टाेखालाइभ डट कम/असार ९
काठमाडौं /नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले काठमाडौंका ११ वटा नगरपालिकाबाट नै मतदाता नामावली अद्यावधिक तथा नयाँ दर्ताको व्यवस्था गर्न माग गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई ज्ञापन पत्र बुझाउदै नेकपा एमाले काठमाण्डौ सर्व साधारणलाई समस्या परेको भन्दै नगरपालिकामा निर्वाचन कार्यालय व्यवस्थित गर्न माग गरेको हो ।
एमालेले काठमाडौंका ११ वटा पालिका र १३८ वटा वडाबाट काठमाडौँको भूगोल अनुसार जिल्ला निर्वाचन कार्यालय आइपुग्दा पनि निकै समय लाग्ने र निर्वाचन कार्यालय वरिपरि बिहानदेखि रातिसम्म लाइन बसेर थकित हुनुपर्ने अवस्था रहेको भन्दै नगरपालिकाबाटै मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन आग्रह गरेको जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन।
प्रस्तुत सन्दर्भमा आगामी दिनमा सम्पन्न हुने संघ तथा प्रदेशसभा निर्वाचन समेतलाई मध्यनजर राख्दै तथा निर्वाचन आयोगको नियमित कामलाई व्यवस्थिति गर्न १ असार २०७९ का दिन देखि जिल्ला निर्वाचन कार्यालय काठमाडौँबाट मतदाता नामावलीमा नाम समावेश गर्ने काम भईरहेको छ 𑅁
कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता हुन योग्य नेपाली नागरिकले मतदाता नामावली सहजता पुर्वक आफ्नो नाम मतदाता नामावालीमा समावेश होस् भन्ने चाहन्छ 𑅁 त्यो चाहना अस्वाभाविक पनि होईन 𑅁 तर वर्तमान सरकार नागरिकहरुको सहजताको चाहना पुरा होस् भन्ने सकारात्मक चिन्तनले कुनै पनि बिषयमा योजना बनाएर कार्यान्वन गर्ने पक्षमा देखिदैन 𑅁
सबै नागरिक सुविधाको उपयोग गर्न सक्ने अवस्थामा पनि छैनन् 𑅁 मतदाताहरुलाई सहजतापूर्वक आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न राज्यले सकेसम्म प्रत्यक वडा वडामा त्यो कार्य सम्पादन गर्नु पर्दछ 𑅁 यदि त्यति व्यवस्थापन नसक्ने परिस्थिति गर्न सकस भए ११ वटै पालिकामा निर्वाचन कार्यालय व्यवस्थित गरेर अनिवार्य रुपमा मतदाता नामावलीमा नाम समावेश गर्ने काम होस् सो कार्य सम्पादनका निमित्त जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौँका प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै यस पत्रमा प्रस्तुत बिषय सम्बन्धित निकाय मार्फत तत्कालै कार्यान्वन हुनेछ भन्ने विश्वास नेकपा ( एमाले ) काठमाडौँ जिल्ला कमिटीले लिएको ज्ञापन पत्रमा उल्लेख छ।
ज्ञापन पत्र-