•            
    • Hikmat Dangol

    • १६ असार २०७७, मंगलवार २१:५०

    अस्पष्ट अन्त्य

    ओम शंकर श्रेष्ठ

    एक्लै बस्दा दिमाग र मनको मिलन भएर केही कुरा फुर्नासाथ फेसबुकमापोस्ट गर्ने बानी परेको थियो। कहिले आफ्नो पोस्टलाईधेरैलाइकगरिदिँदाझनैफुर्किन्थे।

    गीत लेख्ने अर्को बानी भएकाले कहिलेकाहीँ व्यस्त अवस्थामा यसो एक दुईलाइन कोरेर पोस्टगर्ने गर्छु। केहीदिन अघिमात्र, “एकचोटी भएपनि भेटूँभेटूँलाग्ने मान्छे त वर्षौं अघि नै बितिसकेका रहेछन्।”लेखेर पोष्ट गरेथें।

    कहिलेकाहीँ मात्र फोन गर्ने स्कुलको एकजना साथीले एक्कासी फोन गरे।उनले एकछिनअघि मैले गरेको पोस्टबारे सोधे ।“ त्यो भेट्छु भन्दाभन्दैधेरैवर्षअघि नै बितिसकेको मान्छेको हो ? ” मलाई उनको प्रश्न वाहियातलाग्यो। मैले भनेँ, “ ह्या ! त्यो त्यसै लेखेको , अलि राम्रा लाइनहरू यसोदिमागमा आउना साथ लेखेर पोष्ट गरिहाल्ने बानी। खै, राम्रो भनौँ कि नराम्रोबानी भनूँ । पछि कुनैबेला कहीँ कतै कथा वा उपन्यासमा घुसाउने गर्छु त्यस्ताकुराहरु।”उनले एकछिन ए।।, ए।। मात्र भनिरहे । त्यसपछि प्रसङ्गबाहिरको एउटा प्रश्न तेर्स्याए , “ तिमीले राजेन्द्रको बारेमा थाहा पायौ त ? ”अचानक मेरो मुखबाटअलच्छिना शब्दहरु चिप्लिए । “ के भयोराजेन्द्रलाई,  मरेछन् ीक् ? ” मेरो साथी अरुण्ँले झस्किँदै भने, “कति नथाहा नपाए जस्तो गर्छौ रु राजेन्द्र त मसँग भन्दा तिमीसँगधेरै मिल्ने हुन् , नि ।उनी तिमी कहाँआइरहने गर्थे होइन र ? ”

    मैले जवाफ फर्काएँ,  “ ए, मेरो विवाहअघि त प्राय जसो हरेक शनिबारआउँथे नि वीरेन्द्रसँगै। त्योबेला म्यारिज भन्ने खेलै आएको थिएन। हामी पप्लुखेल्थ्यौँ। अझ जित्नेले साँझमा यसो मरुतिर गएर मम, कचिला, छोयलाख्वाउनु पथ्र्यो  ।  ”

    अरुणले बल्ल मुख्य कुरा खोले“हो त नि राजेन्द्र मरिसके। यदि तिमीलाईउनी मरेको कुरा पहिले थाहा नभएको भए किन प्वाक्क मरेछन् कि भन्नुपरेको  । तिम्रो मुखको जिब्रो नै कालो। त्यसैले त तिमीलाई डेन्जर मान्छेभन्दारहेछन्।”

    आखिर विद्यालयको साथी त परेअरुण। उनले डेन्जर सेन्जर जे जे भने पनिमलाई मतलब हुने वा चित्त दुख्ने कुरै थिएन। त्यसैले भनेँ, “अँ, कहिले गएछन्त ?  त्यही हार्ट एटेक त होला नि होइन ? ”

    अरुणले भने, “ ए मैले पनि धेरै पछि मात्र थाहा पाएको। मरेकै दुई वर्षभइसक्यो। सुरुमा त मलाई पनि हार्ट एटेक होला जस्तो लागेथ्यो।मलाईअलि खुल्दुली बढ्यो, कि कतै आत्महत्या त गरेको होइन  ? ”मैले पुनःएकचोटी अरुणको नराम्रो गाली खानुपर्यो। उनले भने, “ए नौटंकी , के सबैथाहा नभएको जस्तो गर्छौ ?  सबै थाहा रहेछ त नि  ! ”मलाई पनि झनक्कैरिस उठ्यो अरुणको यस्तो टिप्पणी सुनेर रअर्को कुरै नबुझिकन रअरुणकोकुरा नै पुरै नसुनिकन प्याच्च बोल्ने आफ्नो बानी देखेर। मैले पनिअलिकड्किएरै भनेँ, “ के को पहिल्यै थाहा थियो होला, थाहा थियो होला भनीसुगा रटान दिइरहन्छौ ? के मेरो काम छैन, टाइम पास गर्न तिमीसँग झुटोबोलिरहुँ ? ”एकैपल्ट अरुण पनि बटारिए।“ ए, तिमीले आफूलाई ठूलोमान्छे भन्ठान्छौ ?  तिमीलाई मात्र टाइमको मतलब ? के म फाल्तु ढाक्रे ? ”

    अलि नम्र र गम्भीर भएर मैले भनेँ, “ माइन्ड नगरन यार , मा कसम थाहाथिएन। भन के मैले भने जस्तै आत्महत्या गरेकै हो त ? ’ तिमीलाई ज्योतिषभनुँ कि काकताली परेको भनुँ। प्रायः तिमीले भनेको कुरो सधैँ अकाट्य हुनेगर्छन्। स्कुल देखि नै तिम्रो यस्तो पावरबारे सबैलाई थाहा थियो नि।यकिनका साथ त भन्न सक्तिन  तर गाइँगुइँ सुने अनुसार उनले आत्महत्या नैगरेका हुन्।“

    अब बल्ल मेरो आँखा अगाडी बीसवर्ष अगाडिको राजेन्द्रको रुन्चे अनुहारनाच्न थाल्यो। मलाई उनको साह्रै माया लाग्यो। करिब तीस सेकेन्ड भित्रैउनीसँग बितेका केही महत्त्वपूर्ण पलहरु सररर्र फिल्मका दृश्यहरुजस्तैआउनथाले। कानमा अरुणको स्वर, “ के भयो ? किन नबोलेको नेटवर्कखराब भो कि ? ”भनेको सुनेपछि झसङ्ग भएँ। मैले अरुणलाई भने , “ राजेन्द्रको पसल खोले देखि करिब दश पटक जति गएथेँ म। दुईवर्ष अघिपनिएकचोटी गएथेँ, तर उनी पसलमा थिएनन्, कतै खाजासाजा खान गए होलान्भन्ने  लागेर म पसल भित्र गइनँ। पहिला पनि एक दुई पटक उनलाईकाउन्टरमा नदेख्दा म त्यसैआफ्नो बाटो लाग्थेँ। सायद त्यतिबेला उनीबितिसकेका हुनुपर्छ। पसलअरुले नै किनिसकेको हुनुपर्छ।

    अरुणले भने, “ यस्तै हो ब्रो, लाइफको ग्यारेन्टी छैन। हामी मध्ये धेरैलाईनानाथरिका रोग लागिसकेछन्। मलाई पनि हल्का सुगर देखिएको छ।“तिमीलाई ठिकछ होइन ? ”

    मैले भने, “ के ठिक भन्नु, के बेठिक, अलिअलि युरिक एसिडर लिभरफ्याटदेखिएको छ।“ कोठामा खाना राखिएको हट केश लिएरआएकी धर्मपत्नीलेइसाराले सोधिन्, “ कति लामो कुरा गरि राख्नु भएको, को हो ?”

    मैले प्याच्च बोलिहालेँ, “ए स्कुलको एक जनासाथी ।“अरुणले मैले यस्तोभनेको सुनेपछि सानोस्वरमा भने, “ल, ब्रो, मैले डिस्टर्ब गरेँ। रातको साँढेएघार हुन थाल्यो।“ल ल भन्दै मैले फोन राखेँ। मेरी पत्नीले भनिन्, “ खानाखान ढिला भइसक्यो।खाना खाएपछि फेरि कमसेकम एकघण्टा तकम्प्युटरमा लेख्नु हुन्छ नै।“

    “त्यो त मेरो बानी हो नि ”, मैले झर्केर जवाफ दिएँ।पत्नी आफ्नो मोबाइलखोलेर फेसबुकका आफ्नासाथीहरुका तस्वीर लाइक गर्न थालिन्। मैलेखाना खाँदै गर्दा उनले मलाई बजिरहेको म्युजिकअलि सानो पार्न आग्रहगरिन्।“तुमसे नाराज नहि जिन्दगी हेरान हुँ मे।।” को कभर सङ बजिरहेकोथियो। भोल्युम त्यति ठूलो पनि थिएन तर बाक्लिँदै गइरहेको रातकोसुनसानमा त्यो भोल्युम त्यति सानो पनि थिएन।

    खाना खाँदै मैले भने, “ मीना, बुझ्यौ, हाम्रो विवाह अघियहाँ प्रायःआइ रहनेमेरो एकजना साथी बितेछन्। मीनाले, “ ए, हो ? कठै  ! कहिले नि ? कसरी नि  ?  ? ”भन्लिन्   भन्ने लागेको थियो । अहँ, उनले कुनै प्रतिक्रियादिइनन्। त्यसपछि उनको ध्यान तान्न फेरि भनेँ, “ उनले त आत्महत्या पोगरेका रहेछन्।“ तर मीनाले केही जवाफ नदिएपछि उनी तिर यसो हेरेँ। उनी तफेसबुकको पोस्ट गरिएको शेरेको कुनै जोक पढेर मुस्कुराउँदै पो थिइन्।मलाई झनक्क रिस उठ्यो।त्यस्तो गम्भीर, भावनात्मक कुरामा गम्भीरढङ्गलेनै एक दुई शब्द बोल्छिन् कि भन्ने लागेको थियो।

    आफूले सोचे जस्तो नभएपछिअलि ठूलो स्वरमै भनेँ, “के तालको मान्छेरहिछे, बेकारमा मलाई एक्लै बकबक गराइरहेकी।“बल्ल फेसबुकबाटआँखाहटाएर मीनाले म तिर हेरेरभनिन्, “के भन्नुभएकोतपाईंले ? ”म त छक्कपरेँ। उनले त मेरो एक शब्दलाई पनि वास्ता गरेकी रहिनछिन् अनि आफ्नैसुरमा म बरबराएँ , “ यस्तै परेर पो चाँडै हिँडे होलान्।“

    फेरि फेसबुकमा व्यस्त हुन थालेकी मीनाले यसपालि भने मेरो केही शब्दसुनिछिन्। उनले अझै पनि बेवास्ता गर्दै सोधिन्, “ को हिँडेको ? ”। कोहीपनि हैन भन्दै मैले हटकेस बन्द गरेँ अनि मेचमा बसेर कम्प्युटर खोलेँ।फेसबुकमा राजेन्द्र नामको मान्छेहरु खोज्नथालेँ ।  मेरो दिवंगत साथीराजेन्द्रको तस्वीर भएको कुनै एकाउन्ट फेलापार्न सकिनँ। राजेन्द्रसँग आउनेअर्को साथी वीरेन्द्रसँग पनिन नभेटेको धेरैवर्ष भइसकेको थियो। उनीमलेसियामा काम गर्न गए भन्ने मात्र एकचोटी सुनेथेँ। वीरेन्द्रको पनिफेसबुकमा एकाउन्ट खोजेँ तर भेटिँन। दुःखद् कुरालाई आफूले चाहे जस्तोकसैसँग साट्न नपाएकोमा मन गह्ुँगो भयो।

    भोलिपल्ट बिहान सबेरै आमालाई भनेँ, “आमा, धेरै वर्ष पहिले प्रायःशनिबारहाम्रो घरमा आउने मेरो दुईजना साथी सम्झनु भएकोछ ? ”।आमाले पनिअलिकति सम्झे जस्तो गर्नुभयो, तर सम्झन सक्नुभएन।आमाले खै !  भन्दैहात बटार्नु भएपछि मलाई अलि खल्लो लाग्यो। उहाँलाई मेरो एकोहोरो रघमन्डी स्वभाव थाहा थियो, त्यसैले मैले नै कुनै क्लु दिन्छु कि भन्ने भावले मतिर पुलुक्क हेर्नुभयो अनि मैले हाँस्दैभनेँ, “ तिनै क्याअलिअग्ला र पातलाथिए नि ! ”यो सुनेरआमाले, “ अँ अँ भन्नुभयो तर पुरै बुझेर भन्नुभयो वा मेरोमन राख्न मात्र बुझेजस्तो मात्र गर्नुभयो। त्यो थाहा भएन। म पनि मानसिकरूपमा उहाँको व्यवहारबाटआधा सन्तुष्ट भएँ। म भान्छा कोठा तर्फजानलाग्दा आमाले ठूलो स्वरमा सोध्नुभयो, “अनि ती साथीहरुका के कुराभन्नलाग्यौ, त ? ”मैले नसुनेझैँ गरेँ। बुढी आमालाई हामी प्रायः कसैकोमृत्युको खबर बिरलै मात्र सुनाउँथ्यौँ। उहाँ अत्यन्तै भावुक प्रवृत्तिको हुनुहुन्छ।यस्ता दुःख्द कुराले उहाँलाई तुरुन्तै छुन्थ्यो। कहिलेकाहीँ शोकका कुरा सुनेरउहाँ दुईचार दिन बिरामी समेत पर्नु हुन्थ्यो। साथै उहाँले कान राम्ररी नसुन्नेभएकाले दुईचार शब्द बुझाउन कहिलेकाहीँ धेरै समय लाग्थ्यो त कहिलेबुझाउनै नसकिएर हामी सबै हैरान हुन्थ्यौँ। मेरो अन्य धेरै साथीहरुले पनिधर्ती छाडिसके, कोही कालले त कोही कोहीअकालले बितिसकेकाछन्।कोही अकालमै जाँदाअलि बढी दुख लाग्नु स्वाभाविकै पनि हो। दुर्घटनामादुईजना पाईलट साथी र एकजना पाइलट विद्यार्थी मरिसके। एकजना साथीआईएस्सी पढ्दै गर्दा हेलिकोप्टर दुर्घटनामा बितेथे तर बस, कार रमोटरसाइकल दुर्घटनामा अझैसम्म कोही चिनेजानेका परेका छैनन् र एकजनासाथीले यसभन्दा अघि आत्महत्या गरेथे। दुई पटकको प्रयास उनकापरिवारले विफल बनाएको थियो, तर तेस्रो पटक घरमा कोही नभएको मौकापारेर उनले आत्महत्या गरेका थिए रे। मैले त्यो खबर पनि पछि मात्रथाहापाएको थिएँ। उनको बारेमा भन्नुपर्दा उनले घरमा पत्नी र छोराछोरीहुँदाहुँदै पनि बाहिर थाहा नपाउने गरी केटी राखेका रहेछन्। एकदिन उनकैरगतबाट जन्मेको काखे छोरो च्याप्दै ती केटी घरमाआइपुगेपछि उनको घरमामहाभारत सुरु भएको रहेछ। यसरी बाहिर केटी राख्नै पर्ने केही बाध्यता तपक्कै थिए होलान् तर जेहोस् उनको कार्य असामाजिक थियो, त्यसैले उनकोमृत्युलाई पनि अपराध र अवैध कामका रूपमा लिए धेरैले। मलाई पनि खासैत्यो घटनाले दुखित बनाएको थिएन तर राजेन्द्रको घटनामा भने एउटा पुरानैघटनासँग सम्बन्धित भएकाले यस विषयमा मलाई अलिबढी नै चासो बढेकोहो। राजेन्द्रको आत्महत्याको घटनाले भने करिब करिब बिर्सिसकेको घटनासम्झिन थालेँ म। त्यतिबेला कहिलेकाहीँ वीरेन्द्र भन्दाअगाडि नै राजेन्द्र मेरोघरआइपुग्थे। कहिलेकाहीँत मैले खाना खाएको पनि हुन्नथें। म खान जाँदाउनी मैले लेखेर यताउता त्यसै अलपत्र छाडेका मेरा कथा, कविता, गीत पढेरबस्थे। बिस्तारै बिस्तारै मेरो लेख प्रति सायद उनी तानिँदै गइसकेका थिएत्यसैले तास टिप्ने पालो नआउँदासम्म पनि उनी त्यस्ता कागजका टुक्राटुक्रीपढिरहन्थे। बरु वीरेन्द्र रिसाएर भन्नेगर्थे, तिमीले यताउता फाल्नुभएन लेखेकाकुराहरु, गेम नै स्लो हुने क्या ! उस् फेरि पढ्नथाले।

    एक शनिबार राजेन्द्र आफ्नो सानो पाँच वर्षको छोरो लिएरआए । त्यो दिनवीरेन्द्रको कामपरेको थियो त्यसैले हामी खेल्नुको सट्टा गफगाफ गरेरबस्यौँ।राजेन्द्रलेअलि गम्भीर भएर भने, “तिमीअलिअलि लेख्ने मान्छे। मान्छेकोस्वभावअलिबढी बुझ्छौ होला, त्यसैले म मेरो केही निजी कुरा सेयर गर्छुहै।“

    मैले“भनन, भभन्नासाथ उनको मुख रातो भयो। आँखा रसाए।ओठकाँप्नथाले। मैले फेरि भनेँ, “ के, भो भनन्।“ उनले अलि अप्ठ्यारो मान्दैभने, “मलाई मेरी पत्नीले केयरै गर्दिनन्।“मैले सोधेँ“झगडा पर्यो कि ? ”

    “अहँ।अहिलेसम्म ठूलो स्वरमा पनि कहिल्यै चर्काचर्की परेको छैन। घरकोकाम सबै गर्छिन् तर  मसँग राम्ररी बोल्दिनन्। मैले फेरि आफू अविवाहितभए पनि दाम्पत्य जीवनको विशेषज्ञ जस्तै पारामाभनेँ, “अनमेल वाजबरजस्ती विवाह त होइन ? ”

    उनलेभने, “ होइन। राजीखुसी नै भएको, लमीले मिलाइदिएको।अझदाइजोमा छआना जग्गा पनि पाएको। त्यसैमा त मैले घर बनाएको होनि।“फेरि सोधेँ, “शारीरिक असन्तुष्टि छ कि ?”

    उनले अलिजलाउँदै भने, “त्यो मामिलामा म निकै व्यावहारिक र गम्भीर छैन।उनको भाव हेर्दा त्यस्तै कुनै समस्या छ जस्तो तलाग्दैन।“ त्यतिकैमा कुराटुङ्गियो। मैले खासै समस्या ठम्याउन र सल्लाह दिन सकिनँ तर पछिकहिलेकाहीँ उनलाई उदास देख्दा म उनकी पत्नीको प्रसङ्ग सम्झन्थेँ। उनलेनिकै सामान्य तरिकाले विवाह गरेथे। हामी सबैलाई निम्ता दिएका थिएनन्।उनको घरमा पनि कहिल्यै गएकाथिएनौँ, त्यसैले उनी कस्ती होलिन् भनेरकल्पना मात्र गर्नसक्थेँ। त्यतिबेला उनको कमाइ पनि त्यति राम्रो थिएन, त्यसैले म मनमनै सोच्थेँ, “केटी निकै महत्त्वकाँक्षी होलिन्, पैसाको अभावमानबोलेर रिस पोखेकी होलिन्।

    एकचोटी कुनै एउटा विवाह पार्टीमा भेटेथेँ राजेन्द्रलाईअलि बढी नै रक्सीकोनशाचढेको रहेछ। मैले त्यही पुरानै प्रसङ्ग कोट्याएर भनेँ, “अनि अहिलेघरमा त सबै ठिकठाक छ,होइन ?”उनी बेस्सरी पोखिए,  ’ खोइ घरभनुँ किघाट, बरबादै छ। कतिन्जेल सहने त्यो मौनव्रत ? मनमा केही त्यस्तै लागेकोभए खुलेरै भनेहुन्थ्यो। चित्त नबुझेकै खण्डमा वार कि पार पनि गरेहुन्थ्यो। बरुएउटीअमूक लाटीसँग बिहे भएको भए सहन सकिन्थ्यो।अति भइसक्योकहिलेकाहीँ”आत्महत्यानै गरुँगरुँ लाग्छ ।

    उनले व्यापार व्यवसाय सुरु गरेपछि भने उनलाई पसलमा हँसिलो देखेरसोच्थेँ, “सायद उनको त्यो पुरानो समस्या हल भइसक्यो होला।“अहिलेलाग्छ, “सायद त्यो उनको पैसा कमाएर मात्र कमाइएको तेजिलो रहँसिलोअनुहार होला।“

    आजसम्म उनको आत्महत्याको कारण रहस्यको गर्भमै लुकेको छ।साथीहरुबाट सुनेँ उनको छोरोअस्ट्रेलियामा छ रे ! पत्नी एकल जीवनबिताइरहेकी छिन् रे ! , ओमशान्तिमा पनि लागेकी छिन् रे ! मलाई भनेअस्ट्रेलियामा पुगेका आधुनिकवादमा डुबेका छोराले राजेन्द्रलाई पानी रखाना चढाउला भन्ने कुरामा पक्का विश्वास छैन, त्यसैले हरेक बिहानपितृहरूलाई जल रअन्नअर्पण गर्दा मैले राजेन्द्रलाईपनि चढाउने गरेकोछु।यसरी उनलाई हरेक दिन सम्झने एउटा नियमितता बनेको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै