•            
    • Hikmat Dangol

    • २१ असार २०७७, आईतवार २०:४७

    बालप्रेमी खेलकुद मण्डलको विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

    टोखा लाइभ ।बालप्रेमी खेलकुद मण्डलले गुरू पूर्णिमाको विशेष पावन पर्वमा सम्मान, स्थानिय भेषभुषा, भाषा, संस्कृति र टोखा सॉस्कृर्तिक कला केन्द्रको विशेष प्रस्तुती तथा प्रदर्शनीसहित सॉस्कृर्तिक कार्यक्रम आइतवार भव्यताका साथ सम्पन्न गरेको छ ।

    जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपालको प्रमुख आतिथ्यतामा र बाल प्रेमी खेलकुद मण्डलका निवर्तमान अध्यक्ष रमेश डंगोलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । गुरू पूर्णिमाको सम्मान तथा बाल प्रेमी खेलकुद मण्डलको सांस्कृतिक कार्यक्रममा टोखा सरस्वती गा. वि . स का भूपु अध्यक्ष बाबुलाल डंगोलले कार्यक्रम संचालन गर्नुको साथै स्वागत मन्तव्य पनि राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्ण बहादुर राईले पानसमा बत्ती बाली शुभारंभ गरी बाल प्रेमी खेलकुद मण्डललाई शुभकामना दिनुका देशमा राष्ट्रीय खेलाडी उत्पादन र प्रवद्र्धनका लागि स्थानीय स्तरमा यो राम्रो शुरुवात भएको बताए । कार्यक्रममा स्थानीय टोखा सॉस्कृतिक कला केन्द्रका कलाकारहरुले विभिन्न आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बाल प्रेमी खेलकुद मण्डलले हरेक वर्ष माघ ४ गते तथा विभिन्न चाडपर्वमा सांस्कृतिक कार्यक्रम गर्दै स्थानीय स्तरमा मनोरञ्जन पनि दिँदै आएको छ ।

    यो कार्यक्रममा अतिथिको रूपमा पाल्नु भएका कृष्ण बहादुर राई, उपत्यका हेड डोजोका अध्यक्ष बाबुलाल डंगोल, उपत्यका हेड डोजो तथा केन्द्रीय सदस्य लक्ष्मण डंगोल, नाइनचक्कु र नेपाली खुकुरी ज्ञाता किरण राई, जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल केन्द्रीय उपाध्यक्ष सुरेन्द्र लाल नकर्मी , जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल केन्द्रीय सह सचिव सानुबाबु तामांग,जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल केन्द्रीय सदस्य तथा नृत्य निर्देशक समीर डंगोल, जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल केन्द्रीय सदस्य सरिता सापकोटा , जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल उपत्यका हेड डोजो प्रशिक्षक दिनेश डंगोल, जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल उपत्यका हेड डोजो प्रशिक्षक प्रतिक डंगोल, जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल उपत्यका हेड डोजो प्रशिक्षक तथा सॉस्कृतिक कला केन्द्रकी सदस्य रचना डंगोल, सविता डंगोल , योग गुरू ध्रुव मजुमदार , ह्ववाइट हाउस कलेजका शिक्षा विज्ञ श्याम श्रेष्ठ र टोखा लाइभ डट कमका अध्यक्ष हिक्मत डंगोलको समेत उपस्थिती रहेको थियो।

    बाल प्रेमी खेलकुद मण्डलको सभापति रमेश डंगोलले प्रमुख अतिथिहरूलाई सगुण दिई दोसाला ओढाएर सम्मानित गर्नु भएको थियो भन्ने जापान कराते डो नान्बुकाईका खेलाडीहरूले प्रमुख अतिथिहरुलाई फुलको गुच्छा दिई स्वागत तथा सम्मानित गर्नु भएको थियो ।

    आजको कार्यक्रममा बोल्नु हुँदै उपत्यका हेड डोजो तथा केन्द्रीय उपाध्यक्ष तथा भुपु गाविस अध्यक्ष बाबुलाल डंगोलले सही सूचना दिने , सत्य बताउने , सही मार्ग देखाउने, शिक्षा दिने र यो सबै बोध गराउने सबै गुरु समान हुन् । आज गुरु पूर्णिमाको दिन – जसले आफ्नो स्वार्थ नहेरी सही अर्थमा आफ्ना शिष्यहरुलाई शिक्षा दिएर सही बाटो देखाए त्यस्ता युग पुरुष गुरुहरुमा मेरो नमन भन्दै सही गुरू छान्ने शक्ति हामीलाई प्रदान गरोस भन्नुभयो।

    सो गुरूपुजा कार्यक्रममा विद्यार्थीहरुद्वारा माझी, तामाङ, मगर, नेवार, सुनुवार लगायतका स्थानिय जातजातिका जीवनशैली झल्काउने स्थानिय प्रविधि, भेषभुषा, गीत, नृत्यहरू प्रस्तुत गरिएको थियो ।

    सयौँको संख्यामा स्थानिय समुदाय, अभिभावक र छिमेकी विद्यालयका विद्यार्थीहरुको समेत उपस्थिति रहेको उक्त समारोहलाई सम्बोधन गर्दै भूपु गाविस अध्यक्ष बाबुलाल डंगोलले नयाँ पुस्तामा देखिएको आफ्नो जातिय तथा परम्परागत पेशा प्रतिको वितृष्णालाई यस बाल प्रेमी खेलकुद मण्डलले केही हदसम्म कम गरि आफ्नो मौलिक पहिचानप्रति गौरव गर्न बालबालिकाहरुलाई प्रेरित गरेको बताए ।

    यस्तै गरी बाल प्रेमी खेलकुद मण्डलका सभापति रमेश डंगोलले टोखाको संस्कृति र संरक्षणका लागि आफुले वार्षिक १ लाख २० हज़ार विभिन्न सॉस्कृतिक खल: लाई सहयोग गर्दे आईरहेको जानकारी दिनु भयो। उनले विगत ९ वर्ष देखि निरन्तर रूपले सो रकम सहयोग गर्दे आउनु भएको खुलस्त पार्नु भयो।

    जापान कराते डो नान्बुकाई सितोरियोमा आबद्ध सम्मान तथा सांस्कृतिक कार्यक्रममा सितोरियो कराते सिक्दै छात्रछात्राहरुले आ‐आफनो विभिन्न व्यङ्गनात्मक नृत्य सामाचार समेत प्रस्तुत गरेको थियो ।कार्यक्रमको अन्यमा सबै अतिथिहरूले केक काटेर समापन गरियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै