•            
    • Hikmat Dangol

    • १६ असार २०७७, मंगलवार २०:०२

    सलह किरा टोखालाई फन्को मार्दे नुवाकोट छिर्यो

    टोखा लाइभ । विनाशकारी सलह किरा टोखा छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड राजधानी काठमांडौंको टोखा हुँदै नुवाकोट छिरेको हो । स्थानीय बासिन्दाका अनुसार दक्षिणबाट सलहको झुण्ड टोखा छिरेको हो । कृषि मन्त्रालयले समेत यसको भर्खरै पुष्टी गरेको छ । यसअघि मन्त्रालयले अब नेपालमा सलहको संक्ट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड नेपालको राजधानी आएको हो ।

    भारतको बिहारबाट सलह नेपाल छिरेको हो । यससम्बन्धमा सरकारले आज समिक्षा गर्ने भएको छ । सलह नेपाल छिरेपछि यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा आज समिक्षा हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आज आकस्मिक बैठक डाकिएको छ ।

    कृषि विकासका स्थानीय अधिकारीले सर्लाही र बारामा सलहको एक झुण्ड आज विहान देखिएको जानकारी कृषि मन्त्रालयलाई गराएका थिए । त्यो झुण्ड कति ठूलो समूहमा छ भन्ने बारेमा भने अनुसंधान भइरहेको बताइएको छ । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको यात्रा मध्यपूर्व हुँदै दक्षिण एसिया छिरेको हो । पाकिस्तान र भारतमा अन्न बालीमा क्षति गरेको यो किरा आज बेलुका काठमांडौं हुँदै नुवाकोट सम्म पुगेको छ।

    हावाको दिशा अनुसार १ सय ३० किमिसम्म समूह बनाएर उड्न सक्ने फट्यांग्रा प्रजातीको यो किरा एक समुहमा ४ देखि ८ करोडसम्म हुने गर्छ । तर, काठमांडौंमा भने त्यति ठूलो समुह नआएर हावाको बेगले बगाएको १ लाखको समुहले यात्रा गरेको अनुमान छ ।यात्राको क्रममा कयौं सलहलाई कागले आकासमै टिप्दै खॉदै गरेको दृश्य गजबको थियो भन्ने धेरै जसो सलह शरीरमा शक्ति नभएर टोखाको नागरिकको घर घरमा खसेको थियो।

    यो किरा देखिएपछि टाेखाका किसान पनि चिन्तित बनेका छन् । कतै मकैबाली पो सखाप पार्ने हुन् कि! भर्खरै रोपेको धानबारी बिगार्ने पो हुन् कि भनेर तर धन्न केहि भएन टाेखाका स्थानीयबासिन्दा बताउँछन्।
    उपत्यकाको मध्ये भागमा साँझ ५:०० आसपास मा अचानक आकाशमा सलहका झुण्ड ठुलो मात्रामा आकाशमा देखिएको हो ।टाेखा नगरपालिकाको आकाश हुँदै नुवाकोट तर्फ लागिरहेका जस्ता देखिने सलह किरा (फटयांग्रा) हेर्न टाेखाका धेरै जसो भाइ बहिनीहरु सलह हेर्न कौसीमा देखिए। दक्षिण पश्चिम बात पुर्ब तर बहेको हावा संगै सलहका बथान देखिएको हो । जमिन सतहबाट करिव ३० देखि ४० मिटर माथि यो सलह देखिएको छ । आकाशमा अचानक देखएको सलाह ३० मिनेट सम्म देखिएको र बिस्तारै पुर्व दिशातिर नुवाकोट सर्दै सकिएको छ । मंगलबार नै पश्चिम कर्णालीमा पनि सलहले प्रवेश गरेको छ । देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । काठमाडौंको टाेखामा आज भन्दा ६० वर्ष अघि बि.सं.२०१८ सालमा सलहको करोडौंको झुंड देखिएको टाेखाका प्रत्यक्षदर्शी ७९ वर्षीय काले डंगोलले टाेखा लाइभलाई बताउनु भयो। त्यतिबेला टाेखा हाल टाेखा नगरपालिका ३ झुडाेलमा रहेको शिरिषको ठुलोरुखमा सलहको झुंड एकैपटक बस्दा उक्त रुखको हांगानै भाचेको बताउनु भयो।

    यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको खाना नष्ट गर्ने कृषि वैज्ञानिकले टोखा लाइभलाई जानकारी गराएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै