•            
    • TOKHA LIVE

    • ५ भाद्र २०७९, आईतवार २०:५२

    अब सम्झनामा मात्र रहे प्रदिप गिरी !

     

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भदौ ५,२०७९

    काठमाडौं /लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरे पनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई कम्युनिष्ट राजनीतिक दर्शन बोक्ने नेता र दलहरुले पनि उत्तिकै सम्मान गर्छन् । त्यसो त उनले कम्युनिष्ट नेता कार्यकर्ताका अघिल्तिर उभिएर कम्युनिष्ट विचार र दर्शनको ज्ञान समेत बाँडेका थिए । जीवनभर कांग्रेसको राजनीति गरेका उनलाई पार्टीभित्र नेताहरुको नेपालमा कम्युनिष्ट फैलाउन सघाएको आरोप समेत लगाउँथे।

    नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाकासमेत सहयात्री थिए। गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दादेखिको राजनीतिक उठबस थियो । गिरीले २०२४ सालमै बनारसमा नेपाल छात्र संघको चुनाव जितेका थिए ।

    सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेताहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा गिरीले करिब चार वर्ष जेल जीवन पनि बिताएको थियो ।

    संसदीय राजनीतिमा भने गिरी २०५१ सालपछि मात्रै सत्रिय भए । उनले २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए । ०५६ मा भने उनी पराजित भए । २०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनी समानुपातिक तर्फबाट संविधान निर्माणको काममा संलग्न भए ।

    २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने गिरीले सिरहा क्षेत्र नं. १ बाट चुनाव लडे । बाम गठबन्धनका बीच पनि उनले चुनाव जिते । उनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य थिए ।संसद्मा मधेशी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर बोल्ने नेता गिरी मधेस आन्दोलनको भाष्य निर्माण गर्ने नेतामध्ये पर्छन् । मधेसी जनताको भावनालाई नजिकबाट बुझेका उनले संविधान निर्माणमा भूमिका खेलेपनि २०७२ सालमा संविधान जारी हुँदा संविधानमा हस्ताक्षर भने गरेनन् ।

    अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
    राजनीति गर्ने, तर जिम्मेवार पदमा नबस्ने नेता गिरी भूमिका पाउने डरले भाग्ने गर्थे ।भने २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा गिरीलाई जिताउन सिरहा पुगेका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले खुला सभामै भने ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म उहाँलाई शक्तिशाली मन्त्रीसहित प्रधानमन्त्री बनाउँछु ।भने

    तर, चुनाव नै हारेपछि गिरीको अनौठो प्रतिक्रिया चर्चित भयो। त्यो बेला गिरीले भनेका थिए– ‘मलाई मन्त्री बन्नबाट भगवानले बचाउनुभयो। म किसुनजीको आग्रह टार्न सक्दिनथेँ । तर भगवानले चुनाव हराएर त्यो अवस्थाबाट मुक्त गरियो। चार पटक सम्म सांसद बनेका गिरीलाई ०६२/६३ पछि मन्त्री पदका अफर पाएको थियो । तर, स्वीकारेनन् । खास उनी मन्त्री बन्नबाट भाग्नुको कारण भने स्वतन्त्रता गुम्छ भन्ने डर रहेको थियो।

    उहाँले मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ, मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ। र फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन, व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफु सकिने डर हुन्छ । भने गरिन्थ्यो,

    नेता गिरीसँग लामो सहकार्य र संवाद गरेका वरिष्ठ पत्रकार किशोर नेपालको नजरमा नेता गिरी सत्ताको लोभ नगर्ने नेता हुन् राजनीति’ गिरीको प्राथमिक रुचि नै होइन ।
    प्रदीप गिरीको प्राथमिक रुचि भनेको साहित्य हो । त्यसपछि उहाँको झुकाव अध्यात्ममा नै थियो । राजनीति त तेस्रो रुचि हो उहाँको, गिरीसँगको वार्ताबारे नेपालले केही साताअघि लेखेका छन्। गिरीको चर्चा राजनीतिकै कारण बढी हुने गर्छन्। राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने पार्टीको ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा ? तर, प्रदीप गिरीले भने मैले सत्ताको लोभ देखेको छैन। त्यसबाट उत्पन्न हुने विकारबाट गिरी निकै टाढा हुनुहुन्छ।’

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै