•            
    • Hikmat Dangol

    • १७ असार २०७७, बुधबार १८:२६

    कोरोनाको त्रासमा करूणामयको जात्रा:

    टोखा लाइभ ।विश्व नै अहिले कोरोनाको महामारीको त्रासमा छ। कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि काठमांडौं पनि बन्दाबन्दीकै अवस्थामा छ। कोरोनाकै कारण अनिश्चित बनेको ललितपुरको रातो मच्छिन्द्रनाथ (करूणामय) को रथयात्रा हुने भएको छ। सरकारले लकडाउन खुकुलो गरेपछि रथ निर्माण कार्य करिब दुई महिनापछि अर्थात असार १० गतेबाट सुरू भएको हो।

    मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ। गत चैतको २७ गते मच्छिन्द्रनाथकाे निर्माण स्थान ताेकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमा पूजा गरेपछि पुल्चाेकमा निर्माण सुरू गरिएको हाे।

    ‘जेठको ९ गते नगरपालिकामा सर्वदलीय बैठक बसेको थियो। नगरप्रमुख, ज्यापु समाज, गुठी संस्थान तथा रथ बनाउने रकमीहरूसँग छलफल गरेर जात्रा गराउने कुरा भयो,’ रथ निर्माणका येंन्या नाइके नविन महर्जनले टोखा लाइभलाई भने, ‘अरू जात्रा जस्तो यो जात्रा यही तिथि मितिमा सुरू गर्नुपर्छ भन्ने छैन। तर दसैंअगाडि भने बुंगमतिमा पुर्‍याउनुपर्छ।’

    बाराहीका अनुसार १५ दिनभित्र रथ निर्माण सक्ने परम्परा छ। काम छिटाे गरेर त्याेभन्दा चाँडै सम्पन्न गर्ने लक्ष्य राखिएकाे उनले बताए। शुक्रबारसम्ममा रथकाे दुई तला निर्माण भइसकेको छ। रथ यात्राकाे लागि पनि छुट्टै बैठक बसेर साइत निकाल्नु पर्ने उनले जानकारी दिए।

    ‘काेराेना त्रासका कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पहिलेजस्ताे रमाइलाे भने नहाेला। तर अहिलेकाे समयमा जात्रा सम्पन्न गर्नु नै ठूलाे कुरा हाे,’ उनले भने।

    मच्छिन्द्रनाथलाई अन्न र सहकालका देवता मानिन्छ। वर्षकै लामो रथयात्रा मानिने यो जात्राले करिब १६ सय वर्ष पुरानो इतिहास बोकेको छ।

    जात्रामा रथयात्रा गराइने मच्छिन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक ज्यापूले भारतको आसामदेखि ल्याइएको किम्बदन्ती छ।

    मच्छिन्द्रनाथको रथ ३२ हात (४८ फिट) अग्लो हुन्छ। यसमा ३२ वटा भगवान रहेका विश्वास गरिन्छ।

    रातो मच्छिन्द्रनाथ करुणामय बारे जानकारी :–

    वुङ्गदेव

    सहकालका देवताका रुपमा मानिने करुणामय (मच्छिन्द्रनाथ) हिन्दू धर्मावलम्बी मध्ये शैव धर्मावलम्वीका नाथ सम्प्रदायका भगवान भनेर मान्दछन् , त्यस्तै ऐतिहासिक रुपमा सन्तगुरु करुणामयका रुपमा पूज्दछन् । त्यस्तै वौद्ध धर्मावलम्बीहरुले श्री करुणामय वुंगद्यः ‘पद्यपाणी’ , आर्यावलोकितेश्वर ,लोकनाथ आदि नामले पूज्दछन् । प्रख्यात करुणामय ( मच्छिन्द्रनाथ ) देवतालाई नेवार समुदायले वुङ्गमतीबाट यो रथयात्रा शुरु गरेको भएको हुनाले वुङ्गदेव भनी पुकार्दछन् । वास्तवमा करुणामयलाई वृष्टि देवता , पानीको देवता , किसानको देवता , कर्मठ देवता , लोकेश्वर , मृगपाद , वोधिसत्व , गोरखनाथ गुरु ,आर्यवलोकितेश्वर , श्रीमद् लोकेश्वर , सूर्य , नाग देवता आदि सहस्र नामले पुकार्दछन् । स्वयम्भू चैत्यको पश्चिम भागमा रहेको रातोवर्णको भगवान अमिताभ बुद्धको मूर्तिको तल्लो तल्लामा श्री पद्यपाणी लोकेश्वरको मूर्ति रहेको छ । उक्त मूर्ति नै पाटनमा जात्रा गर्ने रातो मच्छिन्द्रनाथ मानिएको छ । त्यसकारण मच्छिन्द्रनाथलाई वोधिसत्व पनि भनिन्छ ।


    कामरुकामाक्षबाट नेपालमा कलिगत संवत ३३७६मा राजा नरेन्द्रदेवले करुणामयलाई वुङ्गमतीमा विराजमान गराई जात्रा परम्परा चलाएको कुरा मणिशैल महावदान हस्तलिखित ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
    उक्त समय नेपालमा राजा नरेन्द्रदेवले भक्तपुरमा राजधानी बनाएर राज्य गरेकाले कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचार्यले साधना गरी , पाटनको ललित ज्यापूले बोकी कामरुकामाक्षबाट सुवर्ण कलश नेपाल ल्याएका थिए र रथयात्रा गरेका थिए । रथको पाङ्ग्राहरु सानदान काठ , गर्भगृहमा लाकुरी काठ , सौरको काठ कर्कोटक नागको प्रतीक हो ।
    यो जात्रा करीव १६०० वर्ष पुरानो मानिन्छ र यो जात्रा बैशाख शुक्ल प्रतिपदादेखि शुरु भएर असार शूक्ल चौथीसम्म करीब दुई महिनासम्म मनाइन्छ । वर्षाको लागि गरिने सहकालका देवता मच्छेन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष यसैको सिलसिलाबद्ध रुपमा पाटनमा आजसम्म पनि मनाइँदै आइरहेको छ ।

    पौराणिक कथा :–करुणामय बुङमती वुङ्गदेव जात्रा:-

    सधैंजसो राजाले आफ्नी सानी छोरीलाई धेरै रोएर दुःख दिएको बेला स्यालसँग बिहे गरिदिन्छु भनेपछि छोरी चुप लाग्थिन् । फेरि फकाएर फकाउनै नसकेर हैरान भएपछि तँलाई स्यालसँग विहे गर्छु भनेपछि चुप लाग्थिन् र खुशी हुन्थिन् । एकदिन राजकुमारीको बिहे गर्ने राजाले निधो गरे । जब राजाले ज्योतिषीको परामर्शमा छोरीको बिहेका लागि साइत देखाउन थाले दरवारको चारैतिर स्यालहरु नरोकिकन हू हू …  हू हू…..हू हू……हू हू गरी कराउन थाले । राजाले किन यी स्यालहरु कराउन आए भनी ज्योतिषीहरुलाई सोध्दा उनीहरुले यो केही होइन हजुरले सानोबेला छोरीलाई फकाउँदा स्यालसँग विहे गरिदिन्छु भनेको फल हो भनेर भने ।जुन देशमा त्यो समय तपस्वी गोरखनाथले सम्पूर्ण नाग खिँची नागहरुलाई आसन बनाई तपस्या बस्नुभएको थियो । जसबाट नागहरुको आसनमा बन्दीको कारण वर्षाद नभै धेरै वर्ष पानी नपरी खाद्यात्र ( धानको ) अनिकाल भएको थियो । प्रजाहरुले धेरै दुःखको सामना गरेका थिए । राजाले छोरीलाई बिहेको कुरा गर्दा राजकुमारीले पनि स्यालसँगै बिहे गर्छु भनेर जिद्दी गरेकी थिइन् र राजाले पनि आफ्नी अत्यन्तै प्यारी कान्छी छोरी भनेर एकदमै भव्यसँग बिहे गर्ने चाँजोपाँजो मिलाउन थाले ।


    राजकुमारीलाई लिन पनि अत्यन्तै सेतो स्याल दुलाहा भएर जन्तीका साथ आएका थिए । त्यसपछि सबै स्यालहरु मिलेर सेतो स्यालका साथ राजकुमारीसँग धुमधामसँग पूजाका कर्महरु गरे । अनि राजाले पनि प्रशस्त दाइजो दिएर उक्त सेतो स्यालसँग बिहे गरिदिए । स्यालहरु सबैले सेतो स्याललाई दुलाहा र राजकुमारीलाई दुलही बनाएर लगे । जाँदा–जाँदा एउटा पहाड देखाप¥यो अनि त्यहाँ गुफा देखा पर्यो , सबै स्यालहरु गुफाभित्र पसे । राजकुमारी त्यहाँ एक्लै अलमलमा परेकी थिइन् । अनि सेतो स्यालले आँखा चिम्ल भने । राजकुमारीले आँखा चिम्लेकी थिइन् त्यसपछि विष्णु भगवानरुपी सेतो स्यालले अब आँखा खोल भनेर भने । अनि राजकुमारीले आँखा खोल्दा त सुनै सुनले बनेको अत्यन्तै भव्य ठूलो कोठा भित्र पुगेकी थिइन् । त्यहाँ सबै भाँडाकुँडा तथा सबै सजिसजाउका सामानहरु सुनै सुनका थिए । त्यहाँ अनेकौं मिष्ठात्र पाकिरहेको थियो र ती अनेकौं मेवा मिष्ठात्रले जन्तीलाई इच्छा–भोजन गराई सत्कार गरिरहेको थियो । सबैजनाले सुनको थालमा मनलागेको–मनलागेको खानेकुराहरु खाइरहेका थिए । राजकुमारीले पनि मनलागेको–मनलागेको खानेकुराहरु खान थालेकी थिइन् । सेतो स्यालले भन्यो “हेर , खाइसकेपछि आफूले जेमा खाएको हो त्यो थालहरु दरवार लैजानू ।” सबैजना गुफाबाट बाहिर निस्के तर राजकुमारी फेरि एक्लै भित्रै परेकी थिइन् । अनि सेतो स्यालले “अघिजस्तै आँखा चिम्ल र खोल ”भनेर भने । राजकुमारीले त्यसै गरेपछि गुफा बाहिर पुगेकी थिइन् । अनि उक्त सुनको थालहरु लिएर दरवारमा गएकी थिइन् । सुनका थालहरुका साथ राजकुमारी दरवार भित्रेको देख्दा राजालाई अचम्म लाग्यो । जुन छोरीको बिहेमा भएको खर्चभन्दा त्यो कोसेली अत्यन्तै बढी थियो । राजाले बिचार गर्यो यो ज्वाइँ साधारण होइन । ज्वाइँद्वारा नै धान फलाउने जतन अथवा यत्न गर्नुपर्छ । अनि राजाले हाम्रो देशमा धान फलाउन पाए जनताहरु सबै सुखी हुने थिए खै केही उपाए सुझिरहेको छैन भनेर छोरीलाई भने । अनि छोरीले “ज्वाइँलाई विन्ति विसाउनुस् यसको समाधान गरिदिनुहुन्छ ” भनेकी थिइन् ।


    अनि त्यसपछि राजाले उक्त सेतो स्याल विष्णु भगवान भएको थाहा नपाए पनि कुनै अत्यन्तै चामत्कारीक तथा ठूलै व्यक्तित्व रहेछ भनेर अनुमान लगाएका थिए ।


    त्यस देशका राजाकी सानी छोरीसँग बिहे गर्ने अठोटले , सानी छोरी राजकुमारीलाई सानो बेलामा विष्णु भगवानले सपनामा “म सेतो स्याल भै तिमीसँग विवाह गर्न आउनेछु , राजाले तिमी रुनेबेलामा जहिले पनि तिमीलाई स्यालसँग बिहे गरी दिउँला भनी फकाउँथ्यो । तिमी खुशी हुन्थ्यौ ” भनी भनेका थिए । तर भगवानले “सपनाको यो कुरा कसैलाई थाहा नदिनु” भत्रुभएको थियो ।


    बिहे भएको चार दिनको दिन स्याल पनि ससुरालीमा टुप्लुक्क आइपुगे । ज्वाइँलाई ससुराली भित्र्याउँदा ज्वाइँलाई भगवानलाई झैं सेवा सत्कार गरी ठूलो सम्मानपूर्ण स्वागत गरे । राजाले पनि स्याललाई भगवान ! भगवान ! भनेर अत्यन्तै आदर सत्कार गरिरहे । केही समयपछि राजाले मनमा गढेका सबै कुराहरु खोल्न थाले “ ज्वाइँ नारायण अब हजूरमा यो देशको सुख शान्ति र प्रगतिको लागि सानो विन्ति राख्न चाहन्छु । ” राजाले फेरि विनम्र भै विष्णु भगवान रुपी स्यालसँग भने । “मेरो देश र प्रजा साह«ै संकटमा फसिरहेका छन् । वर्षाद नभएको कारण अत्रवाली सुखा छन् । यो अनिकालले सारा प्रजा दुःखी छन् । धान फलाउने जतन गर्न पाए प्रजाहरुको आँखामा हर्षको आँसु बग्नेछन् भगवान ! देशमा शान्ति पाउनेछन् ।”त्यसपछि राजाले अत्र फलाउन असमर्थ भएको देखेर राजालाई सेतो स्याल ( विष्णु भगवान ) ले विनम्र भै भत्रुभयो “ म उमार्न सक्छु तर त्यसभित्र दानामा रस अथवा वीउ मबाट सम्भव छैन । यो करुणामयबाट मात्र सम्भव हुनेछ । यसतिर प्रयास गर्नुहोस् । सफलता मिल्नेछ । किनकी करुणामय यहीं ल्याएर रथयात्रा गरेमा वर्षा हुनेछ । वर्षाद विना अनिकाल जाँदैन । श्री करुणामय भारतको आसामको कामरुकामाक्ष देशमा हुनुहुन्छ । जहाँ आइमाइको राज छ । लोग्ने मान्छेको बाँच्ने अधिकार छैन । राक्षशी समाज छ । त्यहाँ तन्त्र–मन्त्र टुना–मुना गर्ने र बडो चलाखी र पुरुषार्थ गर्नसक्ने व्यक्ति लिएर जानुपर्छ । बडो चलाखी तवरले करुणामयलाई ल्याउनुपर्छ र अनि बोटको ( अत्रमा ) धानमा चामलको गेडा अर्थात वीउ हुन्छ ” भनेर भने । त्यो देश जाने सिमानामा सालीनदी छ । बडो खतराजनक छ । पानीमा छुनासाथ मानिस शिला बन्छ । साबधान भै जानुस् र आउनुस् ।”विष्णु भगवान रुपी सेतो स्यालले धानको बीउ उत्पत्र गरेर राजालाई दिए र राजाले सबै प्रजाहरुलाई बाँडे । धान रोपिसकेपछि धेरै समयपछि धानका बोटहरु लटरम्म फल्न थाले तर धानको भित्र वीउ उम्रेको थिएन ।
    त्यसपछि भक्तपुरका उक्त राजाले करुणामयलाई ल्याउनका लागि कामरुकामाक्षमा जानको लागि २ जना पराक्रमीहरु छाने ।

    कान्तिपुरबाट वन्धु आचार्य तान्त्रिक र पाटनबाट ललित ज्यापू ( रथचक्र ) । अनि भक्तपुरको राजा , पाटनको ललित ज्यापू कामरुकामाक्ष जाने भनेर गए । त्यहाँ जानलाई खोला तरेर जानु पथ्र्यो कतै पुल थिएन । खोला तर्नलाई खोलाको पानी छोएपछि शिला हुने भएकोले उनीहरु असमर्थ भए । अनि उनीहरुले यो समस्या कान्तिपुरको उक्त तान्त्रिकलाई विन्ति बिसाए ।


    त्यसपछि तान्त्रिकले पनौतीमा कर्कोटक नागसँग यसबारे जुन उपाय निकालेर भएपनि मद्दत प्राप्त गर्ने निधो गर्यो । अनि उक्त तान्त्रिकले उक्त नागलाई हजुर त जस्तो पनि बत्र सक्नुहुन्छ , सबैभन्दा सानो बत्रे हजुरको शक्तिलाई पनि हेरुँ न त भनी फुक्र्याएर भन्यो । नाग पनि फुर्तिसाथ सानो लिखा जस्तो सानो भयो । अनि तान्त्रिकले एउटा सानो बट्टाभित्र बन्द गरिदियो । अनि राक्षशकहाँ बाट करुणामय ल्याउन मद्दत गर्ने वाचा बँधाई बट्टाबाट बाहिर निकाल्यो ।


    त्यसपछि करुणामय ल्याउने योजनामा भक्तपुरका राजा , पाटनका ललित ज्यापू , पनौतीको कर्कोटक नाग र कान्तिपुरको वन्धु आचार्य तान्त्रिक जुटे ।


    राक्षशकहाँ तान्त्रिक खोला तरेर जानुपर्ने भएकोले कर्कोटक नागलाई ठूलो बनेर पुल बत्र लगायो । त्यो कर्कोटक नागको पुलमा चढेर तान्त्रिक राक्षशको राज्यमा गयो । अनि कर्कोटक नागले राक्षश महारानीको पेटमा सानो जुका भई निरन्तर हलचल गरी पेट दुखाउने काम गर्न थाल्यो । यता तान्त्रिकलाई राक्षशहरुले खान तयार भइसककेको थियो अनि तान्त्रिकले म वैद्य हुँ मैले महारानीको पेट दुखेको रोग निको पार्न आएको हुँ भनेर भन्यो । अनि सबै राक्षशहरुले उफारी–उफारी काँधमा चढाई तान्त्रिकलाई महारानीकहाँ लगे । तान्त्रिकले पनि महारानीको पेटमा झारफुक गरेर मन्त्रेर अब तिमी नचल म आइसकेँ भनेर नागलाई बाहिर जान आग्रह गरेको थियो र राक्षश महारानीलाई यदि पेट दुखेको निको पारी दिएमा जे माग्यो त्यही दिने वाचा पनि गराएको थियो । महारानीलाई निको भइसकेपछि पनि तान्त्रिक त्यहाँ धेरैदिन मोजमस्तीमा भुलेर बसिसकेपछि कर्तब्यबोध भयो र राक्षश महारानीसँग अब बिदा पाऊँ मैले हजुरलाई निको पारेको बदलामा मलाई मेरो वरदान दिनुस् तपाइँले नाइँ भत्र पाउनुहुत्र तपाइँकी कान्छो छोरा मलाई दिनुस् भनेर भन्यो । रानीले कान्छो छोराको बदलामा हाम्रो जुनसुकै छोरा पनि दिन तयार छौं भनेर भने । तपाइँहरु वाचाले हारिसक्नु भयो भनेर भन्दा पनि उनीहरुले मानेका थिएनन् । तर त्यहाँ उक्त तान्त्रिकले वाचाले हराई कान्छो राजकुमारलाई मन्त्रको बल प्रयोग गरिसकेको थियो ।


    फेरि राजालाई एउटा सुवर्ण कलश दिएर त्यो कलशमा भँमरा तीनपटक घुम्ने बेला कलशमा बन्द गर मैले कलशमा मन्त्र फुक्ने काम गर्नुपर्ने हुन्छ भनेको थियो । तान्त्रिकले कलशमा हेरेर मन्त्र–तन्त्र गर्न थाल्यो भँमरा कलशको एक चक्कर लगाएर गए । तान्त्रिकले भँमरा आयो भनेर तान्त्रिकले कुममा धकेल्दा भक्तपुरको राजा सुतिरहेको थियो । तान्त्रिकले फेरि मन्त्र–तन्त्र फुक्यो फेरि भँमरा कलशको एक चक्कर घुमे । फेरि तान्त्रिकले अलि जोडसँग कुममा राजालाई धकेल्यो तर राजा बसी–बसी निदाइरहेका थिए । फेरि तान्त्रिकले तन्त्र–मन्त्र गरी भँमरालाई तान्दा , मेरी कान्छो छोरालाई ज्यान गएपनि पठाउँदिन भनी राक्षशनी रानीले कान्छो छोरा सुत्ने ढोकामा कपाल सबै फैलाएर निदाइरहेकी थिइन् । कलशमा मन्त्र फुक्ने बित्तिक्कै राजकुमार पहिलो र दोस्रो पटक जस्तै भँमरा भएको थियो तर आमाले छेकिराखेकीले गर्दा आमाको रांैसबै एक–एक केस्रा गरी भँवरा रुपी करुणामयले खुट्टाले पञ्छाइरहेको थियो । उता तान्त्रिकले ठूलो–ठूलो मन्त्र फुक्न थाल्यो । यता कलशतिर हानिन हतार भएकोले उसले एउटा र्रौं नहटाइकन उडेर कलश भएको ठाउँमा हानिएर आएको थियो र कलशलाई चक्कर लगाउन शुरु गरेको थियो । अनि तान्त्रिकले भक्तपुरको राजालाई अत्यन्तै जोडसँग कुममा धकेल्यो । राजा झल्यास्स ब्युउँझे र हत्तपत्त भँमरालाई एकचक्कर लगाउने वित्तिक्कै कलशमा भँमरालाई बन्द गरे ।
    तर पाटनकाहरु , कान्तिपुरकाहरु र भक्तपुरकाहरुमा जात्रा कसकहाँ गर्ने भत्रेमा विवाद पर्यो । त्यसो भए सबैभन्दा बूढो व्यक्तिलाई यसको निर्णय गर्न लगाउने भत्रे निश्कर्षमा उनीहरु पुगे र उक्त सबैभन्दा वयोवृद्ध व्यक्तिलाई सातवटा च्यूरा कुट्ने उगःको माथि निर्णय गर्न लगाउने भनी बसाए । पाटनकाहरुले चलाख भएर टपरीमा गुलियो दही च्यूरा खाएर निर्णय गर्नुस् भनेर दही च्यूरा दिए तर त्यसमा सबभन्दा मुनि नून राखिदिए । वयोवृद्ध व्यक्तिले स्वाद मानी–मानी दही चिउरा खान थाल्यो अन्तिममा खान लाग्दा तल राखेको चर्को नून जिब्रोमा पर्यो र उसले रिसाएर पाटनकाहरुलाई औंला ठड्याएर जङ्गिदै भन्यो “ नूनको सोझो………….”अरु वाक्य फुट्न नपाउँदै उक्त वयोवृद्ध व्यक्ति सातवटा उगःबाट खसी त्यहीं प्राण त्याग गर्यो । त्यसपछि उक्त वृद्ध व्यक्तिले नूनको सोझो भनी औंला ठड्याएर देखाएकोले त्यो जात्रा पाटनको राजाकहाँ गर्ने निर्णय भएको हो भनेर मानिएको थियो ।
    अनि चाकुवाद्यो ( मीननाथ ) ले दिशा देखाएर कलशरुपी करुणामय देवताको पाटनको वुङ्गमतीबाट रथयात्रा गरे । यो खबर तुरुन्तै तपस्वी गोरखनाथबाट थाहा भयो । श्री करुणामय प्रभु मेरो गुरु पाटन सवारी भयो । अब म तुरुन्तै गुरुको दर्शन गर्न जानुपर्छ भनी गोरखनाथ आसनबाट उठी पाटन प्रस्थान गरे ।


    विष्णु भगवान रुपी सेतो स्यालले राजकुमारीलाई बिहे गर्दा राजकुमारीलाई “ देशमा वर्षाद वर्षौं नभई देश अनिकालको संकटमा फसिरहेको दुर्दशा हटाउन , गोरखनाथ नागहरुको आसन बाँधी तपस्या गरिरहनुभएको वन्दी नागहरुलाई फुकाउन र वर्षाद गराउन , करुणामय ( मच्छिन्द्रनाथ ) लाई राक्षशी समाजबाट छुटकारा दिलाउन तथा करुणामय लोकनाथलाई दर्शनको खातिर तपस्या गरिरहेको गोरखनाथको इच्छालाई पूर्ण गर्न मैले तिमीसँग बिहे गर्नु बाहेक यी सम्पूर्ण काम पूर्ण गर्नका लागि अरु उपाय नरहेको ” भनेर भनेका महत्वपूर्ण कुराहरु राजकुमारीले मनमनै सम्झिरहेकि थिइन् ।
    फेरि जब तपस्वी गोरखनाथ आसनबाट उठ्नुभयो तब सबै नागहरु त्यो ठाउँबाट मुक्त भएर आ–आफ्नो वासस्थान रवाना भए तब आकाश पूर्ण रुपले धाँक्ने गरी कालो वादल मेघ गर्जनका साथ फिजिन थाल्यो र आँधी बाँधी वर्षा भयङ्करले आउन थाल्यो र अनिकालको महामारीलाई सहकाल रुपी वर्षादले भगाइदियो र अनि श्रापबाट राक्षशकुलमा जन्मिएकी करुणामय देवताको पनि उद्धार भयो र देवताकै रुपमा मान इज्जत प्राप्त भयो । विष्णु भगवानले प्रकट गर्नुभएको वचण वाणी अनुसार , प्रयास गर्नुहोस् सफलता मिल्नेछ भत्रे वरदान सार्थक हुनगयो ।


    अद्यापी करुणामयको बुढी औंलामा आमाको उक्त रौं एउटा नाघेर लागेको दाग देख्न सकिन्छ भत्रे भनाइ जनमानसमा छ ।

    स्थलगत रिपोटिंग: हिक्मत/ सानुराज

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै