बाबुराम घिमिरे phd scholar
सम्पत्ति चर्चा:
राजदरबारमा सुनको सिंहासन, सुनैका सुत्ने पलङ, चौरासी व्यंजन , नोकरचाकर बिचको स्याहार, १००० हलगोरु संगै नारेर छर्नु पर्ने खेत, अनगिन्ति सम्पतिकोमालिक, एउटा सामान्य पारिवारिक कायक्रममामाहामाया (सिद्धार्थ गौतम आमा)ले ४००००० नगद दानगरेकी छन् | यो अहिलेको लाख होइन, २५००वर्षअगाडिको सम्पत्ति चर्चा हो |
एउटा सम्रिद्द राजा, राजपरिवारको खानदानी, बाहिर बाटहेर्दाको वहाई वहाई, भित्रको बास्तबिक ब्यबहार मनपराउन नसक्ने भयो, बुद्धको हुर्कदो ज्ञानले | इतिहासमाजतिनै दुख लुकाए पनि, ७ दिनमा आमा मर्दाको पिडाकति भयो होला ?
किन शान्ति?
नया सोचाइ कि अति दुखमा ! कि अति सुखमा आउछ |त बुद्दलाई केले खोज मुलक सोचाइको चिन्ता र चिन्तनपैदा भयो | उनलाई आज शान्तिका दिप भनिन्छ र हो | तरकिन चाहियो बुद्दलाई शान्ति? किनभने उनको मनमाअशान्तिको बाडी मडारिएको थियो | भोको पेटले जसरिभात खोज्छ, त्यसरी नै बुद्द बास्तबमा सधै भोको थिए | बुद्द८० बर्ष सम्म अघाउन सकेनन |
बुद्धको यात्रा:
उनि यति धेरै माइल हिडे, यति धेरै माइल हिडे, यति धेरैमान्छेहरुलाई भेटे, यति धेरै प्रबचन दिए, न अनुसन्धानगरियो, न कतै छापाखानाले छापायो | उनको ज्ञानलाई, एक व्यक्ति बाट अर्को व्यक्तिमा कण्ठस्थ पारेर बिस्तारगरियो | सोहि अनुसार उनका बिचार आज हामि बिचभिडिओ , किताब, फिलिम, वा अन्य माध्यमबाट हामिसुन्न सकिरहेका छौ | संसारका महान मान्छेहरुकाकृतिहरुको संख्या भन्दा, उच्च संख्यामा छपाइएका , लेखिएका, प्रबचनका रिलहरु, अनेक यन्त्र र माध्यमहरूछन् | तरआजको यो व्यापकता बुद्धलाई थाहा हुने कुरोभएन | कल्पनासम्म पनि थिएन, त्यो समयका लागि योअकल्पनीय नै हो | विज्ञान पढेको विद्यार्थी म, केहीवर्षअगाडि सम्म, बौद्ध धम्मको बारेमा कसैले कुरा गर्दासुन्न र सोच्ने मन लाग्दैनथ्यो, यो घटना स्वयं मेरो लागिअकल्पनिय छ |
सुजाताको खिर:
सिद्धार्थ गौतम, ज्ञानका बारेमा सोच्दासोच्दै, सोच्ने नसक्नेभैसकेका थिए | तर खोजीमै थिए ,स्वास्थ स्थितिमरणासन्न हुनेवाला थियो | यदि सुजाताले उनलाई खिरग्रहणको प्रस्ताब राखी नखुवाएको भए, मह र मख्खननखुवाएको भए | ज्ञान प्राप्त हुन सक्दैन थियो भन्नसकिन्छ | उनले भोकले भन्दा अघाएको र सन्तुस्ट पेटबाटज्ञान प्राप्त गरे | निरासा भन्दा, प्रेमले ज्ञान पाए | पाप कर्मभन्दा, धर्मबाट ज्ञान पाए | कुरुप भन्दा सुन्दरताकोबिचारमा ज्ञान पाए | कसैको पछाडी लाग्नु भन्दा, दुखलाईपछाडी लगाए र सुखको खोजि के हो ? भनि टुङ्गोमा पुगे|
रुपका धनी सिद्धार्थ:
उनि यति सुन्दर थिएकि उनका आखा बहर गोरुका जस्ता, हेराइ मृगको जस्तो , लामो चौडा पुस्ट छाती, अतिसुन्दर कध, शरिर, सुमुधुर बचन, उनले प्रबचन दिदा उनकोकुरा सुनेर जति प्रभाबित हुन्थे, त्यो भन्दा बढी उनकोसुन्दरताले | तर उनले तिन जोर कपडा मात्र प्रयोग गर्दथे | काम, बासना, गाना, बजाना, उनको सोचाइ बाहिरकोकुरा हो | तर हरेक गुम्बामा गाइने, गित, संगीत, भजनकिर्तन, ले कति बुद्धत्व झल्काउछ, त्यो अनुसन्धानकोपाटो हो | बेसरी बुद्दको स्तुति गाउनु बुद्ध बिरोधि बिचार हो|
पूजा र मूर्ति पूजाका विरोधी:
उनले व्यक्ति पुजा, धर्म पुजा,र मुर्ति पूजालाई ठिकमानेनन् | तर बुद्दका यति धेरै मुर्ति छन कि विश्व गणनामाउल्लेख्य छ, ति बुद्द बिरोधि होइनन बरु बुद्धका अनुयायीहुन् | सबाल यो हो कि सबै अनुयायीले बुद्धत्व बुझ्न पर्छकि पर्दैन | जे होस् नबुझी नहुने कुरा भनेको बुद्ध ज्ञान केहो ? के यो क्रियाकलापहरु बुद्दका हितोपदेश भित्रकै होत ?
व्यापक भिक्षु भर्ना:
पिपलको बोट मुनि खर ओछ्याएर बस्ने, सिंहासन त्यागगर्ने, अनन्त यात्रा गर्ने, भिक्षा मागेर जिबन निर्बाह गर्ने, दलित जाति, महिला, रोगि, कुष्ठरोगी, चोर, डाका ,हरुउनका ज्ञानका श्रोता थिए | फकाउने उद्देश्यलेमानिसहरूलाई, उनले कहिल्यै आफु तिर आउन भनेनन | फ़काएनन तर्साइ रहे, कडा र कस्टकर नियमले, तर मान्छेओइरिरहे | यति धेरै ओइरिए कि समाल्न हम्मे हम्मे पर्यो | अरु भिभिन्न संघहरु गठनगरि शिष्यहरुलाई जिम्मेवारीदिदै गए | फलत सम्प्रेषित बिचारमा फरक पन आयो | आज नेपाल भारत, भिएतनाम, श्रीलंका, बर्मा, थाइल्याण्ड, कोरिया, जापान, चिन आदि देशमा बुद्ध धर्मआ-आफ्नै प्रकारका छन् एकरूपता छैन | यो मेरो खोजकोविषय हो |
अन्तमा:
के उनि इश्वर हुन्? के उनि काल्पनिक मान्छे हुन ? केउनका तस्बिर कलात्मक मात्र हुन कि बास्तबिक हुन ? हरेक देशमा उनका तस्बिर किन एउटै हुदैनन् ?बास्तबिकता के हो ? आदि आदि | बुद्दलाई न मैले देखेन मेरा बाउ बाजे ले देखे, न हाम्रा पिता पुर्खाले नै अपनाए | न म आफै बुद्द धर्बालाम्बी हु | तर के हो भने बुद्दका बारेमामलाइ धेरै जान्न मन छ र यो भ्रम बारे दुनियालाई सचेतगराउने मन छ | क्रमशः…………………………………………………