•            
    • Hikmat Dangol

    • १६ असार २०७७, मंगलवार ०८:४२

    एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

    टोखा लाइभ । सत्तारुढ दल नेकपा भित्रको विवादका कारण संसदमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौतामा छलफलसमेत हुननसकेपछि अमेरिकाले यो अनुदान प्राप्त गर्ने पहिलो कदम नै संसदीय अनुमोदन भएको बताएको छ ।

    काठमाडौंस्थित अमेरिकी दुताबासले सोमबार बिज्ञप्ति जारी गरेर अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय भएको उल्लेख गर्दैयस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला नरहने पनि उल्लेख गरेको छ ।

    ५० करोड डलरको एमसीसी अनुदान सम्झौता संसदीय अनुमोदनको लागि संसदमा रहेको छ । तर सत्तारुढ दलको ठूलो हिस्सा यसकोबिरुद्धमा रहेका कारण अघि बढ्न सकेको छैन ।

    बिज्ञप्तिको पूर्णपाठ:

    नेपालसँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता बारे अमेरिकी दूतावासको वक्तव्य

    एमसीसीको अनुमोदन नेपालको संसद्‍बाट भइनसकेको बारेमा अमेरिका जानकार छ । दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको रनेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस ५० करोड डलरको अनुदानलाई अगाडी बढाउन आवश्यक अघिल्लोकदम अनुमोदन हो । अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमाबढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो । यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषकोउपलब्धता सधैँ खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन् ।

    यो सम्झौताका कार्यक्रम विकास गर्न सबै प्रमुख राजनीतिक दलका प्रतिनिधित्व भएका विविध सरकारहरू अन्तर्गत नेपाल सरकार रएमसीसीले सन् २०१२ देखि लगातार सँगै मिलेर काम गरेका छन् । यस सम्झौताले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडकमर्मतसम्भारका क्रियाकलाप गरेर २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ एमसीसीको सहयोग प्राप्‍त हुने यीपरियोजनाहरू नेपालले नेपाली जनतालाई लाभ हुने गरी तीन वर्षको समयावधिमा पहिचान गरी तयार गरेको हो ।

    एमसीसी एक कटिबद्ध साझेदार हो जसले विश्वभरका झन्डै ३० देशसँग कुल १३ अर्ब बराबरको दसौँ करोडका ३७ वटा अनुदानसम्झौतामा सफलतापूर्वक साझेदारी गरिसकेको छ । यी अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाखमानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गरेका छन् र साझेदार देशका सार्वभौमिकतामा टेवा पुर्‍याएका छन् । अनुदानका निम्तियोग्य प्रत्येक देशले दोस्रो अनुदानको लागि आग्रह समेत गरेका छन् । विकास साझेदारका रूपमा एमसीसीको पारदर्शिता पनि विश्वभरपरिचित छ र यस वर्ष एससीसीले एक पटक फेरि सहयोग पारदर्शिता सूचकाङ्क (एड ट्रान्सपरेन्सी इन्डेक्स) मा शीर्ष द्विपक्षीय दाताकोस्थान हासिल गरेको छ ।

    अमेरिका र नेपालबिचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएका छन् । नेपालीकोनेतृत्व रहने एमसीसी सम्झौता अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्नेछन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै