•            
    • Hikmat Dangol

    • २३ असार २०७७, मंगलवार ०९:४२

    बल्ल मेरो आँखा खुल्यो !

    बाबुराम घिमिरे phd scholar

    गुरु पुर्णिामा को लाखौ लाख शुभकामना । मेरो गुरुहरुमा मलाई जीवनमा केगर्नु राम्रो हो अनि के गर्नु न राम्रो हो भनी शिकाउनुहुने गुरु हरु लाई जीवन माकहिले दु:ख पिर चिन्ता भोग्न नपरोस् हजुरुको मुहारमा मीठो मुस्कान सदैबदेख्न पाउ, म जस्तो हजारौं बिद्यार्थीहरु को जीवन सबल बनाउन निरन्तरतादिनु हुने मेरो गुरु हरुलाइ र्हिदय देखि नै प्रणाम सरस्वती माता ले हजुरहरुको जीवनमा सदैव कल्याण गरून ! मिट्ठो माया अनि मिठो सम्झना BabuRam Ghimire सर!

    यी हरफहरु युवराज चौलागाईं विद्यार्थीले गुरु पूर्णिमाको अवसरमा आफ्नोफेसबुकमा लेखेर मलाई ट्याग गरेका हुन् | मैले खुल्ला शिक्षा मार्फतएस.एल.सी. दिने क्रममा थोरै समय भएपनि, गणित विज्ञान विषय उनलाईपढाएको थिए | हाम्रो परिवेशमा, उनलाई परीक्षा उत्तीर्ण गर्न गाह्रै थियो रउनले मेहनत गरेका हुन् | उनी पाठ्यक्रमसँग लामो समयसम्म छुटेको हुनालेविषयवस्तुमा अनभिज्ञ थिए | उनी सहजै एस.एल.सी. पास भए | बधाई छयुवराज भाइलाई कलमबाट | उनलाई धेरैले पढ्न आउदैन, यो परीक्षा पासगर्न सक्दैन | भनेजस्ता वाक्यहरु, अरु गुरुहरुले व्यक्त गरिरहँदा, मैले चिन्तानगर, तिमीले सक्छौं | तिम्रो लागि म सहयोग गर्न तयार छु | भनी उनकोआत्मबल बढाएको थिए | 

    फलस्वरूप उनले कलाकारिता क्षेत्रमा धेरै कार्यक्रमहरु गरी उनी अगाडिबढिसकेका छन् | उनले मलाई एउटा कार्यक्रममा अतिथीकोरुपमानिमन्त्रणा गरी FASHION HOME ले स्टुडेन्ट अफ द इयर कार्यक्रममाप्रदान गरेको CERTIFICATE लाई मैले जीवनको मूल्यवानCERTIFICATE ठानेको छु | मैले यस्तो खालको कार्यक्रममा अतिथि भइत्यहाँ दिएको जिम्मेवारी पूरा गरेको पहिलो पटक हो | छोटो समयमा एउटाविद्यार्थी ले निकै प्रगति गर्न सक्दोरहेछ | हार्दिक बधाई युवराज चौलागाईंभाइलाई ! मात्र एक महिनाले हाम्रो स्मरण लामोसमय गराई रह्यो | खुसी छु,एउटा गुरुको नाताले !

    म गुरु मात्रै होइन, बुद्ध अध्ययन केन्द्र पीएचडी केन्द्रीय क्याम्पसकीर्तिपुरको विद्यार्थी पनि हुँ | मैले मेरो गुरुलाई happy teachers day मात्रैलेखेको थिए | युवराज चौलागाईंभाइले मेरो आँखा खोल्यो, एउटा गुरुलाईयति लेखेर, यो मैले केवल औपचारिकतामा मात्रै निभाएको रहेछु भन्ने मलाईथाहा भयो | औपचारिकतामा मात्रै प्रदान गर्नु त मूर्खतापूर्ण काम रहेछ | तिहरफहरुले मनमा एउटा भावना पैदा गर्यो, म मेरो गुरुका लागि केही हरफहरुकिन र्समर्पण नगरउ ? 

    सर्वप्रथम आदर्णीय गुरु वेदराज ज्ञवाली ज्यु, गुरुपूर्णिमाको नमन गर्न चाहन्छु ! जन्मदिने बाबुआमाभन्दा कम महत्वपूर्ण हुँदैनन् गुरु | जन्म एउटा सामान्यप्राकृतिक नियम हो भने, ज्ञान विशिष्ट प्रकारको खुबी रक्षामताको प्रस्तुति हो | जो आफै हुन निकै गाह्रो पर्छ | त्यसैले यस्तो बन्दा बन्दीको अवधिमा हजुर द्वारा प्रदानगरिएका अमूल्य ज्ञान सुझावहरुलाई संक्षेप रूपमा यहाँप्रस्तुत गर्न गर्ने जमर्को गरेको छु | 

    विश्वमा कोरोनाले आतंक मच्चाइरहेको थियो  | यस्तोबन्दा बन्दीको समयमा बौद्धिकवर्गहरुको एउटा छलफलकार्यक्रम राखी देशलाई केही योगदान दिन सकिन्छ भन्नेहेतुले हजुरको संयोजकत्वमा विविध कार्यक्रमहरु भएजसमा हामी सहभागी भई थुप्रै ज्ञान आर्जन गर्ने मौकापायौं |

    मिति २०७७|०१|३१ का दिन विचार प्रश्तोता-प्रा.डा. रामेश्वर अधिकारी ज्युले हालको महामारीद्वारा सिर्जितशिक्षा र अनुसन्धानका नवीन अवसरहरू बारे उच्चतमविचार प्रस्तुत गर्नुभयो | नेपालमा वैज्ञानिक हरु छन,गर्नसक्छन्,सम्भब छ, सरकारले जिम्मेवारी देखाउनु पर्दछ| भन्नेकुरा यो प्रस्तुतिबाट, प्रष्ट हुने मौका पाईयो | मिति२०७७|०२|०२ गते शुक्रवार विचार प्रश्तोता- उपप्रा.वेदराजज्ञवाली: “बौद्ध दर्शन र मार्क्सवाद तुलनात्मक अध्ययन”विषयमा निकै बिश्लेषणात्मक प्रस्तुति गर्नुभयो | सम्भवतमैले जीवनकालमा बुद्ध र मार्क्सवाद संगै तुलना गरेकोअध्यन ज्ञान प्राप्त गरेको पहिलो पटक हो | मिति२०७७/०२/१० गते कोरोनाले दिएको शिक्षा, सम्बन्धिप्रस्तुति प्रा डा प्रेम सागर चापागाई ले गर्नु भयो | विश्व टप१० स्तरमा रहेका विश्वविद्यालयहरुले online कक्षाहरुकसरी सञ्चालन गरिरहेका छन् र नेपालमा त्यसकोसम्भावना के छ भन्ने बारेमा अन्तरक्रिया भयो | र टि यु माके कसरि गर्न सकिन्छ भन्ने एउटा धारणा बनाउन योकार्यक्रमले ठूलो सहयोग गरे गर्यो नै हो |   

    “Pandemic and Biodiversity Conservation”, “Public Health and Social Measures to Control of Covid-19 in Nepalese Context” , Local Knowledges, Global Lessons: Academic and Intellectual Work During Quarantine”, COVID-19 & Steps towards Digitalization of TribhuvanUniversity” आदि आदि जस्ता महत्वपूर्ण विषय हुँदैसप्ताहव्यापी योग दिवस कार्यक्रम भब्य रुपमा सम्पन्नभयो | कार्यक्रममा उपप्रध्यापक वेदराज ज्ञवली सरकोउपस्थिति कहीं पनि कमी भएन | उहाँ अग्रभागमा रहेरकार्यक्रममा सक्रियता भाग लिनु भएको पाइयो | यो एउटाविद्यार्थीको नाताले नमूना उदाहरणको रुपमा लिन सकिने,गर्व गर्न सकिने ठाउँ रह्यो भन्न सक्दछु |

    अर्कोतिर पिएचडी online class चलिरहेको थियो | उहाँले मूलरूपमा दिनुभएको  निर्देशनात्मक भनाईहरुसंकलन गर्ने प्रयत्न गरेको छु | बौद्धिक जगतमा अवश्यहितकर हुने ठानी यहाँ प्रस्तुत गरेको छु | पुन म मेरो गुरुगुरुलाई नमन् गर्न चाहन्छु | साथै देशभरका ज्ञात अज्ञातगुरुहरुलाई गुरुपूर्णिमाको पूर्ण शुभकामना ! 

    बौद्धिकहरुले सुधार गर्नुपर्ने कुराहरूको प्रसंगमाउपप्रध्यापक वेदराज ज्ञवली सरले दिनुभएका महत्वपूर्णखुराकहरु:

    जुन कुराले हामीलाई मद्दत गर्दैन त्यसलाई निर्मम संगहटाउन सक्नुपर्छ | विद्वत ब्यक्तिव निर्माण हाम्रो उद्द्य्स्य हो| हार जित को कुरा होइन | हामीले अरुको ब्यक्तिवलाइ,भावनालाइ स्वीकार गर्नुपर्छ | सजिलो संग ज्ञान प्राप्तिकोदिशामा अगाडि बढ्न यस्ता कुराले सजिलो हुन्छ | नामबाट सुनाम फैलाउने हाम्रो उद्देश्य हो | तपाइँ हामि त्योहोइनौ जो आफुलाई ठानी रहेका छौ | चिन्तन ठिक नभएचिन्ता बडाउछ | जस आफुलाई र अपजस जति अरुलाईदिनु हुँदैन | यात्रामा हामि कहा छौ भन्दा पनि हामि कहापुग्ने भन्ने कुरा महत्वपुर्ण हो | अरुले देखाइदिएको कमिकमजोरी स्विकार्न नसक्नु नै स्वयंको लागि घातकपूर्णहुन्छ |विद्वान उपर काहिल्यै घमण्ड नगरौ | घमण्डले विद्वताको नस्ट गर्छ | बल्ल मेरो आँखा खुल्यो !

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै