस्तैः गतसाल हामीले पेश गरेको ६ बुँदाको कुनै सम्बोधन नै भ​एन​)। उपस्थितिमा दस्तखत नग​र्दा नगरसभामा हामी उपस्थित भ​ए पनि तिमीहरू उपस्थित भ​एको के प्रमाण के छ ? भनी उल्टै प्रतिप्रश्न गर्ने सम्बोधनको सुनाइ शून्य हुने। गत यही १० गतेको नगरसभामा पनि सभा समापनपछि माइन्युटमा निर्णय लेखिसकेपछि उपस्थिति र माइन्युट दुबैमा एकसाथ दस्तखत गर्ने भन्ने मौखिक सहमति भ​एकाले २१ बुँदे ज्ञापनपत्र बुझाएपछि पनि हामी नगरसभाको अन्त्य​(बेलुका ०९ः३०) सम्मै ढुक्क भ​एर बस्यौँ तर नगर प्रमुखले आफ्नो एकलौटी पाराको मपाइँत्वयुक्त मन्तव्य दिएपछि कुनै जानकारीबिना नै तुरुन्तै उपस्थिति पुस्तिका र माइन्युटका साथै आफ्नातिरका भनिएकाहरूमध्ये उपप्रमुख बाहेक सबै जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत​, कम्प्युटर अपरेटर लगायत सबैलालाई लिएर छापामर शैलीमा भाग्नुभयो। १० गतेदेखि आज २४ गते
    भइसक्दा पनि बिचमा हामीसँग कुनै छलफल सम्बोधन केहीकेही छैन​। हामीले व्यक्तिगत स्वार्थ त्यागेर सम्पूर्ण नगरबासीहरू र नगरकै हितका लागि उठाएका मुद्दाहरूलाई कहिल्यै पनि सम्बोधन नगरेर यसरी पटक पटक धोका भ​एको छ​।यस्तै गरी PCR test र राहतमा पनि कामभन्दा पनि प्रचारबाजी धेरै नै भएको जस्तो लाग्यो। विकेन्द्रीकरणको सिद्धान्तलाई पनि पूर्ण रूपमा वेवास्ता गर्दै वडागत रूपमा हुनुपर्ने कामकुराहरूलाई पनि अस्वाभाविक तरिकाले नगर प्रमुख र उपप्रमुखमुखी बनाइएको छ​।तीन वर्ष भइदक्दा पनि हालसम्म कुनैकुनै किसिमका हिसाबकिताबहरू सार्वजनीकरण गरिएको छैन​।करका कुरादेखि लिएर अरू धेरै धेरै छन् जुन हामीले ज्ञापनपत्रमा समेटेका छौं तर उताबाट सुनुवाइ हुने कुनै लक्षण नै देखिंदैन​।”

    टोखा नगरपालिकाको बुधवार सातौं नगर परिषद् भएको सम्वन्धित नगर प्रमुखहरुले टोखा लाइभलाई जानकारी दिएका छन् तर टोखा नगरपालिकाको वडा नम्बर २, ३, ६, ८ र ११ का वडा अध्यक्ष र सदस्यहरुले नगर परिषद् वहिष्कार नै गरेको टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपक राज जोशी र वडा नं ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले जानकारी गराउनु भएको छ।

    टोखा नगरपालिका वडा नं -२ का वडा अध्यक्ष दिपक राज जोशी भन्नुहुन्छ-“ आवश्यक तयारी र प्रक्रिया पूरा नगरी जबरजस्ती नगर परिषद् गरिएकोले बहिष्कार गरेका हौं । चीनको तिब्बत नाग्छु नगरपालिकाबाट झन्डै १ करोड ५० लाख भन्दा बढी स्वास्थ्य सामग्री कोरोनावायरस रोकथामका लागि टोखा नगरपालिकालाई सानो पोको मात्र वितरण गरी चित्त दुखाएको छ। “ वहॉले वताउनु भयो।

    यस्तै गरी टोखा नगरपालिका भित्र पूर्वाधार विरासतों नाममा जनमुखी विकास निर्माण कार्य गर्न नसकेको र प्रायः जसो ढलान र पीचमा मात्र केन्द्रीत भएको वडा अध्यक्ष दिपक राज जाशीले असन्तुष्ट व्यक्त गर्नु भयो।

    सबै जनप्रतिनिधि असारे विकासमा लागेका कारण नगर भित्रका दलितहरूको उत्थानको लागि दलित विभाग गठन गरी दलित विकास कोषको स्थापना गर्नु पर्नेमा कहीं कतै साथ नपाएको गुनासो फूलमाया विश्वकर्माले गरिन।

    यसैगरी टोखा नगरपालिका वडा नं -६ की सदस्य शान्ता खनाल भन्छिन-“ ६/ ६ महिनामा एउटा पनि सुनुवाई भएको छैन।नगर प्रमुखको कृपाबाट केही स्थानीय नेताहरूले नगरपालिकाको सम्पत्तिमाथि रजाई गर्दै आएका छन्। नगरपालिकाले दिने इन्धन र पेट्रोल तथा सवारी साधन मोटर बाइक र स्कुटरमा चरम दुरूपयोग गरिएको छ।नगरपालिकाले खरिद गर्ने हरेक भौतिक सामाग्री गुणस्तरहीन हुने , कमिसन तन्त्र गरिएकोले र बढी प्रचारबाजी भएकोले पनि हामीले बहिष्कार गरेका हौं ।

    टोखा नगरपालिका वडा नं -८ की सदस्य निशा पाण्डेका अनुसार नगरपालिकामा आ- आफ्नो मान्छे पोस्ने , भत्ता दिएर आर्थिक दुरूपयोग गरेको छ। माइनुट कोर्दा पनि लुज पेपरमा हस्ताक्षर गराईन्छ। फेरि हामीले पेस गरेको २१ बुँदाको पनि सम्बोधन नगरेकोले पनि हामी अाजित भएका छौं।फेरि जनतालाई करले बेस्सरी पेलेको छ। सर्वसाधारण जनताले नक्सा पास गर्दा बढ़ी कर असुल्ने गरेकोले यो त्यती प्रभावकारी भएको छैन।”

    टोखा नगरपालिकाको विभिन्न वडाका वडा सदस्यहरुले विभिन्न माग राख्दै नगर परिषद को बहिष्कार गरिएको विषयमा टोखा नगरपालिकाका प्रमुख र उप मेयरसंग प्रतिक्रिया माग्दा वहॉहरूसंग सम्पर्क हुन सकेनन ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै