•            
    • Hikmat Dangol

    • २० असार २०७७, शनिबार १८:२९

    खोकनामा किसान र प्रहरीबीच झडप, हवाइ फायर र अश्रुग्याँस प्रहार , पॉच घाइते

    फ़ोटो- विकास श्रेष्ठ

    टोखा लाइभ ।ललितपुरको खोकनामा धान रोपिरहेका किसान र प्रहरीबीच झडप भएको छ । काठमाडौं-निजगढ द्रुतमार्ग ‘जिरो प्वाइन्ट’का क्षेत्रमा रोपाइँ गर्न थालेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।

    झडपमा पॉच जना सख्त घाइते भएको नागरिक आवाज़का सदस्य विकास श्रेष्ठले टोखा लाइभलाई बताउनु भयो।घाइते हुनेमा उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक् विद्या श्रेष्ठ र दुर्गा महर्जन रहेकी छन्। अरू तीन जनाको नाम खुलेको छैन।प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

    फास्ट ट्रयाक (द्रुतमार्ग) मा पर्ने जग्गामा स्थानीयले धान रोपेपछि रोक्न गएको प्रहरीसँगै झडप भएको हो । विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप सामुहिक रुपमा धान रोपिरहेका किसानलाई प्रहरीले रोक्न खोजेपछि झडपको अवस्था आएको हो । तैपनि हामीले पुलिसलाई पछाडि हटन बाध्य पारी रोपाई गर्न सफल भयौं। नागरिक आवाजका सदस्य रविन्द्र श्रेष्ठले टोखा लाइभ लाई जानकारी दिनु भयो।

    नेवाहरुको आफ्नो भूमिमाथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनास गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले जानकारी दिइन् ।

    ३ हजार वर्ष अगाडिको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कदमविरुद्ध धान रोपेर विरोध गरिएको उनको भनाइ छ । किसानहरु संयुक्त रुपमा धान रोपाई गर्न थालेपछि विहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि उनीहरुले नाराबाजी शुरु गरेका थिए ।

    खेत रोपाईमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भीडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र दर्जनौं हवाई फायर गरेको थियो । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रूतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् ।

    अहिले स्थानीयले नारावाजी गरिरहेको भएपनि अवस्था नियन्त्रणमै रहेको डीएसपी तामाङले बताए। विकासका नाममा आफ्नो थातथलो कब्जा गर्न खोजेको भन्दै खोकनावासी विरोधमा उत्रिएका छन्। यसअघि पनि खोकनावासीले असार १५ गते पुलिसले दमन गरे बावजुत पनि त्यहाँ रोपाइँ गर्न सफल भएका थिए।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै