Babu Ram Ghimire, Buddhist Study, TU.
PhD. Scholar.
टोखा लाइभ ।बुद्धको बारेमा अध्ययन गर्न, कलम चलाउन, धारणाहरुराख्न त्यति सजिलो भइरहेको छैन | किनकि बुद्धलाईभगवान भन्नेहरु धेरै छन् | प्रस्ट विचार नबुझिकन, बुद्धलाईअनुसरण गर्नेहरु अझ धेरै छन् | वास्तविकता र खोजपूर्णलेख लेखिरहँदा, दुई खालका मान्छेलाई दोधार, असहजपनि लाग्न सक्दछ | अति बादी र अन्धभक्तधर्मवादीहरुलाई, अहिले बुद्ध बाँचिरहनु भएको भए,अवश्य यसो नगर्ने सुझाब दिनुहुन्थ्यो | अर्को थरीउच्छृङ्खल भौतिकवादीहरु जो भौतिकवादनै बुझ्दैनन |माक्सवाद बुझ्न सक्दैनन् | तर सबभन्दा ठूला डंकापीड्दछन् | बुद्धं आफै मध्यमार्गी थिए | मध्यमार्गी सिद्धान्तउनको महत्त्वपूर्ण सिद्धान्त हो | जसको मूल मर्म हो दुवैअतिवादबाट बचेर, नयाँ नयाँ विचारको सिर्जना गर्नु |
वास्तविकता:
अर्कोतिर रुढीबादी धर्म संस्कार, अन्य अनेक कुसंस्कारलेदिक्क भएर, दरबारका रमझमले आजित भएर, गौतमएकान्त स्थान खोज्दै गएका थिए | प्रतिफलको रूपमाभेटाए उनको वास्तविक दरबार, विशाल पीपलको बोट |बुद्ध भनेको ज्ञान हो, ज्ञानको भण्डार हो, बुद्धत्व प्राप्तगरेको हुनाले बुद्धत्विवृक्ष भन्दै आजकल बोधिवृक्ष भनिन्छ| तर बुद्ध ज्ञान आफै बाट प्राप्त ज्ञान, कसैको सहयोग लेप्राप्त नगरेको ज्ञान हो | जसलाई बोधिसत्व भनिन्छ | अंग्रेजीमा enlightment भनिन्छ | यो आत्मप्रकाश हो,त्यही संकेतको कारण बुद्धका चित्रहरूमा पहेंलो रचम्किरहेको चित्रहरू चित्रित गरिन्छ | यो सम्मानपूर्वककल्पना गरेर बनाइएको चित्र हो | भावनात्मक चित्र हो |
धर्म र धम्म:
धर्म भन्नाले ईश्वर, प्रभु, पूजा, प्रार्थाना, स्वर्ग हरुलाईविश्वास गरेको बुझिन्छ | तर धम्म भन्नाले समाज, नैतीकता, पुनर्जन्म-पृथ्वी, हावा,पानी, प्रकाश्-तापआदिको उचित व्याख्या भन्ने बुझिन्छ | बुद्ध धर्म होइनधम्म हो | मुख्य तत्त्वहरूको प्रभाबले मृतकलाइ पुन: त्यहीवायुमण्डलमा हावाका रुपमा, पानीका रुपमा, प्रकाशकारुपमा ल्याईपुर्याउँछ | त्यही हो पुनर्जन्म । यो वायुमण्डलर पृथ्वीसँग पुरै सम्बन्धित छ | यो भरपुर विज्ञान हो | त्यसैले शब्द महत्वपूर्ण कुरा होइन, याे समयअनुसारपरिवर्तन हुन्छ | आशय महत्वपूर्ण कुरा हो |
सामान्य मान्छेको जीवन देखि बुद्धबादीको जिवन कस्तोहुनुपर्ने? जस्ता कुराहरु पनि बुद्धले आफ्नो ज्ञानमाप्रवचन मार्फत व्यक्त गरेका छन | यस्तो सामान्य विषयकिन उठान गरे होला भन्ने लाग्छ | बुद्धबादी जीवनमा, बाउछोरा, आमा छोरा, श्रीमान श्रीमती सबैको बारेमा व्याख्यागरेका छन । रोग, भोक,सोक,सबैको बारेमा व्याख्यागरेका छन । खाने कुरा, कमजोर मान्छे, उच्च मान्छे,आदीअनेक किसिमका मान्छेको बारेमा प्रस्ट्याएका छन ।
अनि अर्कोतिर अति महत्वपूर्ण विषयमा निर्वाणा-धम्म,enlightment को बारेमा पनि उनले आफ्नो शिक्षा दिएकाछन् | सामाजिक र राजनीतिक प्रश्न को बारेमा पनिबाताएका छन । उनि युद्द्को बिपक्ष र शान्तिको पक्षमाछन ।
संघ, भिक्षु र कल्पना:
भिक्षु हरुको समुह नै संघ हो ।त्यसमा आफ्नै नियमहरुछन । यो सबै उद्देश्य धम्मकै लागि हो । भिक्षु रशिस्टाचारको नियम मुलत पञ्चशिलको नियम रअष्टांगिक मार्ग । उनले धनलाइ स्वागत गरेका छन । तरत्यो नियम र कडा परिश्रम गरेर कमाएको हुनुपर्छ, साथैउचित खर्च गर्ने उद्देश्य हुनुपर्छ । दान द्क्षीणामा प्रयोगहुनुपर्छ । धम्मका लागि हुनुपर्छ ।
बुद्द र उनका समकालीन:
उनका समर्थक हरु मध्य राजाबिम्बिशार,अनाथापिन्डक, जिबक, अ्बाना, र बिशाखामुख्य हुन ।उनिहरुले ठुला-ठुला उद्द्यान, बिहार,बगैचा,कपडाहरु,दान गरेका थिए, साथै भिक्षु पनिबनेका थिए । उनलाई निकै ठूलो सर-सहयोग गरेका थिए| कुनैपनि संघसंगठन, धार्मिक संस्थाहरु, राजनीतिकसंगठनहरु, पाटीहरु आर्थिक सहयोग बिना, आर्थिकपरिचालन बिना, सञ्चालन गर्न सम्भव रहेनछ | मात्रैधनको उपयोग कसरी गरियो? दुरुपयोग गरियो गरिएन? | भन्ने कुरा ठूलो कुरा हो |
अन्तमा:
25 सय वर्ष अगाडि बुद्धले आफ्नो विचारलाई 25 सय वर्षपछि सम्म परिमार्जन हुँदै यहाँ सम्म आउँदा पनि येति धेरैसान्दर्भिक, समयानुकूल, झनै समयको माग जस्तो रवैज्ञानिक देखिन्छ | त्यसैले वुद्ध धार्मिक ब्यक्तित्व मात्रनभएर, दार्शनिक, सिद्धान्तकार, जीवन र जगतका ज्ञाता रविचार आविष्कार गर्ने वैज्ञानिक थिए भन्ने निष्कर्षमा पुग्नसकिन्छ | किनकी त्यो समयमा दलित, अशक्त,महिलाको बारेमा आवाज उठाउने सक्ने क्षमता बुद्दमाथियो | जुन कुरा अरु समकक्षीले उच्चारण सम्म गरेकाथिएनन् |