•            
    • Hikmat Dangol

    • १७ असार २०७७, बुधबार १९:३३

    बाघ अनि मिन कुमार सर

    Babu Ram Ghimire, Buddhist Study, TU.  

    PhD. Scholar.

    गोरखा सुरुदेखि नै मशाल/मसालको राजनीतक प्रभाव रहेकोजिल्ला हो | जिल्लाभर राजनीतिक नेतृत्व गर्ने शिक्षकहरु नै थिए | २०४२ सालतिर विभाजन भई मशाल र मसाल भयो | मेरो दाजु मसाल को र मलाई पढाउने शिक्षकहरू मशालको भएको, साथै म इकाईकमिटी को सचिब भएकोले मलाई, शिक्षकहरुले स्कूलबाटनिष्काशन गर्ने निर्णय गरे | जबकि पार्टी फुटेको नै मलाई थाहा छैन | विद्यालय व्यवस्थापन समितिले, एस.एल.सी. दिने व्यवस्थामिलाइदियो | एस.एल.सी. पछि, महेन्द्ररत्न ताहाचल क्याम्पसकाठमाडौंमा, गणित-विज्ञान विषय लिई प्रवीणता प्रमाणपत्र तह भर्नागरियो | किनकी मैले स्कुलामा गणित बिज्ञान शिक्षकको तागतअरुको देखेकै थिएन | कलेज बिदा भएको बेला, र म गाउँमा गएकोबेला, गाउँको आफैंले पढेको स्कुलमा विभिन्न खाली कक्षाहरु लिनेगरिन्थ्यो | पढाउने चाहना बढ्दै थियो, शिक्षक हुने लक्षणहरु देखा पर्दैथिए |

    समाजमा भ्रष्ट,शोषण,दमन्,राज्यकारण थियो । शिक्षकहरुकोत्यसको विरोध गर्दथे | यसको मुलकारण सरकारले शिक्षकहरुलाईराष्ट्रद्रोहीको मुद्दा लगाएको थियो । शिक्षा विषय लिएर पढेको,अर्कोतिर शिक्षक हुनु भनेको, झण्डै राजनीतिक पार्टीमा संलग्न हुनुजस्तै छाप बसेको बेला, शिक्षक हुने हुटहुटी बढिरहेको थियो | हाम्रोपरिवर्तनको विचारलाई, राजतन्त्र बाधक थियो । कारण राजतन्त्रराजपरिवार, त्यसको मन्त्रिमण्डल, राजपरिषद, कार्यकर्ताको ब्यापकसन्ख्या, तीनका नातागोता,र समर्थकलाई सेवा सुबिधामा लगानीगर्दागर्दै बजेट नै सिद्दिन्थ्यो ।

    यो २०५३ सालको कुरो हो । म त्त्यो राजनिति भित्रपर्ननसकेकोले, मेरो घर भएको स्थानमा नभई दैनिक २ घण्टा ठाडो,उकालो, रातोमाटो, चिप्लो बाटो, जंगलको बाटो, (पालेको बन) को ओहोर-दोहोर गर्दै जागिर शुरु गरे, श्री भागवती मा. बि. दर्बुङ-६गोर्खामा । बाटोमा हामी तीन जना (म, बाबुराम शर्मा, र मीनकुमार )शिक्षक हरु थियौं, सँगै दैनिक आउने जाने | घर बाट ८:३० बजे प्रायनिस्किसकेका हुन्थ्यौं । तर कहिलेकाही  एक्लै हुँदा, डर लाग्थ्यो |एक्लो हुँदा त दायाबाया हेरेर हिंड्नुपर्ने नै थियो । एकदिन म एक्लैथिए | मेरो र बाघको जम्काभेट भयो १०-१५ फड्कोको बिचमा रअकस्मात देखादेख भयो । जहाँ चौबाटो थियो ।

    सानोमा बुवाहरुले बाघको बारेमा गरेको कुरा सम्झना आयो |अकस्मात्, बाघ भेटेमा, भागी नहाल्नु तर नजिकै रुख चडन सकेबाघले केहि गर्न सक्दैन | तर ती जानेका सबै कुरा दिमागले काम गर्ननभ्याउँने रहेछ | थु -थु कती पटक गर्नु रे! सरासर वास्तै नगरि जानु रे !,पछि हट्नु रे!, आआफ्ना अनुभवहरु आदी । स्कुल छुट्टी भएपछिआएको, पौष महिना, ५:० बजिसकेको थियो । बाघ पातलोजंगलबाट अलि बाक्लो तिर जान खोज्दै रहेछ । दुईवटा बाटोजोडिएको ठाउँ, एउटा मुल बाटो बाटअर्को अलि सहायक बाटो थियो| बाघ सहायक बाटो बाट आएको थियो । सम्भवतः त्यो पोथी बाघथियो, किनकी पेट अलि झोलिएको थियो । यो पहिलो जम्काभेट भनेहोइन | घना जंगलको बिचमा, एक्लै र हतार-हतारमा दौडिएकोले मनमस्तिष्कमा झड्का पर्नेगरी जिउ सिरिङ भयो | सुने अनुसार भाले बाघभन्दा पोथी बाघ, भोक र बच्चा भेट्ने हतारको कारणले बढी खतराहुन्छ | 

    अलि सुरक्षित हुने महसुस गरी, पछाडिको चौतारोमा चढ्न पुगे ।चौतरो अलि अग्लो थियो, उसले हेरिरहेको थियो । थोरै राहतमिलेजस्तो लाग्यो | म अलि अग्लोमा छु जस्तो लाग्यो | केहिबेर्, हेराहेर भयो । यि सबकुरा सम्झेर, बाघसँग जुधेको आखा पछीहटाउदा, पुरै करेन्ट लागे जस्तो भयो | बाघ निकै ठुलो थियो । घरपरिवार्, बा, आमा के के सम्झियो, छोराछोरीलाई, सम्झियो नैबिर्सियो । त्यो भन्दा पहिला गोठालो जादा, धेरै मान्छे, धेरै गाइ,बाख्रा, बस्तु भाउहरुका बिचमा भेटीएको थियो । सबेेले हाहा हुहुगरेपछि भागेको थियो । निकै तलबाट देखेको अलि सानो जस्तोलागेको थियो । यो कुराको पनि सम्झना आयो | सायद्, यि सब कुराबढीमा २/३ मिनेट भित्रका कुरा मात्र हुन । एकैछिनमा, बाग आफुआएकै बाटोमा फर्क्यो । सुनेको उसलाई पनि डर त लाग्छ रे, भनेरथोरै साहास आयो एकातिर, भने अर्को तिर, अब अघी जाउ तओरालो बाटो छ, पछाडिबाट आउला कि भन्ने डर | पछाडि जाउ तगन्तब् उल्टो दुविधा कै बिचमा, आगाडी बढ्ने निधो भो र बेजोडओरालो १०:० मिनेट कुदेर मात्र पछाडि हेरे, अनि मात्र ढुक्क भय, एकैछिन लाई । अझै ४५: 0 मिनेट जती अझ जंगल बाटो बाकी छ । झन -झन डर लाग्दै घर पुगियो । धन्य मेरो जागिर! 

    बास्तबमा घर पुगेसी अझै डर लाग्न थाल्यो, भोलिको दिनसम्झेर् | घरमा केहि पनि नभनि खाना खाएर सुते । किन पिर पार्नु रआफु भन्दा सानालाई भनेर ! न समाधान हुन्छ न के? उल्टाेउनिहरुलाई चिन्ता मात्र, केहि भनिन। सोची, भोली चाही जसरिनीसाथीहरुसँगै जानु पर्छ । अरु सर हरुलाईनी यो कहानी भन्छु, भन्नेयोजना बनाएर सुते । श्रीमातिले किन आज चाँडै सुतिस्या, कि सन्चोभएन भनेकी थिइन । मैले नभनेनि, नदेखाउन खोजेनी केहि अनुहारमाझल्केको रहेछ क्यारे ! राती सपना देखियो यस्तो। गाइ चराउनगाको, गाइ घरमा आइपुग्दा माली चै छैन | खोज्न गए, जाँदा जाँदारात पर्‍यो । बालक बेला गाइ हराए घरामा गाली गर्ने डर, आफ्नोजिम्मालाई जसरिनी पुरा गार्ने जिम्मा अनुसार्, खोज्दा खोज्दा, त गाइबाघले खाइरहेको ठाउँमा पुगियो ! म माली आउ, माली आउ भन्दैकराउदै थिए । जम्काभेट भयो बाघसँग, गाइको मायाले बाघलाईहप्काउन खोज्दा, मलाई आक्रमण गर्न खोज्यो ! म भाग्न कुद्नुचिच्याउन थाले छु ! श्रीमतीले के भयो, भनेर झक्झक्याउदा पो, मझल्यास्स सपनामा रहेछु ! रातको ३:० बजेको रहेछ । सुत्नै सकिन। श्रीमतीलाई सबै घटना विवरण सुनाए ! उनी  निदाइन | मनिदाउन सकिन, एकै छिनपछि फेरि उनी चिच्याउन लागिन् | उनले पनिसपनामा बाघलाई देखिछन | बाघले हजुलाई खेदेको, झण्डै नभ्याको! उज्यालो भयो |

    भोलीपल्ट सरहरुलाई सबै काहानी सुनाउदै फेरि उकालो चढियो| सुरुमात बिस्वास गर्नु भएन । पछी सोही स्थानमा पुगेर चेकजाँचगर्दा, बाघको पाइला डोबहरू, बाघ उभिएको स्थान, देखाएसीपत्याउनु भो। पिसाबको गन्ध पनि आयो | शर्मासरले तेही दिन, पल्लोगाउँमा, बाख्रो खाएको खबर पनि सुनाउनु भयो ।अनी अब सङ सङ्गैहिंड्नु पर्छ भन्ने सल्लाह भयो। स्कुलामा हेड सर अनि सबै शरहरुलाईसुनायौ, विद्यार्थीहरुलाई पनि सुनायौ | अनौठो लागिरहेको थियोउहाँलाई पनि, वास्तविक घटना थियो | घाँस दाउरा गर्ने, मेलापात गर्ने,मान्छेहरुलाई पनि जानकारी दिन आवश्यक हुन्थ्यो | त्यसैले हामीलेसूचना सम्प्रेषित गर्न आवश्यक ठानीयो |हुन त गाउँमा, पहिलोपटकयस्तो घटना भएको होइन | पटक पटक यस्ता घटनाहरु, बाघसँगजम्काभेट, बाघसँग को झगडा लडाई आदि भएका सुनिदै आएको हो| अनी शर्मा सरले नानसिं बाजेले खुर्पाले बाघलाई हानेको अनिबाघले कोपारेर ज्यानभरी बिरुप पारेको घटना सुनाउनु भयो ।

    गोठालो गोठालो जाँदा जंगलमा ठुलो बोकालाई बाजेकैअगाडि बाघले समातेछ | नानसिं बाजे एकातिर बाघ अर्को तानातानभएछ | बाघले नानसिंहलाई झापड हान्यो बाजेले खुर्पाले टाउकामाबजाएछन्, घाइते बाघले पुरै शरीर चिथोरेर कोपरेर, धुजा-धुजा, रगत रगत बनायो | नानसिं बाजे हट्टाकट्टा औलो ज्यान परेका मगर थरकाहुन् उनलेपनि बाघलाई मरणासन्न हुनेगरी पिट्नु सम्म पिटे छोडेनन् | त्यो बेला हामीले पनि देखेको हो, डर लाग्दो, विरूप अनुहारकाबाजेको, नाक, कान छैन, आनुहार बिरुप छ | हातका औंलाहरु छैनन् | हामी मध्य शर्मासर चाही, मेरो पनि सर नै हुनुहुन्थ्यो । कथा जस्तोबास्तबिक काहानी सुन्दै सुन्दै ६:० बजे घर पुगियो | आज भने सन्चोभो सबै लाई सबै भन्न पाइयो । मन हलुङ्गो र चंगा भएको छ |

    अर्को १५-२० दिन पछी, बाटोमा  फेरी मिन कुमार सर र म मात्रैभयौं | उनि र म चाही, समकक्षी र त-तिमी चल्ने खालको साथी थियौं| दैनिक उकाली-ओराली गर्ने क्रममा, हामी ठट्टा सट्टा गर्थ्यौं | उट्पट्याङ र चकचक पनि गर्थ्यौं | हामी भेट हुँदा शिक्षक भएर कुरागर्दैनथ्यो, बिल्कुल सानैदेखिको साथी जस्तो यद्यपि हामी कलासमेटभने होइन | टेडाे गफ गर्न खप्पिस थे मिना कुमार सर । मलाई तिमीनेवार बाहुन काठ्ठा भनेर जिस्क्याइ रहन्थे | म पनि त्यसैगरी जिस्क्याइरहन्थे | अब कुन दिन तिमी कुनै दिन एक्लै पर्छौ अनि कट्टूमा पिसाबफेर्छौ, तिमी नेवार डर छेरुवा भनेर जिस्किदै थियौं | म बाग भेटे भनेतिमीलाई लाईदिन्छु, मैले त चिनी सके, भन्द्दै थिए । उनले पनि बाघभेटेमा म ढुङ्गाले हानेर ठीक पारिदिन्छु, लो बोलाउ भन्द्दै थिए ।अलिअलि हुससु हटेर घाम लागेको बेला थियो | त्यही बेला हामीहिँडेको बाटो भन्दा तल कालो मैलो ढुङ्गामा बागको जस्तो आकृतिदेखियो | अनि मैले यतिकैमा उ बाग भनेर जिस्क्याए । अनि उनले पनिजग्गिको ढुङ्गाले बाग रे , भनेर घुइक्याए, बाघको ढाडै मा लाग्यो रझ्याम्म परेको कत्तुसको रुख हाम्फालेर नाघेर गयो | हामी दुवैलाईबाघ हो भन्ने विश्वास नै थिएन |त्यो त साच्चै बाघ पो रहेछ ।नसोचेको भो ! दुबै दङगै परियो ! त्यो शुक्रबारको दिन थियो ।सायद ३:० बजेको हुनुपर्छ । हामिले जिस्केर बाजी थाप्ने, बाग होकीहोईन पनि भनेर जिस्किदै थियौं | उनले हतार गरिहाले । बाजी भनेथाप्न भ्याइएन । कहिल्यै बाग हाम्फालेको देखेको थिएन ।आश्चर्यमा पर्यौ, कालो खैरो थोप्ला थोप्प्ला भएको लामो खालकोथियो । हामी घरी घरी स्तब्ध्, घरी घरी हाँसो हासो गर्दै, घर आइपुगेउ४;३० बजे । यस्तै खालको घटनाको संयोग त्योभन्दा पहिले कहिल्यैपनि परेको थिएन |

    हाम्रो संगै जागिर खाने अबधि २०६२ साल सम्म रह्यो | त्यसपछिम त्यहाँबाट सरुवा भए | पछी म काठमाडौँ आए, उनि उतै छन्, कतीबाग उनले भेट्न पाए मलाई थाहा छैन | तर म पुराना यादले सताईएर,त्यही अतितका यादहरुमा, स्मरणमा कलम चलाउँदै छु | भने आखाभरी मेरै मिन कुमार सर छन् । ती अवधिमा धेरै पात्रहरुको संगत भयो,तर झल्झली-झलझली स्मरणमा मेरै मनकुमार सर छन् ! त्यसरीप्रत्येक्ष बाघ,  मिनकुमार सर र म कहिले भेट्न पाइला ? धन्र, मेराछिमेकी मित्रहरुले फरक विचारको भनेर, घरै नजिक जागिर खानदिनुभएन र मैले त्यो अबसर पाए । धन्यबाद मेरा  बिरोधी मित्रहरुलाई! जसले यो अभूतपूर्व स्मरन गर्ने मौका दिनु भो र बाध्यात्मकपरिस्थितिमा काठमाडौँ जागिर खान आइपुग्ने परिस्थिति निर्माणगरिदिनु भयो | त्यसरी प्रत्य़क्ष बाघ , मिनकुमार सर र म कहिले भेट्नपाइला ?  

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै