•            
    • TOKHA LIVE

    • १६ असार २०७७, मंगलवार १६:५६

    शंखरापुरमा असार १५ मनाइयो, शंखरापुर कृषक समूहको सक्रियता:-

    टाेखा लाइभ, असार १६ लावण्य÷साँखु । यही असार १५ गते शंखरापुर नगरपालिका वडा नं. ६ मा शंखरापृुरक कृषक समूहको सक्रियतामा समूहले लिईराखेकै खेतमा शंखरापुर नपाका मेयर सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा साँखु जेसीज, रोटरी क्लब अफ साँखु लायन्स क्लब अफ साँखु, लियो क्लब अफ साँखुका सदस्यहरु, सक्व कृषि फाराम, लगायतको सहभागितामा राष्ट्रिय धान दिवस भव्य एवं सभ्य तरिकाले मनाइयो ।

    मेयर सुवर्ण श्रेष्ठले सो अवसरमा भन्नुभयो– राष्ट्रिय धान दिवसका दिन मात्रै हैन अरु दिन पनि माटोसँग नजिकिने कार्य गरिरहनु पर्छ ।

    वहाँले कृषि क्षेत्रको लागि आलु जोन, प्रधानमन्त्री कृषि कार्यक्रम लागु भएको जनाउँदै यस वर्ष शंखरापुर नगरपालिकामा धान खेतिको विमा निःशुल्क रुपमा नगरपालिकाले गरिदिने बताउनुभएको थियो ।
    वहाँले कृषि पेशा अपनाउनेहरुको लागि १ घर ५ मौरी घार वितरण गरिएको समेत बताउनुभएको थियो ।
    कृषि पेशा सम्मानित हुनुपर्ने बताउँदै अहिले बाहिर जिल्लाहरुबाट आउने किसानहरुले जग्गा भाडामा लिएरै तरकारी खेति गरी व्यवसायिक रुपमा सफल भएको बताउनुभएको थियो ।

    सलहका कारण बाली सखाप भएमा पनि के गर्ने भन्ने विषय अहिले नगरपालिकाले प्रमुखताका साथ सोचेको र त्यस्तो अवस्थाको लागि बाली विमा गर्नुका साथै बीउवीजनको संरक्षणको लागि समेत ध्यान दिइरहेको बताउनुभएको थियो ।
    धान दिवसमा मेयर, उप मेयर, वडा नं. ६ र ७ का वडा अध्यक्षहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । साभार :- लावण्यसन्देश /साँखु

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै