•            
    • Sanu Raj Dangol

    • ५ जेष्ठ २०७७, सोमबार १२:०६

    प्रेसको दुरुपयोग नगर्न पत्रकार महासंघको आग्रह

    काठमाडौं, ४ जेठ । नेपाल पत्रकार महासंघले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा पनि क्रमशः बढ्दै गएको सन्दर्भमा अग्र भागमा रहेर समाचार संकलन गर्नुपर्ने सञ्चारकर्मीहरु थप जोखिममा पर्दे गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    अहिलेसम्म ४ जना सञ्चारकर्मी कोभिड १९ को संक्रमणमा परेको र चारैजना पत्रकारहरु अहिले स्वास्थ्य उपचार गराइरहेको महासंघले जनाएको छ । ‘कार्यस्थलमा खटिने सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि महासंघले आवश्यक पहल गरिरहेको छ,’ महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अहिलेसम्म ३ सय ५० भन्दा बढी सञ्चारकर्मीहरुको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ भने अन्य पत्रकारहरुको परीक्षणका लागि आवश्यक प्रबन्ध भइरहेको छ ।’

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै