बाबुराम घिमिरे
सम्झनै पर्नेले भुलेको बेला ! फल्ने फल कुहिएको बेला !! सुन्नै पर्नेले कान थुनेको बेला ! रुनै पर्नेले उन्मत्तता चाहेको बेला !!तिमिलाइ…..महानवाणि टुक्का भएको बेला ! असारको १४ सुक्खा भएको बेला !! जनलहर तितरबितर भएको बेला ! रुनु पर्ने हाँस्दै हास्नु पर्ने रुदै हिडेको बेला !! तिमी लाई कृतीहरु भित्ता भित्तामा लेखिने बेला ! मन लागि न लागि आउछ असार १४! कसैलाई यो दिन पट्यार लाग्दो भएको बेला!खास तिमी लाई सम्झने हरु रोपाइँमा ब्यस्त भयको बेला!! तिमि लाई कसैका आगन एअरपोर्ट भयको बेला! माहामारी उद्योग भयेको बेला!! कुलो बाडी आएर सुक्खा भएको बेला! अरुको बाली भित्रीदा तिम्रो चिचिला पनि नलागेको बेला !! तिमी लाई नहुनु पर्ने भएको बेला! हुनु पर्ने हुँदै नभयेको बेला !! बेला न कुबेला भएको बेला ! हतारहरु चिरर्निन्द्रा भएको बेला!! तिमीलाई कसले पो सम्झन्छ र ?