•            
    • TOKHA LIVE

    • १७ असार २०७७, बुधबार ११:२३

    कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन।


    टाेखा लाइभ,असार १७ काठमाडौं : प्रतिनिधिसभा सदस्य रहेकी ज्ञानकुमारी छन्त्यालको ६३ बर्षको उमेरमा आज निधन भएको छ । उनी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद हुन् । छन्त्यालको उपचारको क्रममा काठमाडौंस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा निधन भएको कांग्रेसले जनाएको छ ।

    उनी २०७० सालको संविधान सभा निर्वाचनमा बाग्लुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । पछिल्लोपटक उनलाई कांग्रेसले समानुपातिक सांसद बनाएको थियो । बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् । छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् ।

    उनको सोही अस्पतालमा केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ । उनको निधनप्रति कांग्रेस नेताहरुले दुःख ब्यक्त गरेका छन् । छन्त्यालको निधनपछि कांग्रेसको आजका लागि तय भएको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित भएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै