•            
    • TOKHA LIVE

    • ८ असार २०७९, बुधबार १७:५३

    नक्कली मृत्युदर्ता बनाएर जग्गाधनीको ११ आना जग्गा बिक्री गर्ने ५ जना पक्राउ

    टाेखालाइभ डट कम / असार ८,२०७९

    काठमाडौं । नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जापानमा बस्ने व्यक्तिको जग्गाधनीको ११ आना जग्गा बिक्री गरेको बाहिर आएको छ। सो घटनामा संलग्नको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको हो ।

    शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाइएको महतोले बताए । सो घटनामा संलग्नको आरोपमा प्रहरीले महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो । त्यसपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै