•            
    • Hikmat Dangol

    • २३ असार २०७७, मंगलवार ०७:२५

    अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

    वासिंटन पोस्ट  । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४०लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ ।

    अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनिकोरोना महामारीका समय  अमेरिकी निजी क्षेत्रकाश्रमिकहरूकोपारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरकोसङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रमबजारबारे विश्लेषण गर्दैआएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दैैवासिङ्टन पोष्टले लेखेको छ ।

    पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएकाउद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमादेखिएको योअवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिकसङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ ।

    महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकलेपूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमाकामगर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयकोतथ्याङ्कमा उल्लेख गरिएको छ ।

    “मेरो शुक्रबार छुट्टि छ तर मलाई पैसाको आवश्यकताका कारणमैले काम गर्न चाहन्छु, न्यू जसीका डेनिज लेजीले भनिन् । उनलेभनिन्, “मैले कामगर्ने एअर कन्डिसनसम्बन्धि व्यवसायिकसंस्थाले मलाई मेरो साप्ताहिक पारिश्रमिकमा ७२० अमेरिकीडलरबाट घटाएर ५७६अमेरिकी डलर बनाइएको छ ।” उनीमहामारीका कारण अमेरिकामा पारिश्रमिक कटौतीको सामना गर्नेएक प्रतिनिधि पात्र हुन् ।

    “वेतन कटौती अत्यधिक असामान्य बनेको छ । फर्महरूलेसामान्यतया प्रशासनिक चुनौतीहरूको सामना गर्नेभन्दापारिश्रमिककटौतीलाई सहज समाधानका रूपमा लिएकोपाइन्छ”उनको भनाई छ ।

    पत्रिकाका अनुसार केही व्यवसायले ५–५० प्रतिशत पारिश्रमिककटौती गरी कम्पनी वा फर्ममा आश्रित कर्मचारीलाई धान्नेचलाखीपूर्णनिर्णयहरू गरेका छन् ।

    गत वर्ष श्रम क्षेत्रमा ठूलो लाभ आर्जन गरेको अमेरिकामामहामारीका कारण देखिएको आर्थिक प्रभाबप्रति अर्थशास्त्रीहरूलेचिन्ता व्यक्तगर्न थालेका छन् ।

    श्रम बजारका विज्ञ तथा स्मिट फ्युचर्सका आर्थिक अनुसन्धानप्रवन्धक मार्था गिम्बेलले भन्नुभयो, “हामीलाई रोजगार वृद्धिकोमामिलामातेस्लाको मानव संशाधनको प्रमुखले विश्वव्यापी सङ्कटकोक्रममा देखिएकोे पारिश्रमिक कटौतीलाई ‘साझा बलिदान’ भनेरचित्रणगर्नुभयो । दुबै साना र ठूला कम्पनीहरूले भुक्तानीकाटिरहेका छन् ।

    पोष्टसँगको सहकार्यमा तयार एक तथ्याङ्कमा साना व्यवसायकोलगभग एक तिहाइले र कामदारको तलब वा घण्टा कम्तीमा१०प्रतिशतले कटौती गरिएको पाइएको तेस्लाका गुस्टोले बताए ।थोरै गति देख्न लामो समय लाग्यो तर पछिल्लो अवस्थालेफेरिझस्काएको छ ।

    अध्ययन अनुसार कम्तीमा एक कामदारको पारिश्रमिक कटाउनेव्यवसायहरू ९.५ प्रतिशत रहेका छन् भने २२ प्रतिशतलेकामगर्नेसमयलाई कटौती गरेका छन् ।

    अमेरिकामा तलब घटाउने कम्पनीहरूको सूचीमा जनरल मोटर्स, बजफिड न्यूज, ओक्सिडेंटल पेट्रोलियम, एचसीए हेल्थकेयर, मासजनरल ब्रिघम, तेस्ला, सोथेबीलगायत रहेका छन् । “तलबकटौतीका कारण उच्च पारिश्रमिक भएका मजदुरहरुको लागिपुनर्भरण गर्नगाह्रो हुने देखिन्छ,” इन्डिड हाएरिङ ल्याबकाअनुसन्धान निर्देशक निक बन्करले भने ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै