•            
    • Hikmat Dangol

    • २२ असार २०७७, सोमबार ०४:२७

    क्रान्तिकारी बुद्ध!

    Babu Ram Ghimire , Buddhist Study, TU. , PhD Scholar

    जन्ममृत्यु पुनर्जन्म:

    आज बुद्धको जन्म, जन्म स्थान, मृत्यु, ज्ञान, धर्मको बारेमाविवाद छ, बिबाद के का लागि? जे को लागि भए पनि बुद्धकोबुद्धत्व बढ्दो छ | कुनै पनि व्यक्तिमा ज्ञान बढ्दै जादा, उसलाई अपुग महसुस  हुन्छ | मलाइ यति धेरै प्रश्नको उत्तर थाहा पाउनमन छ कि बुद्ध र बुद्ध ज्ञानको बारेमा, थुप्रैले अरुलाई बुझाउनखोज्छन तर ति आफै पनि बुझ्दैनन, किनभने यो अति बृहद छ | 

    उनले जन्म, मृत्यु, र पुनर्जन्मको बारेमा स्पस्ट, धारणा राखेकाछन् | किनकि ब्रह्माण्ड जल, वायु, पृथ्वी, आकास र अग्नि पाचतत्त्वहरुले बनेको छ | हाम्रो मृत शरिर  ति तत्व भन्दा अन्त जानसक्दैन |  मानिसको जन्म, मृत्यु, हुर्काइ, बढाई, सबै यहि तत्व भित्रहुन्छ | मृत शरिर चाहे गाडीयोस, चाहे पोलियोस, वा बिशेषतरिकाले सजाओस | त्यसैले पुनर्जन्म सम्भब छ | यो बिज्ञान रबैज्ञानिक उत्तर हो | 

    कम्युनिष्ट मुलुकमा बुद्ध:

    आज दलित, जात, जातिका मुद्दा उठिरहेको छ | ठाउँको नाम कोबारेमा बिबाद छ | तर उनले दलित भनिने सुनार जातिको घरमाखाना खाइ, ज्ञान बाड्ने काम गरेका थिए | कुष्ठरोगी सँगै बसेरज्ञान बाडेका थिए | उनले कहिल्यै क्रान्ति शब्दका कुरा गरेनन | तरपरिवर्तन र सुधारका खाँतिर, बुद्दका कारणले थुप्रै ठाउमा युद्द रआन्दोलन भएका छन् | उनि बिबादमा कहिल्यै आउन चाहेनन् | तरआज बुद्धको रुप र स्वरुप आफै हो भन्ने, दलाइ लामा विश्वभरबिबादमा परेको देखिन्छ |

    अमेरिका, चीन र भारत त्रिदेशीय सम्बन्धमा दलाईलामाखेलिरहँदा, बुद्ध धर्मको नाम बदनाम महसुस हुन्छ | जो र जे सुकैठिक होला तर बिबाद त कायमै भयो, चिन र दलाइ लामाकोबिचमा | आखिर दुवै बुद्दका अनुयायी हरु नै हुन | न्याय अन्यायआफ्नै ठाउँमा तर्कसङ्गत होला, विवाद फैलाउन को अलावानिष्कर्षमा पुर्याउनु पनि त्रिदेशीय कर्तब्य हो | तर त्यसो भइरहेकोछैन | समाधान गर्न पनि चाहँदैनन्, बुद्द भएको भए यस्तो अबस्थाआउने थिएन | बुद्दलाई मन नपरने  रस र राग, बुद्द धर्म  अपनाउनेदेश थाइल्यान्डमा छ | त्यहा यौन  ब्याबसाय फस्टाएको छ | धर्मलाई अफिम मान्ने कम्युनिष्ट मुलुकहरु पनि बुद्दलाईअपनाउछन | तर जहा बुद्द जन्मे , हुर्के, ज्ञान प्राप्त गरे त्यहाअनुयायी हरु हुनुपर्ने जति छैनन | त्यसैले, परिवर्तनका पक्षधरगौतमबुद्ध महान कान्तिकारी !

    अन्तमा मैले बुझेको बुद्द ,बैज्ञानिक, क्रान्तिकारी, डाक्टर, न्यायाधीश थिए | किनकी त्यो बेलामा यी पदहरू थिएनन्, आज जस-जसले त्यो काम गर्छन् त्यसबेलामा गौतम बुद्ध एक्लै यीकामहरु पनि गर्दथे, जनताका लागि निःशुल्क सेवामा | उनले थुप्रैपटक रोगीहरुको उपचार गर्न सफल भएका छन | कुनै मानसिकवा शारिरिक रोगीले उनलाई समस्या राखेमा वा थाहा पाएमाबुद्धले सहजै निको र सन्चो बनाइदिन्थे | उनको प्रबचन पनि उपचारहो |  उनि अनेक अभाब र पिडामा रमाउन जान्दथे | त्यो नै मानबजिबनको सबै भन्दा ठुलो सम्पत्ति हो | अन्तमा मैले बुझेको बुद्धपारदर्शी, सादकी, दुरदर्शी, साधा, बुद्धत्व प्राप्त गरेका थिए उनले |गौतमबुद्ध महान कान्तिकारी !

    अन्तिम यात्रा

    एउटा व्यक्तिको जन्म, किशोरावस्था, जवान, वृद्धावस्था हुँदै,मृत्यूको सँघारमा पुग्दछ | स्वयं बुद्धमा पनि त्यो नियम लागु हुने नैभयो | तर बुद्धलाई आफ्नो जीवनकालमा आफ्नो मृत्युको अग्रिमज्ञान भएको पाइन्छ | यो कुरा उहाँको भ्रमण र प्रबचन द्वारा पुष्टिहुन्छ | सोही क्रममा, निकटस्थहरुसंगको भेट गर्दै -श्राबस्ति-७५पटक,राजागृह्-२४ पटक,कपिलबस्तु-६ पटक,बैशालि-६ पटक, कसमाधम-४ पटक गए । करीब उत्तर भरत पुरै पैदल घुमे ।त्यहाँका आवश्यक सबैलाइ आफ्नो धम्मको बारेमा ज्ञान दिइप्रभाब पारिसकेका थिए । अन्तिम भेट – छोरा, श्रीमति, सङ गरे रधम्मको कुरा गरे ।मैत्री, करुणा, समताको बारेमा राहुल लाइबताए ।अनी आफूलाई कुनै फाइदा नै हुने भएपनि अहिले झूटबोल्न हुँदैन भने ।  

    निकटस्थ भिक्षुहरुलाई उहाँले आफ्नो मृत्युको बारेमा बताएको, अब अन्तिम यात्रा निश्चित गरि यो यो ठाउँमा यात्रा गर्ने ,त्योयात्राको अन्त्य त्यहाँ गएर गर्ने र मृत्युवरण गर्ने, आनन्द (सबैभन्दानजिकको सेवक भिक्षु )लाई दोषारोपण हुन्छ  | जस्ता कुराहरुभविष्यवाणी गरेर मृत्युवरण गर्ने त्यहाँ पुगेँ | मेरो मृत्यु भइसकेपछिजोरसाल को  रूखमा लगेर अन्त्येष्टिको गर्नु, भनेर उहाँले अग्रिमप्रवचन दिइरहनुभएको थियो | जुन कुरा हुबहु पुष्टि हुन्छ, मृत्युपछिविवाद हुन्छ भन्ने कुरा उहाँले पहिले नै थाहा थियो | बुद्धको अस्तुकोबारेमा ठूलो लडाई भयो |

    अन्तमा:

    यसबाट के प्रष्ट हुन्छ भने बुद्धले त्यति लामो समय ज्ञान प्राप्तीकोलागि दरबार, परिवार, छोराछोरी, श्रीमती, सबै छोडे पनि अन्तिमअवस्थामा माया-ममता भाव प्रकट गरे | भने अर्कोतिर अन्तिमज्ञान, आफ्नो उत्तराधिकारी छोरालाई प्रदान गरेर, मृत्युवरण गर्नेसमय आइसकेको संकेत गरे | धर्म, ध्यान, तपस्यामा लागे पनिपरिवारको माया ममता फरक किसिमले ज्ञानको भावले भएतापनिलागिनै रहन्छ | बुद्दलाइ सारी पुत्र र महामगोलाना दुई शिस्यकोमृत्यु ले अति पिडा दिएको थियो। आफ्नो बुढयौलीपन ,आफ्नोबारेमा पटक्कै चिन्ता थिएन | अनि उनले अब कुशिनगर गै आरामगर्ने बिचार् गरे। जसरी एउटा क्रान्तिकारी योद्धालाई मृत्युकोनिश्चय पहिले नै हुन्छ, त्यसैगरी बुद्धलाई आफ्नो मृत्युबारे थाहाथियो | त्यसैले गौतमबुद्ध महान कान्तिकारी !

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै